Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • मस्तिष्क मृत्यु भएकाको अंगदानबाट १३ जनाले पाए स्वस्थ्य जीवन
मस्तिष्क मृत्यु भएकाको अंगदानबाट १३ जनाले पाए स्वस्थ्य जीवन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १२, २०८१


पाटन- नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले स्वस्थ्य जीवन बिताइरहेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गाैला र कलेजो फेल भई केन्द्रमा उपचार गराउन आएकामध्ये मृतकको अङ्गदानबाट १० जनाको मिर्गाैला र तीन जनाको कलेजो प्रत्यारोपण गरिएको थियो । उनीहरु अहिले स्वस्थ्य जीवन बिताइरहेका छन् ।

स्यस्यः समाज यल इलाका नं. ८ इखाछें ललितपुरको आयोजना तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा आज महालक्ष्मी स्थानमा आयोजित मानव अङ्गदानसम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रा डा श्रेष्ठले जीवित र मृत शरीरबाट निकालिएको मिर्गाैला, कलेजो र मुटु तथा अन्य अङ्ग एक हजार तीन सय जनामा प्रत्यारोपण गर्दा ९९ प्रतिशत सफल भएको जानकारी गराए  ।

“अस्वस्थ जीवनशैली, सहरीकरण र अखाद्य खानपिनका कारण मिर्गाैला, कलेजो र मुटु, क्यान्सर, श्वासप्रश्वास, मधुमेह, उच्च रक्तचापका रोग लाग्ने गर्छन्, विश्वभर हरेक वर्ष २० हजार मानिसको मिर्गाैला फेल हुने गरेको तथ्याङ्क छ”, उनले भने ,  “सन् २०१० मा गरिएको सर्वेक्षणअनुसार नेपालमा प्रत्येक वर्ष तीन हजारको मिर्गाैला र एक हजारको कलेजो फेल हुने गरेको तथ्याङ्क छ । मस्तिष्क मृत्युु भएकाबाट अङ्गदान गरेर फेल भएकाको जीवन बचाउन सकिन्छ ।”

उनले नेपालमा ७२ प्रतिशत मानिसको मृत्युु नसर्ने रोगबाट तथ्याङ्क प्रस्तुत गरे । हैजा, मलेरिया, डेङ्गुलगायत सरुवा रोगबाट २८ प्रतिशत मानिसको मृत्यु हुने गरेको जानकारी दिए । नेपालमा अङ्ग प्रत्यारोपणको काम सन् २००८ मा वीर अस्पतालबाट भएको र शिक्षण अस्पतालबाट मिर्गाैला प्रत्यारोपणबाट सेवा सुरु भएको थियो । मिर्गाैला प्रत्यारोपण सेवाको सुरुवातमा ९० प्रतिशत सफल भएकामा अहिले शतप्रतिशत सफल भएको उनको भनाइ छ ।

Hardik health

पछिल्लो पाँच वर्षमा पाँच सय जनाभन्दा बढी मृगौला प्रत्यारोपण सफल भएको उनले जानकारी दिए  । मस्तिष्क मृत्यु भएकाको अङ्गदानबारे थप चेतनामूलक प्रचार गर्न हरेक वर्ष जागरण अभियान सुरु गरेको उनले बताए ।

नेपालमा सन् १९९८ मा नेपालमा जीवित दाताबाट सीमित नातेदारहरुभित्र मिर्गाैला प्रत्यारोपण गर्न सक्ने कानुन निर्माण गरिएको थियो । मानव अङ्ग प्रत्यारोपण ऐन २०७२ अनुसार ५१ वटा नाता पर्ने जीवित व्यक्तिहरुले अङ्गदान दिन सक्ने कानुनी व्यवस्था छ । नेपालको कानुनले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानबाट हुने प्रत्यारोपणलाई पनि वैधानिकता दिएको छ । 

नातेदार नपरेकाको हकमा दुई वा दुईभन्दा बढी परिवारबीच साटासाट गर्न सक्ने व्यवस्था छ । मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गरि प्रत्यारोपण गर्नेमा स्पेन अगाडि रहेको उनले बताए  । नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानका लागि सम्बन्धित व्यक्तिले जीवितै रहँदा मञ्जुरी दिएको हुनुपर्छ । मृत्यु भएकाको परिवारको सहमतिमा पनि दिन पाउने कानुनी व्यवस्था छ । 

हालसम्म दुई हजार पाँच सय जनाले अङ्गदान गरिसकेका छन् । सन् २००८ मा सार्वजनिक तथ्याङ्कअनुसार ९० प्रतिशत बिरामीले मिर्गाैला फेल भएको केही महिनामा मृत्युवरण गर्ने गरेका थिए । हाल प्रत्यारोपण गरेका ९८ प्रतिशत र डायलासिस गरिरहेका ९५ प्रतिशत जीवित छन् । नेपालमा १८ वर्ष पुगेको स्वस्थ्य व्यक्तिले अङ्गदान गर्न पाउने कानुनी व्यवस्था छ । केही महिना अगाडि मात्रै ८१ वर्षका ज्येष्ठ नागरिकले आफ्नी २१ वर्षीया नातिनीलाई मिर्गाैला दान दिएर स्वस्थ्य जीवन बिताइरहेका छन् ।

अङ्ग प्रत्यारोपण सेवा प्रदान गरिरहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सार्वजनिक बिदाका दिनसमेत सेवा प्रदान गरिरहेको प्रा डा श्रेष्ठ जानकारी दिए । स्यस्यः समाज यलका कार्यवाहक अध्यक्ष नवीनमङ्गल जोशीले जनचेतना जगाएर यसलाई व्यापकता दिइनुपर्नेमा जोड दिए । 


प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP