Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • लोपोन्मुख र सीमान्तकृतको निशुल्क स्वास्थ्य बीमा गराउँदै बागमती प्रदेश सरकार
लोपोन्मुख र सीमान्तकृतको निशुल्क स्वास्थ्य बीमा गराउँदै बागमती प्रदेश सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २६, २०८१

बागमती - बागमती प्रदेश सरकारले लोपोन्मुख, सिमान्तकृत र अपाङ्गता भएका परिवारलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा पछाडि परेका लोपोन्मुख जाती, सीमान्तकृत समुदाय, आश्रममा आश्रित, अपाङ्गता र महिला स्वास्थ्य स्वयंम् सेविकाको परिवारलगायतलाई निशुल्क स्वास्थ्य बीमा गराएको हो ।

गत आर्थिक वर्ष २०७९/८० देखि सञ्चालन भएको बागमती प्रदेश सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उक्त लाभान्वित समूहका १७ हजार सात सय ३२ परिवारको स्वास्थ्य बीमा गरिएको छ । बीमा गरिएकाहरुको प्रिमियमबापत हालसम्म बीमा कम्पनीलाई रु छ करोड २२ लाख ५१ हजार छ सय भुक्तानी गरिएको बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सूचना अधिकारी डा रवीन भुषालले जानकारी दिए । 

सूचना अधिकारी भुषालका अनुसार प्रदेश सरकारले बागमती प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । सो कार्यक्रम अन्तर्गत हालसम्म सबै भन्दाबढी दोलखामा तीन हजार चार सय ५२ परिवारको स्वास्थ्य बीमा गरिएको छ । सबै भन्दा कम मकवानपुरमा एक सय एक परिवारको स्वास्थ्य बीमा भएको छ । 

Hardik health

प्रदेश सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत चितवनमा तीन हजार एक सय २७, सिन्धुपाल्चोकमा दुई हजार पाँच सय ९८, धादिङ जिल्लामा एक हजार पाँच सय ९३, काभ्रेपलाञ्चोकमा एक हजार पाँच सय ४९, काठमाडौँमा एक हजार दुई सय छ, रामेछापमा एक हजार दुई सय ९० परिवारले स्वास्थ्य बीमा गराएका छन् । त्यसैगरि ललितपुरमा नौ सय ४८, नुवाकोटमा नौं सय तीन, सिन्धुलीमा छ सय ४९, रसुवामा दुई सय २५ र भक्तपुरमा एक सय पाँच परिवारको स्वास्थ्य बीमा गरिएको छ । 

चार जना सदस्य भएको परिवारले रु तीन हजार र सात जना सदस्य रहेको परिवारले रु तीन हजार पाँच सय वार्षिक प्रिमियम तिर्नुपर्ने हुन्छ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गराईएकामध्ये महिला स्वास्थ्य स्वयंम् सेविकाको परिवारको बीमा बापतको प्रिमियम रकममा ५० प्रतिशत सङ्घीय सरकारले र बाँकी ५० प्रतिशत प्रदेश सरकारले तिरिदिने व्यवस्था रहेको सूचना अधिकारी डा भुषालले बताउनुभयो । 

लोपोन्मुख जाती, अति सीमान्तकृत समूह, आश्रममा आश्रित, अपाङ्गताको प्रिमियम बापतको सम्पूर्ण रकम प्रदेश सरकारले बीमा कम्पनीलाई बुझाउने कार्यविधिमा व्यवस्था छ । प्रत्येक स्थानीय तहको वडामा खटिएका दर्ता सहयोगीमार्फत लक्षित परिवारको खोजी गरी स्वास्थ्य बीमा गर्ने गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालबाट बीमा गराएको परिवारले वर्षमा रु एक लाखसम्मको निःशुल्क औषधोपचार पाउने छन् ।


प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP