Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै
सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २४, २०८१

ढोरपाटन- समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाईमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ । यहाँ बागलुङ, पूर्वी रुकुम र रोल्पाका भेडा गोठाला भेडाबाख्रा र गाईभैँसी लिएर आउँछन् । 

जेठ पहिलो सातादेखि रिग उक्लने गोठाला असोज लागेपछि मात्रै गाउँ ओर्लन्छन् । लेकमा बस्ने समय चोयाका बलाङ, मान्द्रो र त्रिपालले छाएका कोठमा बस्थे । कतिले काठैकाठको गोठ बनाएर बर्खा गुजार्थे । तर अहिले सहरबजार र गाउँ क्षेत्रमा घर गोठ छाउनका लागि प्रयोग गरिने जस्तापाताले नै रिगमा गोठ बन्न थालेका छन् । वन जङ्गलममा पाइने काठ र चोयाबाट गोठ बनाएर बस्ने गोठाला आजभोलि जस्ताले छाएका छोठमा बस्छन् । 

लेकमा व्यवस्थित गोठनै बनाएर बस्न थालेपछि बर्खाभरी चाहिन खाद्यन्न पनि यहीँ भण्डार गर्न थालेका छन् । पहिले महिना–महिनामा गाउँ झरेर खर्च लैजाने गोठालेले अहिले एकै पटक चार महिनाका लागि पुग्ने अन्नपात गोठमा भण्डार गरेर राख्छन् । यो सबै सुविधा सडकले दिलाएको हो । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने पातीहाल्ने सिमानादेखि दुई समय मिटरमाथि गोठालाले गोठ बनाएका छन् । केही त  सडक छेउमै समेत व्यवस्थित गोठ बनाएका छन् । 

Hardik health

सडकको सहज पहुँचको कारण गाडीमै सहज रुपमा जस्तापात लेकमा लैजान सक्ने भएपछि उनीहरुले रिग क्षेत्रमा जस्तापाताको गोठ बनाउन थालेका हुन् । पहिले सानो झुपडी देखिने स्थानमा अहिले ठूलाठूला गोठ देख्न सकिन्छ । बर्खामा बनाउने र हिउँमा भत्काएर काठ, दाउरा बोकेर गाउँ झर्ने गोठालाले अहिले स्थायी रुपमै गोठ बनाउन थालेका हुन् । यि गोठ हिउँदको समय भने खाली हुन्छन् । 

यति बेला बागलुङ, रुकुम र रोल्पा तीन वटै जिल्लाका गोठाला लेक चढ्नेयाम भएको हुँदा रिग क्षेत्रमा वस्तुभाउको भीड देखिन्छ । रिग भन्दामाथि चार हजार दुई सय मिटरको उचाईसम्म भेडा लिएर गोठाला जाने गर्छन् । एकदशक अगाडिसम्म लेकमा त्रिपालसमेत नपाइने हुँदा चोयाका चित्रा तथा बलाङले गोठ छाएर बसेको निसीखोला गाउँपालिका–६ भल्कोटका लालसिंह घर्ती मगरले बताए  ।

सडकले गर्दा पछिल्लो समय गाउँ घरसम्म त्रिपाल, जस्तापात र अन्य सामग्री सहज रुपमा पाइन थालेपछि गोठालाले लेकमै स्थायी गोठ बनाउन थालेको उनको भनाइ छ । उतिबेला सामान्य पानी तार्ने र हावा छेक्ने मात्रै गोठ हुने गरेको भन्दै लेकमा बस्दा निकै दुःख हुने गरेको अनुभव घर्ती मगरले सुनाए ।अचेल गोठालको दैनिकी पनि सहज बन्दै गएको उहाँ बताए । एक दशक अगाडि दाउरा बालेर उज्यालो गराउने गरेको स्मरण गर्दै अहिले सोलार बत्ती प्रयोग गर्ने उहाँको भनाइ छ । 

घर्ती मगरले भने– “पहिलेको तुलनामा अचेल धेरै परिवर्तन भएको छ, गोठभन्दा १० मिनेट हिँडेर तल पुग्यो भने मोटरबाटो भेटिन्छ, मोटरबाटोमा गाडीले गाउँबाट सामान ल्याइदिन्छ, पहिले जस्तो भारी बोकेर ल्याउनुपर्ने अवस्था कम भएको छ, लेकमा हुने गोठ सामान्य हुन्थे, बेँसी झर्ने बेला सबै भत्काएर काठपात बोकेर लैजाने गथ्र्यौँ, अहिले त्यो अवस्था छैन, आँटोपीठो पनि बर्खा भरिलाई पुग्ने गरी एकै पटक ल्याइन्छ, पहिले महिनाविच्छे गाउँ गएर ल्याइन्थ्यो ।”

रोल्पाको तेलबाङका सन्तोष घर्ती मगरले केही वर्षयता धेरै गोठालाले लेकमा स्थायी गोठ बनाउन थालेको बताए । पाँच वर्ष अगाडिसम्म रिग क्षेत्रमा कुनै पनि गोठालाको स्थायी गोठ नभएको भन्दै अहिले झण्डै एक दर्जन जति गोठ बनेको उनको भनाइ छ । पशुचौपाया लिएर टाढा–टाढासम्म जानुपर्ने भएको हुँदा धेरै गोठालाको स्थायी गोठ नभएको घर्ती मगर बताए  । आफूसहित रोल्पाबाट आठ जना गोठालाको समूह जेठ पहिलो सातानै रिग आएको सुनाउँदै अब असोजमा मात्रै गाउँ फर्किने उहाँको भनाइ छ । आफ्नो सात सय भेडाबाख्रा रहेको घर्ती मगरले सुनाए ।


प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन बुधबार, फागुन २७, २०८२
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी संघ
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी संघ बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP