Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • बागमती प्रदेशमा सातवटा कोसेली घर निर्माण गरी हस्तान्तरण
बागमती प्रदेशमा सातवटा कोसेली घर निर्माण गरी हस्तान्तरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १०, २०८१

बागमती - बागमती प्रदेश सरकारको ‘कोसेली घर’ कार्यक्रमअन्तर्गत मकवानपुरलगायतका विभिन्न जिल्लामा सात वटा कोसेली घर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । हस्तकला तथा स्थानीय कृषिउपजको प्रदर्शनी तथा बिक्रीमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले ‘कोसेली घर’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रदेश सरकारको सोही कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८०÷८१ मा मकवानपुरको हेटौँडास्थित बसपार्क क्षेत्रमा, सिन्धुलीको फिकल गाउँपालिकास्थित खाँन्साङमा र सिन्धुपाल्चोकको लिसुन्खु पाखरास्थित सिलढुङ्गामा कोसेली घर निर्माण गरिएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका प्रमुख पुष्करचन्द घिमिरेले जानकारी दिए ।

चालु आवमा पाँच वटा कोसेली घर निर्माण गर्ने लक्ष्य रहे पनि जग्गाको व्यवस्थापनमा ढिलाइ हुँदा तीन वटा मात्रै निर्माण गर्न सकिएको उनले बताए । यसअघि आव २०७९/८० मा मकवानपुरको कुलखानीमा, थाहा नगरपालिका, चितवनको राप्ती नगरपालिका र सिन्धुलीको मरिन गाउँपालिकामा कोसेली घर निर्माण गरी समुदायमा हस्तान्तरण गरिएको प्रमुख घिमिरेले बताए । कोसेली घर निर्माणसँगै स्थानीय हस्तकला तथा कृषिउपजको बजारीकरण गर्न तथा पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने हेटौँडा उपमहानगरपालिका–४ निवासी तरकारी व्यापारी कैलाश थापाको भनाइ छ ।

Hardik health

“उत्पादित हस्ताकला र कृषिउपज कहाँ राख्ने र बिक्री कहाँबाट गर्ने भन्ने समस्या थियो”, उनले भने, “अब किसानले हस्तकलाका सामग्री र कृषिउपज सङ्कलन गरी कोसेली घर ल्याउने र त्यहीबाट बिक्री वितरण गर्न सहज हुनेछ ।” यसबाट स्थानीय उत्पादनले सहज बजार पाउने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ । बागमती प्रदेश सरकारले आगामी आवमा पनि ‘कोसेली घर’ कार्यक्रमलाई दिने घोषणा गरेको छ ।

गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गर्नुभएको बजेट वक्तव्यअनुसार आगामी आवमा कोसेली घर कार्यक्रमलाई निरन्तरता दिइनेछ । यसरी बागमती प्रदेश सरकारको कोसेली घर कार्यक्रम प्रभावकारी देखिए पनि औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माण कार्यक्रम सुस्त गतिमा अघि बढेको छ ।

‘एक पालिका एक औद्योगिक ग्राम बनाउने अवधारणाअनुसार औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माण कार्यक्रमका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिए पनि जग्गा व्यवस्थापन हुन नसक्दा योजना अघि बढ्न नसकेको प्रमुख घिमिरेले बताए । “हामीले औद्योगिक ग्राम निर्माणका लागि प्रस्ताव आह्वान ग¥यौँ”, प्रमुख घिमिरेले भने, “हाम्रो आह्वानअनुसार औद्योगिक ग्राम निर्माणका लागि पाँच ठाउँबाट प्रस्तावसमेत पेस भयो”, “प्रस्ताव आएका ठाउँमा औद्योगिक ग्रामका लागि चाहिने आवश्यक जग्गा सुनिश्चित नहुँदा काम अघि बढाउन सकेका छैनौँ”, उनले भने ।

औद्योगिक ग्राम निर्माणका लागि धादिङको नीलकण्ठ नगरपालिका, काभ्रेको मण्डन देउखुरी गाउँपालिका, दोलखाको बैतेश्वर गाउँपालिका, मकवानपुरको ठूला दमार र चितवको रत्ननगर नगरपालिका १६ वटा प्रस्ताव आएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाले जनाएको छ ।

प्रस्ताव आएमध्ये धादिङको नीलकण्ठ नगरपालिका–८ मा औद्योगिक ग्रामको केही संरचना निर्माण भए पनि सो क्षेत्र अधिकांश भाग जङ्गलमा परेकाले त्यस पनि काम अघि बढाउन नसकिएको प्रमुख घिमिरेको कथन छ । औद्योगिक ग्राम निर्माणका लागि हिमाली क्षेत्रमा २५ रोपनी, पहाडी क्षेत्रमा ३५ रोपनी र तराई मधेस क्षेत्रमा ५० रोपनी जग्गा आवश्यक पर्छ । तर प्रस्तावित ठाउँमा आवश्यक जग्गा नरहेको र अधिकांश भाग जङ्गल क्षेत्रमा परेकाले औद्योगिक ग्राम निर्माणको काम अघि बढाउन समस्या भएको प्रमुख घिमिरेले बताए ।


प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२७३ वटा मोबाइल चोरी भएको उजुरी
२७३ वटा मोबाइल चोरी भएको उजुरी मंगलबार, चैत ३, २०८२
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा  दूतावासकाे चासो
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा  दूतावासकाे चासो मंगलबार, चैत ३, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
हत्याको अभियोगमा पक्राउ
हत्याको अभियोगमा पक्राउ मंगलबार, चैत ३, २०८२
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह मंगलबार, चैत ३, २०८२
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
सांसद  गुरुङले सरकारी सेवा सुविधा नलिने 
सांसद  गुरुङले सरकारी सेवा सुविधा नलिने  मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP