Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ९, २०८१

काठमाडौं -  हिमालमा जलवायुले पारेको असर न्यूनीकरणको समाधान खोजिनुपर्नेमा सरोकार भएकाहरुले चासो जनाएका छन् । हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रियजगत्को ध्यानाकर्षण गराउन नेपालको आयोजनामा काठमाडौँमा आजदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय संवाद’ मा उहाँहरुले हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो दिएका हुन्  । 

संवादको उद्घाटनसत्रमा नेपाल सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्यालले जलवायुका कारण हिमालको हिउँ पग्लँदै गएर कालापत्थरमा परिणत भइरहेको भन्दै समयमा नै सचेत रहन आवश्यक रहेको जानकारी दिए  ।  “गत वर्षको जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२८ मा पनि जलवायु परितर्वनका कारण हिमाली क्षेत्रमा परेको असरको विषयमा चर्चा भएको थियो, यसले आज यो संवाद गर्न सफल भएका छौँ”, उनले भने, “आगामी जुन पहिलो साता हुने साब्टाको छलफलमा पनि यसले एउटा मार्गदर्शन प्रदान गर्नेछ ।” 

हिमालका ८० प्रतिशत मानिसलाई हिमालले नै स्वच्छ खानेपानी वितरण गरेको भन्दै खानेपानीको स्रोत जोगाउनका लागि पनि हिमाल जोगाउन जरुरी रहेको मुख्य सचिव अर्यालले बताए ।  वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण पर्वतीय क्षेत्रका स्थानीय समुदायको जनजीवनमा प्रभाव पारिरहेको बताए । 

“पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले नराम्रो असर गरिरहेको छ । वन डढेलो, हिउँ पग्लने, हिमताल विस्फोट हुने, समुद्री सतह बढ्नेलगायत समस्या बढिरहेका छन्”, उनले भने, “जलवायु परिवर्तनको असरका कारण हिमाल र हिमाली क्षेत्र जोखिममा परेको छ । पर्वतीय क्षेत्रलाई जलवायुको सङ्कटबाट बचाउन समयमा नै सबैले ध्यान दिन जरुरी छ ।”अमेरिकी सहयोग नियोगकी निर्देशक कारेन वेल्चले नेपालको जैविक विविधता संरक्षण तथा वातावरणको क्षेत्रमा आफूहरुले साझेदारी गरिरहेको भन्दै आगामी दिनमा पनि साझेदारीलाई निरन्तरता दिने जानकारी दिए  । 

खाद्य तथा कृषि सङ्गठन (एफएओ) को पर्वतीय साझेदारी सचिवालका रोसालौरा रामियोले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको असरको तथ्याङ्क प्रमाणित भएको भन्दै पर्वतीय देशहरुले भोगेका चुनौतीको सामना गर्न यस्ता अनुभव आदानप्रदान कार्यक्रम महत्वपूर्ण रहने बताए । किर्गिस्तानका विशेष प्रतिनिधि डिनारा केमेलोभाले विश्वको हिमाल पहाड भनेको विश्वको ३० प्रतिशत जनता आश्रितस्थल रहेको जनाउँदै यसको संरक्षणमा सबै जुट्न आह्वान गरे । साथै उनले हिमाल स्वच्छ खानेपानीको स्रोत र जलविद्युत्का लागि पनि अपरिहार्य भएकाले यसको संरक्षणमा विश्वजगत्कै चासो हुनुपर्नेमा जोड दिए  । 

संयुक्त राष्ट्रसङ्घ नेपालका आवासीय संयोजक हन्ना सिङ्गर हम्दीले हिमाल र त्यहाँका जनतालाई जलवायुले असर गरिरहेको भन्दै हिमालको संरक्षणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा)का अध्यक्ष ह्यारी भिरेउले जलवायु परिवर्तनको असरका कारण बाढी, पहिरोलगायत विपद् निम्तिरहेको भन्दै जलवायु परिवर्तनको असर समाधान सबै मिले खोजिनुपर्नेमा जोड दिए । 


प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP