Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • ‘बाख्रा साटासाट’ कार्यक्रमबाट विपन्न समुदाय लाभान्वित
‘बाख्रा साटासाट’ कार्यक्रमबाट विपन्न समुदाय लाभान्वित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ६, २०८१

झापा-  विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा साटासाट’ कार्यक्रम लोकप्रिय बनेको छ । दुई वर्षअघि सुरु भएको यो कार्यक्रममा सयौँ किसान लाभान्वित भएका छन् । 

नगरपालिकाको पशु तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले मेयर पकेट कार्यक्रमअन्तर्गत १५ वटा किसान समूहलाई बाख्राको पाठा, खोर, औषधि र नश्लसुधारमा सहयोग पुर्‍याउँदै आएको बताए । नगरपालिकाले दिएको तीन वटा बाख्राले पाठा ब्याएपछि एउटा पाठा नगरपालिकालाई फर्काउनुपर्ने नियम छ । त्यसरी फर्काइएका पाठा नगरपालिकाले फेरि अर्को किसान समूहलाई दिने गर्छ । चालु आर्थिक वर्षमा १५ वटा समूहमा दुई सय २५ जना बाख्रापालक किसान कार्यक्रममा जोडिएका छन् । एउटा समूहमा १५ जना किसान छन् ।

नगरपालिकाले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालनमा लागेका किसान समूहलाई खोर निर्माण गर्न चालु आवमा रु पाँच लाख २५ हजार खर्च गरेको छ । किसानलाई रु दुई लाख ५० हजार मूल्य बराबरका बाख्राको पाठा वितरण गरिसकेको छ । नश्ल सुधारका लागि हरेक समूहलाई रु ७० हजारको दरले बोयर प्रजातिको बीउ बोका दिइएको दाहालले जानकारी दिए ।  

Hardik health

बाख्रा साटासाट कार्यक्रमले दलित, जनजाति, आदिवासी र विपन्न महिला समुदायको जीविकोपार्जनमा  मद्दत पु-याएको विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतराले बताए  । उनले भने, “अधिकांश ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगार बनाउनै पर्दछ । यहीकारण नगरपालिकाले बाख्रा साटासाट कार्यक्रमलाई निरन्तरता दिएको हो ।”

नगरपालिकाले सुरुमा सुङ्गुर साटासाट कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट विपन्न समुदाय लाभान्वित भएपछि बाख्रा र कुखुरा साटासाट कार्यक्रम थप गरिएको हो । सुङ्गुर र बाख्रा साटासाट कार्यक्रम प्रभावकारी भए तापनि कुखुरा साटासाट कार्यक्रम सफल हुनसकेन । बाख्राको खोर, गाईको गोठ निर्माणसँगै रोग कीरा नियन्त्रणका लागि नगरपालिकाले किसानलाई अनुदान र प्राविधिक सहयोग गर्दै आएको छ । 

शाखा प्रमुख दाहालका अनुसार जुका नाम्लेको औषधिसहित घाँसमासमेत नगरको सहयोग छ । नगरले माछा प्रवद्र्धन कार्यक्रममा चालु आवमा रु १४ लाख खर्च गरेको छ । नगरपालिका माछामा आत्मनिर्भर बनिसकेको छ । नगरपालिकाले यसवर्ष एक हजार आठ सय कुकुरको बन्ध्याकरण गरेको जनाएको छ । गाईपालन गरी दूधमा आत्मनिर्भर बनाउन कार्यक्रम अघि सारिएको छ । यसवर्ष नगर क्षेत्रका किसानले पालेका एक हजार गाईको बीमा नगरपालिकाले गरेको छ । 


प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
थप कृषि
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन बुधबार, फागुन २७, २०८२
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी संघ
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी संघ बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP