Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • उद्योगग्राममार्फत प्राङ्गारिक मल उत्पादन
उद्योगग्राममार्फत प्राङ्गारिक मल उत्पादन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २७, २०८१

गलकोट - जिल्लाका १० पालिकामध्ये उद्योगग्राम स्थापनामा काठेखोला अघि छ । ‘एक पालिका एक उद्योगग्राम’ सञ्चालन गर्ने सरकारको योजना रहे पनि बागलुङका केही पालिकाले जग्गासमेत व्यवस्थापन गर्न सकेका छैनन् ।

काठेखोला गाउँपालिकाले उद्योगग्राम सञ्चालन गरी सोहीमार्फत पहिलोपटक प्राङ्गारिक मल उत्पादन गर्न थालेको छ । बागलुङको काठेखोला–७ रेशमा रहेको औद्योगिकग्राममा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलोपटक प्राङ्गारिक मल बनाउन थालिएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए  ।

“प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक दर्जन युवाले जङ्गलमा खेर गइरहेको पात, पतिङ्गर र झाडी सङ्कलन गरी पराङ्गारिक मल बनाउन थालिएको छ । पहिलो चरण्मा दुई हजार पाँच सय केजी मल बनाउन थालेका छौँ । उक्त मललाई रेशको चिया बगानमा प्रयोग गरिने र चियाको उत्पादन बढाउने योजना छ”, वडाध्यक्ष लामिछानेले भने ।

जङ्गलको झाडी र पतिङ्गर सङ्कलन गरेर औद्योगिक ग्राममा जम्मा गरी कृषि प्राविधिकको सल्लाहमा प्राङ्गारिक मल बनाउन प्लाष्टिकका ठूला थैलोमा प्याकिङ गरिसकिएको उहाँले बताए । उनका अनुसार आगमी दुईदेखि तीन महिनाभित्र प्राङ्गारिक मल तयार भइसक्नेछ ।

Hardik health

प्राङ्गारिक मल उत्पादनमा रेश वडा कार्यालयले प्राविधिक सहयोग गरेको छ भने जनशक्ति प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परिचालन गरिएको हो । आद्यौगिकग्राममा पहिलो उद्योगका रूपमा प्राङ्गारिक मल उद्योग खोल्ने तयारीअनुसार परीक्षणका लागि मल उत्पादन गर्न सुरु गरिएको जनाइएको छ ।

उद्योगग्राममा आवश्यक टहरा निर्माण, सडक पुर्याउने, विद्युतीकरण गर्नेलगायत काम गत वर्ष नै सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँमा खेर गइरहेको पतिङ्गरलाई मल बनाउन सकिने भएपछि आयातित मलको प्रयोग घटाउने र स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले प्राङ्गारिक मल उत्पादन गरी अग्र्यानिक कृषि उपज बढाउने योजना बनाइएको वडा कार्यालयले जनाएको छ ।

दुई वर्षदेखि काठेखोला–७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको जनाएको छ। आवश्यक उपकरण सञ्चालनका लागि विद्युतीकरण गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिए । सङ्घीय सरकारको रु तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पुर्याइसकिएकाले बनेका संरचनामा प्राङ्गारिक मल उद्योग सञ्चालन गर्न थालिएको उनको भनाइ छ ।

काठेखोला गाउँपालिकाले उद्योग ग्रामका लागि रु ५० करोडको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएको छ । अहिले निर्माण भइरहेको संरचनामा सञ्चालन गर्न सकिने स–साना उद्योगहरूको योजना पालिकासँग रहेको बताउँदै वडाध्यक्ष लामिछानेले पालिकाको औद्यिगिकग्राम भए पनि वडास्तरीय स–साना उद्योग स्थापना गर्न थालिएको जानकारी दिए । उनले प्राङ्गारिक मल बनाउन थालेको औद्योगिकग्राममा चिया प्रशोधनसमेत गरिने बताए।

वडाध्यक्ष लामिछानेका अनुसार अहिले रेशमा ३० हजार चियाका बिरुवा उत्पादनका लागि हुर्किरहेका छन् भने पाँच हजार चियाका बिरुवाले उत्पादन दिन थालिसकेका छन् । जङ्गल सफाइ हुने र जङ्गलको झाडीले मलसमेत बन्ने भएपछि यहाँका किसानलाई उत्पादनसँग जोड्न थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राङ्गारिक मल बनाउन खटिनुभएका स्थानीय भूमिश्वर थापाले बताए । उनले अस्थायी रूपमा रोजगारी पाएको भन्दै काम सिकेपछि विस्तारै दीर्घकालीन उपलब्धि हासिल गर्न सकिने बताए ।    

युवालाई गाउँमै रोजगारी दिनका लागि औद्योगिकग्रामले ठूलो सहयोग मिल्ने उनको भनाइ छ । तीन करोड बजेटमध्ये हालसम्म रु दुई करोड कार्यान्वयनमा गइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । औद्योगिकग्राम निर्माणपश्चात यहाँ साना, मझौला र ठूला सबै उद्योग सञ्चालन हुने जनाउँदै उद्योग गर्न चाहने स्थानीयलाई समेत पालिकाले प्रोत्साहन गर्नेछ । पहिलोपटक उद्योगग्राममा उत्पादन हुने दुई हजार पाँच सय केजी प्राङ्गारिक मल रेशका वडावासी किसानलाई सुपथ मूल्यमा प्रदान गरिने छ । 


प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन बुधबार, फागुन २७, २०८२
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी संघ
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी संघ बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP