Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • हल्लैहल्ला माझ टिप्नु छ सही सूचना
हल्लैहल्ला माझ टिप्नु छ सही सूचना
रामकृष्ण रेग्मी
रामकृष्ण रेग्मी सोमबार, जेठ १४, २०८१

गणतान्त्रिक युगले पाएको नेपाली आमसञ्चार माध्यमको चित्र हेर्दा गतिशील लाग्छ, परिवेश अलि पेचिलो देखिन्छ र चुनाती गम्भीर छ । तिनै आयामका माझ मिडिया उक्सिएको र प्रेस खुम्चिएको परिदृश्य मार्मिक छ । यससम्बन्धी विवेचनाले गहन शोध खोज्छ, सङ्क्षेप आलेखमा त्यो सम्भव छैन । यसैले यहाँ अवलोकन तथा अनुभवका आधारमा तिनको सरल रेखाङ्कन प्रस्तुत गर्ने प्रयास छ ।

चित्र

आमसञ्चार माध्यमले देशमा आएको परिवर्तनलाई अर्थपूर्ण पार्न, सम्बद्ध सूचना जनसमक्ष पुर्‍याउन र सर्वसाधारणलाई तदनुरुप व्यवहार गर्नका लागि उत्प्रेरणा भाव जगाउन निर्वाह गरेको भूमिका उल्लेखनीय छ । गणतान्त्रिक अभ्यासलाई अघि बढाउन होस् वा भूकम्पको प्रकोप बेहोर्न आवश्यक पर्ने दृढता कायम गर्न होस् वा कोभिडको महामारीलाई साहसिकरुपमा सामना गर्न सचेत रहनुपर्ने अनिवार्यतालाई सहजीकरण गर्न होस् माध्यमले योगदान दिएको स्पष्ट छ । देशमा भएका बृहत् दुई निर्वाचन शृङ्खलामा जनसहभागिता प्रवद्र्धनका लागि तिनको सूचना प्रवाहको क्रमलाई नियमित तथा निरन्तर तुल्याउन प्रस्फुटित माध्यमीय जागरण, विवेक तथा लगनशीलता पनि निकै महत्वपूर्ण छन् ।

उपरोक्त चारै सन्दर्भलाई आधार गरेर नेपाली आमसञ्चारमाध्यमलाई अवलोकन गर्दा सञ्चारीय सक्षमता, समाचारीय परिपक्वता तथा वैचारिक विविधता छर्लङ हुन्छ । पत्रकारिताले समाजका लागि दिनुपर्ने योगदानलाई महसुस गरेको अनुभव जानिफकारहरुले गरेको पनि पाइन्छ । ती बेला सूचना प्र्रवाहलाई जिम्मेवारीसाथ कायम राख्न सहज थिएन, अन्योल, अस्तव्यस्तता थियो, बानी बसेको थिएन र दिशा पनि स्पष्ट थिएन । पत्रकारिताभित्रको मूल्य, मान्यता र सेवाभावले मात्र जाँगर, अठोट तथा गतिशीलतामा ऊर्जा थपेको हो । 

Hardik health

त्यस्तै प्राथमिकताका साथ पत्रकारिता सुशासन, सामाजिक परिवर्तन, विकासक्रम, लैंगिक समानता तथा समावेशी फाँटतिर पनि क्रियाशील भएको भए अहिले यो देशको अनुहार सकारात्मक रुपमा अर्कै हुन्थ्यो भन्ने विज्ञहरुको भनाइ नसुनिएको होइन । राजनीतिक स्थिरता नभइदिँदा त्यसो हुन सकेन, प्रजातान्त्रिक संस्थाहरु सबल हुन पाएनन्, अर्थतन्त्रलाई दिगो गति लिन सकस भयो, विकासक्रम अपेक्षित स्तरमा अघि बढ्न अनेक आयामीय अप्ठेरो प¥यो । अनि त्यसको मार सञ्चार जगत, पत्रकारिता क्षेत्रमा पनि पर्न गयो जसले गर्दा सामाजिक परिवर्तनका मूल मुद्दा किनारामा पर्न गए । 

परिवेश

गणतन्त्रका झण्डै दुई दशकमा आमसञ्चार माध्यमको परिवेश विविध दृष्टिकोणले परिवर्तन हुन पुगेको यथार्थ सर्वविदित छ । प्रविधिप्रेरित परिवर्तनले सूचना प्रवाहको शैलीदेखि लिएर माध्यमीय स्तरमा पनि आमूल उथलपुथल आएको देखिन्छ । विज्ञका अनुसार इण्टरनेट, मोबाइल फोन र सोसल मिडियाको प्रभावले आमसञ्चार माध्यमको प्रयोग, त्यसको आवश्यकता, औचित्य र महत्व छायामा परेको अनुभव हुन्छ । समाचारकक्ष, यसका मूल्य मान्यता, कार्यशैली, डेडलाइन, स्कुप, गेटकिपिङ, समाचार चक्र सबै तीबाट प्रत्यक्ष रुपमा प्रभावित हुन पुगेका छन् । 

एक अर्थमा समाचार प्रवाहमा तीन धार देखापरेका छन्ः पत्रकारिताका विधिअनुरुप तयार पारिएका सामग्री, नागरिकको अभिव्यक्ति स्वतन्त्रताअनुरुप पोस्टिङ हुने भाव वा सूचना तथा सकारात्मक वा नकारात्मक खास स्वार्थ पूर्तिका लागि सिर्जना गरिएका प्रस्तुतिहरु । यिनमा कुनलाई पत्याउनु कुनलाई नपत्याउनु सर्वसाधारण प्रायः अलमलमा छन्, नीति निर्णायकहरु पनि धरमरमा देखिन्छन्, योजनाकारहरु र नेतृत्व पङ्क्तिकालाई दिशा पहिल्याउन हम्मेहम्मे परेको स्पष्ट हुन्छ । पत्रकारिताले विद्यमान परिस्थितिमा हल्ला, कुसूचना वा मिथ्या सूचनाका माझ सही सूचना पहिल्याएर सञ्चार गर्नुपर्ने आवश्यकता छ, तथ्य सत्य परीक्षणको थप चरण थपिएको छ ।

मिथ्या सूचनाको जञ्जाल छिचल्न त्यति सहज छैन । विज्ञका अनुसार यस भित्रका अनेक आयामीय गलत जानकारी, भ्रामक विषयवस्तु, दुष्प्रचार, छलपूर्ण संयोजन, जालसाजीपूर्ण कोण, तोडमोड, कपटपूर्ण मोडाइ, छल आदिलाई सूचना प्रवाह क्रममा पहिल्याउन विशेष पहल पत्रकारिता क्षेत्रबाट हुनुपर्ने आजको आवश्यकता हो । सञ्चारविद्हरुले त पत्रकारले मात्र मिथ्या सूचनालाई समालेर पुग्दैन, सूचना प्रयोक्ताहरु वा माध्यम उपभोग गर्नेहरु पनि आफूले प्राप्त गरेको सूचना सही गलत के हो भन्ने विषयमा सचेत रहन जरुरी छ भन्ने स्पष्ट पारेका छन् । माध्यम साक्षर हुनु पर्ने कुरामा तिनले बारम्बार जोड दिएको पाइन्छ ।

चुनौती 

शताब्दीभन्दा बढी समयदेखि समाचारको पहिलो स्रोत भइरहेको छापालाई, कैयौं दशकदेखि महत्वपूर्ण वैकल्पिक ्िरोत भइरहेका रेडियो र टेलिभिजनलाई सोसल मिडियाले प्रस्तुत गरेको प्रतिस्पर्धालाई कसरी समालेर अघि बढ्ने भन्ने हांक चानचुने छैन । माध्यम नरहँदा पठनशीलता, श्रवणशीलता तथा दर्शनशीलताले उघारेको सभ्यता नै हराउने भय पनि नभएको होइन । त्यसको ठाउँ मनोरञ्जनशीलतामा रमाउने माध्यमले कसरी परिपूर्ति गर्ने हो, अनि राष्ट्रका, जनजीवनका गम्भीर विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीबाट निरन्तर पेश गरिरहन कति सम्भव होला, ती आफैँमा प्रश्न भएर रहेका छन् । यसको जबाफ सहज छैन, अहिलेसम्म आएको छैन, बहस कायम नै छ । 

यान्त्रिक बुद्धिले वा आर्टिफिसियल इण्टेलिजेन्स (एआई)ले मानवीय भाव, मनोगत उत्पादनशीलता, अनुभूति, मानवीय सिर्जनालाई, सिर्जनात्मकतालाई विकल्प दिएर अत्याइरहेछ । एआईले बनाएका सामग्रीबाट पत्रकारको प्रस्तुति प्रत्यक्ष चुनौतीमा छ, यस स्थितिलाई बेहोर्ने कसरी ? नेपाली आमसञ्चारमाध्यमका लागि अर्काे एउटा उकालो छ । 

टेक्स्ट, चित्र, बोली आदिलाई मिसाएर वा अलग पारेर वा गाँसेर अनेक प्रभाव सिर्जना गर्न सक्ने बहुमिडिया वा मल्टिमिडियाका अनेक सम्भावनाले आमसंचार जगतलाई बेग्लै ढङ्गमा विकसित गर्नेक्रम सुरु भइसकेको यथार्थलाई पनि माध्यमले बिर्सन मिल्दैन । त्यो क्रमलाई माध्यमीय सञ्चारमा कसरी समावेश गरी अघि बढ्ने भन्ने दिशातिर लाग्दा राम्रो हुने एक अभ्यासीको ठम्याइ हो । आमसञ्चार माध्यमलाई सघाउने समाचार संस्थाहरुले पनि यसै दिशातिर आफूलाई मोड्नुपर्ने अनिवार्यता छ । 

पाठक, स्रोता, द्रष्टा र प्रयोगकर्ता सबै आमसञ्चार माध्यमबाट अन्यत्र सर्दा गुमेको बजार र विज्ञापनको स्थानमा के ल्याउने, कस्तो आयको नमुना पछ्याउने ? अन्यत्रझै यहाँ पनि अलमल छ । युगको मागअनुरुप नचल्दा नहुने, त्यसो गर्न अहिलेसम्मका माध्यमीय परिवेश, संस्था, ढाँचा र स्तम्भ सबैमा परिवर्तन ल्याउनु पर्ने आवश्यकता छ । 

आमसञ्चार माध्यमको अस्तित्व नै सङ्कटमा पर्ने हो कि जस्तो अनुभव पत्रकारलाई परिसकेको छ । प्रविधिप्रेरित परिवर्तन वा डिजिटल प्रणालीले खोजेको कोणतिर नलाग्दा माध्यमीय सन्देशलाई लिनेको सङ्ख्या न्यून हुने स्पष्ट छ । माध्यमीय सञ्चारमा अबको बाटो के त ? शुरुमा चर्चित गर्व गर्न मिल्ने चित्रको आडमा परिवर्तित परिवेशलाई बुझेर विद्यमान र आइलाग्ने अरु हाँकलाई बेहोर्न सकारात्मक र सचेत भूमिका निर्वाह गर्न मल्टिमिडियाले दिएका सबै अवसरलाई प्रयोग गर्न पछि पर्न हुन्न । त्यस यात्रामा पत्रकारिताका मूल मर्म र मान्यतालाई मध्य नजरमा राख्दै सन्देशका आंधीमाझ, हल्लाबीच सत्य उपयोगी सन्देश झिकेर सरल, स्पष्ट, सङ्क्षेप, ग्रहणीयरुपमा प्रस्तुत गर्न क्रमलाई दिगो पार्दा नेपाली माध्यम युगसँगै अघि बढ्नसक्ने बाटो खुल्दै जान्छ ।

(लेखक रामकृष्ण रेग्मी आमञ्चारविज्ञ तथा प्राध्यापक हुन् । )


प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP