Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • गठबन्धनलाई गण्डकीमा धक्का
गठबन्धनलाई गण्डकीमा धक्का
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २९, २०८१
  •  माओवादी सांसद फणिन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेर बचाइ दिए कांग्रेस सरकार
  •  माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित देवकोटा नेसपाका नेता हुन् 
  •  पार्टीको ह्वीप उल्लंघन गरेका देवकोटालाई माओवादी केन्द्रले कारबाही गर्ने


काठमाडौं– सत्ता गठबन्धनलाई गण्डकी प्रदेशमा धक्का लागेको छ । त्यहाँ गठबन्धनबाहिरको दल नेपाली कांग्रेस आफ्नो नेतृत्वमा रहेको सरकार टिकाउन सफल भएको छ । सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएसँगै कांग्रेसको सरकारले निरन्तरता पाएको हो ।

कांग्रेस सरकार जोगाउन डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले महŒवपूर्ण भूमिका खेल्यो । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रदेशसभा सदस्य निर्वाचित नेसपाका फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिँदै सरकार जोगाएका हुन् । 

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले संसद्मा बोल्दै देवकोटा प्रदेशसभामा माओवादी सांसदकै हैसियतमा रहेकाले ह्विप उल्लंघन गर्न नमिल्ने बताएका थिए । देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि विपक्षी सांसदले केहीबेर नाराबाजी गरेका थिए । तर, मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाए । विश्वासको मतको पक्षमा फणिन्द्रसँगै कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई र स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) गरी ३१ सांसद देखिएका थिए । कूल ६० सदस्यीय प्रदेश संसद्मा यो संख्या बहुमत हो ।

पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने सांसद देवकोटालाई माओवादीले कारबाही गर्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नै देवकोटालाई कारबाही गर्ने जानकारी दिइसकेका छन् । भारतबाट फर्केपछि त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री दाहालले भने, ‘पार्टीले ह्वीप जारी गरिसकेको थियो । संविधान र कानुनको मर्मविपरीत फ्लोर क्रस गरेका व्यक्तिलाई स्वाभाविकरुपमा कारबाही हुन्छ । निलम्बन हुन्छ ।’

Hardik health

सांसद देवकोटाले भने प्रदेशसभा जोगाउन र मध्यावधि टार्न मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् । ‘पछिल्लो चरण हामी माननीयलाई थाहा नै नदिई संख्या गणना गरेर सरकार फेरबदल हुनेतिर गयो । त्यसपछाडि गम्भीर शंका लाग्यो, गण्डकी प्रदेश बर्बादीतिर जाँदै छ,’ उनले भने ।

माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव उठेर जितेका देवकोटा बाबुराम नेतृत्वको नेसपाका नेता हुन् । उनको कानुनी हैसियत भने माओवादी सांसदको रुपमा थियो । त्यसैले माओवादीले मुख्यमन्त्री पाण्डेलाई मत नदिन ह्वीप जारी गरेको थियो । तर, सांसद देवकोटाले ह्वीप उल्लंघन गर्दै मत दिँदा मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा विश्वासको मत पाए ।

नेकपा एमालेका २२ र माओवादी केन्द्रका छ सांसदले विपक्षमा मतदान गरेका थिए । यसअघि विश्वासको मत लिनु अघिल्लो दिन आइतबार मुख्यमन्त्री पाण्डेले एमालेलाई पत्र लेखेर विश्वासको मतका लागि आग्रह गरेका थिए । एमालेले भने केन्द्रीय गठबन्धनबमोजिम विश्वासको मतको विपक्षमा उभिने प्रस्ट पारेको थियो । सातवटा प्रदेशमा गण्डकीमा मात्रै कांग्रेसको सरकार रहेको छ । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै अन्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकार ढलिसकेको छ ।

पाण्डे दोस्रोपटक यही १६ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश संसद्मा सबैभन्दा धेरै सदस्य भएका दलको नेताको हैसियतमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मतलाई जेठ १४ मा सर्वोेच्च अदालतले असंवैधानिक ठहर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले कांग्रेस संसदीय दलका नेता पाण्डेलाई ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । 

उनी पहिलोपटक नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे सरकार अल्पमतमा परेको थियो । त्यसपछि भने प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले राजीनामा दिएका थिए । गत चैत २५ मा माओवादीको समर्थनमा एमालेका अधिकारी मुख्यमन्त्री बनेका थिए ।

६० सदस्यीय प्रदेश संसद्मा प्रदेश सभामुख कृष्णप्रसाद धितालले ३० सांसदको समर्थनलाई नै बहुमत घोषणा गरेका थिए । जसआधारमा उनले विश्वासको मत पाएको घोषणासमेत गरेका थिए । संसद्मै कांग्रेसले हंगामा मच्चाएको थियो । उसले कानुनी चुनौती दिने चेतावनी दिएको थियो । नभन्दै पाण्डे सर्वोच्च गए । अन्ततः अधिकारीले पाएको भनिएको विश्वासको मत सर्वोच्चबाट अवैध ठहर भयो । यसपछि विश्वासको मत बदर गर्दै मुख्यमन्त्रीमा पाण्डेलाई नै नियुक्त गर्न सर्वोच्चले आदेश दिएको हो । सोहीअनुसार मुख्यमन्त्री नियुक्त पाण्डेले अन्ततः विश्वासको मत पाएका हुन् ।
 


प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जियोकले ३५ जिल्लाका दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै
जियोकले ३५ जिल्लाका दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै शुक्रबार, माघ ९, २०८२
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल शुक्रबार, माघ ९, २०८२
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान शुक्रबार, माघ ९, २०८२
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो शुक्रबार, माघ ९, २०८२
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP