Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
माैसम
  • Home
  • माैसम
  • जलवायु परिवर्तनले हिमालमा परेको असर न्यूनीकरण गर्नुपर्नेमा जोड
जलवायु परिवर्तनले हिमालमा परेको असर न्यूनीकरण गर्नुपर्नेमा जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १८, २०८१

काठमाडौं -  जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै सङ्कटमा परेको भन्दै सरोकार भएकाले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज आयोजित ‘जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं न्यूनीकरणका उपायहरु’ विषयक छलफलमा सहभागी वक्ताहरुले जलवायु परिवर्तनले निम्त्याएको सङ्कटबाट हिमाल बचाउन पहल थाल्नुपर्नेमा जोड दिएका हुन् ।
 
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको समस्या न्यूनीकरण गर्न केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले पहल थाल्नुपर्नेमा जोड दिए  । “संयुक्त राष्ट्रसङ्घ (युएन)का महासचिव अन्टोनियो गुटेरेस हिमाली भेगका जनताले भोगिरहेका समस्यालाई नजिककबाट अवलोकन गर्दा भावुक भएर अन्तराष्ट्रियस्तरमा समेत हिमाली क्षेत्रका समस्या न्यूनीकरणका लागि आवाज उठाउनुभयो”, उनले भने, “हिमाली क्षेत्रमा जलवायुले पारेको असरको चर्चा अन्तर्राष्ट्रियस्तरमसम्म पुगेको छ । सबैले एकजुट भएर ‘हिमाल बचाउन अभियान’ थाल्नुपर्नेछ ।”

समितिका सभापति शेर्पाले जलवायु परिवर्तनको असरका कारण हिमाली क्षेत्रमा पेरका समस्या न्यूनीकरण गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिनुपर्ने भन्दै नीति निर्माण तहबाट यसको पहल थालिने जानकारी दिए । समितिका सदस्य मोेहम्मद खालिदले सगरमाथा नेपालसँगै विश्वकै चिनारी रहेको भन्दै जलवायु परिवर्तनले निम्त्याएका सङ्कटबाट सगरमाथा जोगाउन पहल हुनुपर्ने बताए ।  

Hardik health

सदस्य इन्दिरादेवी पौडेलले राज्यका सबै निकायका सरकार तथा विश्वका अन्य हिमाली मुलुकबीच पनि समन्वय अगाडि बढाएर हिमाली क्षेत्रमा जलवायुले निम्ताएको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।  खुम्बु पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासील्हमु शेर्पाले जलवायु परिवर्तनको असरका कारण पर्वतीय क्षेत्रमा हिउँ पग्लने, हिमताल फुट्ने जोखिम बढेको भन्दै समयमा नै सबै पक्ष सचेत रहन आवश्यक रहेकामा जोड दिए  ।

“जलवायु परिवर्तनले ल्याएको समस्याका कारण प्राकृतिक विपद् निम्तने र यसले हिमाल चढ्न आउने पर्वतारोहीको ज्यान नै जोखिममा पर्न सक्छ”, उनले भने, “पर्वतारोहीको उद्धार गर्न उद्धार टोली तयारी अवस्थामा राख्न केन्द्रीय सरकारले पहल थाल्नुपर्छ, हामी सहकार्य गर्न तयार छौँ ।”उपाध्यक्ष शेर्पाले हिमाली क्षेत्रको विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न स्थानमा पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने माग राखे। उनले सगरमाथामा बढ्दै गइरहेको फोहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।  

“पछिल्लो समय सगरमाथा आरोहीले सगरमाथा क्षेत्रमा प्लाष्टिकजन्य तथा अन्य नकुइने, नसड्ने फोहरमैला थुपर्नुभएको छ । यसले सगरमाथा प्रदुषित हुँदै गएको छ”, उपाध्यक्ष शेर्पाले भने, “फोहरमैला व्यवस्थापनका लागि केहीसमय नेपाली सेना तथा अन्य सङ्घसंस्था लागे पनि यसले निरन्तरता नपाउँदा प्रदूषण बढ्दै गएको छ ।” शेर्पाले जलवायु परिवर्तनको असर र समस्या समाधानको विषयमा स्थानीयस्तरमा क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
थप माैसम
आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना बिहीबार, असार २५, २०८३
भारी वर्षाको सम्भावना,आवश्यक सावधानी अपनाउन  अनुरोध
भारी वर्षाको सम्भावना,आवश्यक सावधानी अपनाउन अनुरोध बुधबार, असार २४, २०८३
दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् मंगलबार, असार २३, २०८३
केही स्थानमा मध्यम वर्षाको सम्भावना
केही स्थानमा मध्यम वर्षाको सम्भावना सोमबार, असार २२, २०८३
 गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
 गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा शनिबार, असार २०, २०८३
आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP