Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दै
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ६, २०८१

गण्डकी- पोखरा महानगरपालिका–१६ अर्मलाका महिलाहरू सामूहिक कृषितर्फ आकर्षित भएका छन् । प्रगति कृषि समूह गठन गरी जग्गा भाडामा लिएर महिलाहरू सामूहिक कृषिखेतीमा लागेका हुन्। समूहकी अध्यक्ष चिनमाया सुवेदी श्रेष्ठले दुई रोपनी जग्गामा मौसमअनुसार आलु, मुला, केराउ, काँक्रोलगायतका नगदेबाली गर्दै आएका र वर्षाको समयमा सोही जग्गामा परीक्षणकारूपमा विभिन्न छ जातका धान रोप्ने तयारी भइरहेको बताए । 

“स्यालघारी फाँटको जग्गामा यतिखेर लटरम्म काँक्रा फलेका छन् । फागुन महिनामा लगाएका भक्तपुरे जातको काँक्राका एक सय ३२ वटा बिरुवाले उत्पादन दिन सुरू गरेका छन् । वैशाखको अन्तिम सातादेखि उत्पादन सुरू भएको काँक्रा बिक्रीबाट रु १५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छौँ”, अध्यक्ष सुवेदीले भने । हाल प्रतिकेजी ८० मा बारीबाटै काँक्रा बिक्री हुने गरेको छ ।

उनले समूहमा आवद्ध महिलाहरूले नै बारीबाट काँक्रा खरिद गरेर बजारमा बिक्री गरी राम्रो आम्दानी गरिरहेका बताए। “उत्पादन भएका काँक्रा बिक्री हुँदैन की भनेर चिन्ता गर्नुपर्दैन समूहकै महिलाले प्रतिकेजी रु ८० का दरले बारीबाटै खरिद गरेर लानुहुन्छ” अध्यक्ष श्रेष्ठले भन्नुभयो,“सोही काँक्रो स्थानीय बजारमा बिक्री गरेर जीविकोपार्जनको आधार बनिरहेको छ ।” 

विसं २०७४ मा कारितास नेपालको सहयोगमा स्थापना भएको किसान समूहमा हाल बीस जना सदस्य आवद्ध छन् । समूहकी सचिव सोनिया सुनारले प्रत्येक शनिबार घरको सबै काम पन्छ्याएर बारिको माटोमा पसिना चुहाउँदा राम्रो आम्दानी हुने गरेको बताउनुभयो । “संस्थामा आवद्ध सदस्य हप्ताको एक दिन बारिमा जम्मा हुन्छौँ, आवश्यक मल पनि घरबाटै बोकेर लैजाने गरेका छौँ” उनले भने,“कुनै पनि विषादि प्रयोग गरेका छैनौँ उत्पादित अर्गानिक काँक्रो बजारमा पठाउँन पाउँदा खुसी लागेको छ । यसले बेरोजगार भएर घरमै बस्दै आएका महिला हाल तरकारी उब्जायर आफूलाई आवश्यक पैसासमेत कमाउन थालेका छौँ ।” 

Hardik health

सचिव सुनारका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिला सङ्गठित भएर कृषि गर्दै आएका छन् । उनीहरूलाई बेलाबेला अघिल्लो वर्ष पोखरा महानगरले रु १० हजार आर्थिक सहयोगसमेत गरेको थियो । “आधुनिक कृषिऔजार, मल, बीउलगायत अत्यावश्यक सुविधा पाउने हो भने खेती विस्तार गर्दै जाने सोचमा छौँ । त्यसले हाम्रो आम्दाी वृद्धिमा पनि सहयोग पुग्थ्यो । हाल वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी गर्दै आएको छौँ ।” 

सामूहिक कृषिखेती सुरू भएपछि एकतिर समूहमा आवद्ध महिलाले घरमा मौसम अनुसारका तरकारी लिन पाएका छन्, अर्कोतिर सामूहिक खेती सिकाइको पाठशालासँगै आयआर्जनको माध्यम पनि बन्दै गएको छ । कोषाध्यक्ष चन्द्रा भट्टराईले समूहमा जम्मा भएको रकम आयआर्जनका लागि आवद्ध सदस्यलाई एक प्रतिशत व्याजमा लगानी गर्ने गरिएको जानकारी दिए  । उनका अनुसार समूहको कोषमा अहिले रु एक लाख ५० हजार रहेको छ भने एक वर्षअघि सङ्कलित रकमबाट प्रत्येक सदस्यलाई पाँच हजारका दरले वितरण गरिएको थियो । समूहले अध्ययन अवलोकन भ्रमण तथा रमाइलो वनभोजसमेत आयोजना गर्ने गरेको छ । 


रैथाने जातको धान संरक्षणमा समूह

सो समूह रैथाने जातको धान संरक्षण अभियानमा पनि जुटेको छ । काँक्रा लगाएको जग्गामा धानका जेठाबुढो, अनदी, कालो झिनुवा, वयर्नी, पहेँलेलगायतका जात रोप्ने तयारी भएको जनाइएको छ । त्यसका लागि पोखरा महानगरपालिकाले उपलव्ध गराएको बीउ रादिएको छ । समूहका प्रत्येक सदस्यले डोकोमा मल र हातमा खन्ने औजार लिएर बारिमा धानको बीउ राखेका र अब परीक्षणका रूपमा पहिलो पटक धान रोपाइ गर्ने तयारी भइरहेको अध्यक्ष सुवेदीले जानकारी दिए  । 

पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले नेपाल सरकारले सूचीकृत गरेका खान नरम र स्वादिष्ट धानको जात संरक्षण गर्ने उद्देश्यका साथ विभिन्न पाँचवटा कृषि सेवा केन्द्रमार्फत परीक्षणका लागि निःशुल्क बीउ प्रदान गरिएको जानकारी दिए  । छोटो समयमा बढी उत्पादन हुने हाइब्रिड धानमा किसानको आकर्षण बढेपछि स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेकाले स्थानीय जातको संरक्षणका लागि किसानलाई बीउ वितरण गरिएको उनले बताए  । 


प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप कृषि
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन बुधबार, फागुन २७, २०८२
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी संघ
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी संघ बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP