Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • आठ सय २५ शिक्षकलाई शिक्षण, २० शिक्षकलाई राजनीति प्यारो
आठ सय २५ शिक्षकलाई शिक्षण, २० शिक्षकलाई राजनीति प्यारो
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, असार ५, २०८१

शिक्षकलाई राजनीतिक दलबाट मुक्त गराउने कुरा शिक्षा मन्त्रालयको मात्र काम होइन, यसमा सबै पक्षको साथ र सहयोग चाहिन्छ ।
सुमना श्रेष्ठ
शिक्षामन्त्री
 

काठमाडौं– छ वर्षअघि सार्वजनिक उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा शिक्षामा चरम दलीय राजनीतिकरणले सामुदायिक विद्यालयको गुणस्तर खस्केको तथ्य उल्लेख छ । शिक्षकलाई पेसागतरूपमा जिम्मेवार बनाउन दलीय आबद्धताबाट टाढा राख्नसमेत प्रस्ताव गरिएको छ । 

यसका अतिरिक्त शिक्षक संगठनहरूसमेत खारेजीको प्रस्ताव प्रतिवेदनमा छ । यतिमात्रै गर्दा पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उक्सिने आयोगको दाबी छ । तर, उक्त प्रतिवेदनले गरेको प्रस्ताव र सुझावलाई कार्यान्वयन गर्न अघिल्ला शिक्षामन्त्रीहरू तयार भएनन् । वर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले भने मन्त्री नियुक्त भएकै दिन शिक्षकलाई दलीय आबद्धताबाट अलग पार्ने घोषणा गरेकी थिइन् । सोहीअनुसार राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन नै जारी गरिन् । उनै श्रेष्ठ शिक्षामन्त्री भएको मंगलबार १०० दिन पूरा भयो ।

त्यस अवसरमा पत्रकार सम्मेलन गर्दै उनले दलीय आबद्धता कति शिक्षकले त्यागे र कति शिक्षकले शिक्षण पेसा त्यागेर राजनीतिलाई रोजे ? त्यससम्बन्धी विवरण सार्वजनिक गरेकी छन् । मन्त्री श्रेष्ठका अनुसार राजनीतिक दलको सदस्यता त्याग गर्न निर्देशन दिएपछि २० जनाले शिक्षक पद नै त्यागे । राजीनामा दिएर उनीहरू राजनीतिमा पूर्णकालीन भएका छन् । स्रोतका अनुसार उनीहरू राजनीतिक दलको स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेशसम्मको समितिमा शक्तिशाली भूमिकामा छन् । 

Hardik health

राजनीतिमा आबद्ध भएका ४५ शिक्षकविरुद्ध उजुरी प्राप्त भएको, तीमध्ये ४१ जनासँग स्पष्टीकरण सोधिएको र चार जनाले सफाइ पाएको पनि जानकारी दिइएको छ । यसअघि सरकारले नीति तथा कार्यक्रममा पनि शिक्षकलाई दलीय आबद्धताबाट मुक्त गराउने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने घोषणा गरेको थियो । जसले शिक्षामन्त्री श्रेष्ठको घोषणालाई कार्यान्वयन गर्न नीतिगतरुपमै सम्बोधन ग¥यो ।

जसअनुसार ८२५ जना शिक्षकले राजनीतिक दलसँगको आबद्धता त्यागेको शिक्षामन्त्री श्रेष्ठले जानकारी दिइन् । उनले शिक्षकहरूलाई राजनीतिबाट निरुत्साहित गर्न आफ्नो प्राथमिकता रहेको प्रतिबद्धता दोहो¥याइन् । शिक्षामा दलीय राजनीतिकरण हुन नहुने एजेन्डा अन्तिम साससम्म नछाड्ने उनको प्रतिबद्धता छ । यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको मन्त्री श्रेष्ठले बताइन् । 

‘शिक्षकलाई राजनीतिक दलबाट मुक्त गराउने कुरा शिक्षा मन्त्रालयको मात्र काम होइन,’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘यसमा सबै पक्षको साथ र सहयोग चाहिन्छ ।’उनले शिक्षामा दलीय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरूको शिक्षण पेसामा मर्का पुग्ने बताइन् । त्यही भएर मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आबद्ध शिक्षकहरूको तथ्यांक माग गरे पनि प्राप्त नभएको बताइन् ।

शिक्षा मन्त्रालयका अनुसार शिक्षण पेसामा देशभर दुई लाख ८६ हजार ८८ जना शिक्षक कार्यरत छन् । आधारभूत तह कक्षा १ देखि ८ सम्म ५१ प्रतिशत पुरुष शिक्षक र ४९ प्रतिशत महिला शिक्षक रहेका छन् । माध्यमिक तहमा भने पुरुष शिक्षक ८२ प्रतिशत र महिला शिक्षक १८ प्रतिशत रहेका छन् ।

यीमध्ये अधिकांश शिक्षक कुनै न कुनै राजनीतिक दलसम्बद्ध शिक्षक संगठनमा आबद्ध छन् । नेपाली कांग्रेसनिकट नेपाल शिक्षक संघ, नेकपा एमालेनिकट अखिल नेपाल शिक्षक संगठन, नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनलगायत शिक्षक संगठन क्रियाशील छन् । 

यी संगठनमा आबद्ध शिक्षकहरू दलीय झण्डा बोकेर हिँड्छन् । शिक्षण पेसा भए पनि राजनीतिलाई मूल पेसाजसरी ठान्छन् । जसले गर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर औंलामा गन्न सकिने विद्यालयबाहेकको चिन्ताजनक छ । जसले गर्दा लाखौं शिक्षकमध्ये ८२५ जनालेमात्रै राजनीतिक दलको आबद्धता त्याग्नु उपलब्धिमूलक ठान्न नसकिने शिक्षाविद् विद्यानाथ कोइरालाले बताए । तर, यसलाई सकारात्मक रुपमा लिन भने सकिने बताएका छन् ।

‘जसरी शिक्षामन्त्रीले दलबाट शिक्षकहरूलाई अलग गर्ने भनेकी थिइन्, त्यो उनको एकल प्रयासले हुनेवाला थिएन र छैन पनि । यसमा त सर्वदलीय समझदारी आवश्यक हुन्छ,’ उनले प्रभावसँग भने, ‘तर, जति संख्यामा शिक्षकले दलसँगको आबद्धता त्यागे, त्यो नगन्य मात्रामा हो तर सकारात्मक चाहिँ छ ।’

दलीय आबद्धता भएका शिक्षकहरूलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउनेसम्मको चेतावनी मन्त्री श्रेष्ठको थियो । त्यहीबेला शिक्षकहरूले  कारबाही गरेर देखाउन मन्त्रीलाई चुनौती दिएका थिए । ‘कसरी शिक्षकहरूलाई कारबाही गर्नुहुन्छ हामीले पनि हेर्न बाँकी छ,’ शिक्षकहरू सम्बद्ध विभिन्न संगठनहरूको छाता संस्था नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले त्यसबेलै भनेकी थिइन् ।

नभन्दै एक जना शिक्षकलाई राजनीतिक दलमा आबद्ध भएकै आधारमा सेवाबाट मन्त्री श्रेष्ठले बर्खास्त गराइनन् । शिक्षक पद स्वेच्छिकरुपमा त्याग्ने र दलसँगको आबद्धता पनि स्वेच्छिकरुपमै त्याग्नेबाहेक केही भएन । यसलाई नै शिक्षामन्त्री श्रेष्ठले उपलब्धि ठानिन् । यससँगै पहुँचको आधारमा काजमा बसेका शिक्षकको काजमा बसेका ५४ जना शिक्षकको काज फिर्ता गरिएको बताएकी छन् । कूल २९९ जना शिक्षक काजमा रहेकामा ५९ जनासँग स्पष्टीकरण सोधिएको पनि उनले बताइन् । तर, बाँकीलाई के गरियो ? खुलाउन चाहिनन् । 

पत्रकार सम्मेलनमा उनले १०० दिनमा गरेका कामको विवरण र प्रगतिको चर्चा गरेकी थिइन् । विद्यालय, उच्च र प्राविधि शिक्षाको क्षेत्रमा मन्त्रालयबाट भए गरेका कामको विवरण प्रस्तुत पनि गरिन् । विद्यार्थीलाई परिचयपत्र उपलब्ध गराउने, पुस्तक पुनःप्रयोग प्रणाली विकास गरिने, करिअर काउन्सेलिङ कार्यक्रम सञ्चालनको थालनी भएको जानकारी दिइन् । 

कक्षा ९ देखि १२ सम्म र उच्च शिक्षाको क्यालेण्डरबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्न थालिएको, चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४ र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ सार्वजनिक गरिएको पनि बताइन् । त्यसलाई क्रमशः कार्यान्वयनमा लैजाने मन्त्री श्रेष्ठले प्रतिबद्धता छ । विश्वविद्यालयका उपकुलपतिलगायत मन्त्रालय मातहतका निकायका पदाधिकारी नियुक्ति मापण्दडका आधारमा गरिएको र त्यसलाई निरन्तरता दिने उल्लेख गरिन् ।
 

 


प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने शुक्रबार, साउन १५, २०८३
‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’: मन्त्री पोखरेल
‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’: मन्त्री पोखरेल सोमबार, साउन ११, २०८३
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री शुक्रबार, साउन ८, २०८३
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव बिहीबार, साउन ७, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य मंगलबार, साउन ५, २०८३
उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति
उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP