Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २३, २०८१

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन् । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए । प्रधानमन्त्री दाहालले भने, “निकै ठूलो मेहनत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ । स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको छ ।”

गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठ श्यया निःशुल्क उपलब्ध गराइएको भन्दै प्रधानमन्त्री दाहालले पाठेघरको क्यान्सर र स्तन क्यान्सरविरूद्धको खोप निःशुल्करूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए । “सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कूल श्ययाको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ”, प्रधानमन्त्री दाहालले भने, “यस्ता कामले स्वास्थ्य क्षेत्रका अधिकार व्यवहारमा कार्यान्वयनका लागि आधारभूत अर्थ राख्दछन् ।” 

Hardik health

संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलगायतका स्वास्थ्य संस्थाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहलले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल र अन्तर्राष्ट्रियस्तरको शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने पनि प्रधानमन्त्री दाहालको भनाइ छ । 

आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्री दाहालले सबै श्यया तथा शल्यक्रिया कक्ष सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको बताए । 

कार्यक्रममा न्याम्सका रेक्टर डा लोचन कार्कीले न्याम्सको आफ्नै अस्पताल निर्माण नभएसम्म वीर अस्पतालबाट तत्काल नछुट्याउन आग्रह गरे  । “न्याम्स र वीर अस्पताल छुट्याउने विषयमा बहस चलिरहेको छ । यी दुईलाई तत्काल छुट्याउदा धेरै विषयमा समस्या पर्ने देखिन्छ”, रेक्टर डा कार्कीले भन्नुभयो, “न्याम्समा अहिले चलिरहेको सबै शैक्षिक कार्यक्रम बन्दहुने र त्यसको असर वीर अस्पतालको सेवामा समेत पर्नसक्छ । यसबारे बृहत् छलफल हुनुपर्छ ।” उनले न्याम्सको दायरालाई थप विस्तार गर्दै अघि बढेको जानकारी गराए ।
    
यस्तै, वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले गुणस्तरीय स्वास्थ्य सेवाका लागि वीर अस्पताललाई विशिष्टकृत अस्पतालका रूपमा विकास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले न्याम्स र वीर अस्पतालले नवीन प्रविधिको प्रयोगबाट विविध विधामा फड्को मार्न सफल भएको बताए । “न्याम्सले दिएको सेवाको क्षेत्र फराकिलो छ तर न्याम्सभित्रको वीर अस्पतालमा चुनौती छन् । पूर्णक्षमतामा श्यया सञ्चालन गर्न सकिएको छैन ।

बजेटको अभावमा सेवा प्रवाहलाई थप व्यवस्थित गर्न सकेका छैनौँ”, पौडेलले भने, “वीर अस्पतालमा प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था छ । तीन तहको सरकारको जिम्मेवारीअनुसार हामीलाई विशिष्टकृत सेवाको जिम्मेवारी केन्द्रित गराउनसके अझ बढी गुणस्तरीय सेवा दिन सकिन्छ । यस अस्पताललाई रिफरल केन्द्रका रुपमा विकास गर्नुपर्छ ।”  न्याम्सले आफ्नो २२औँ स्थापना दिवसका अवसरमा पहिलो उपकुलपति दिनेशनाथ गङ्गोल र स्वर्गीय प्राडा उपेन्द्र देवकोटालाई सम्मान गरेको छ । न्याम्सबाट विभिन्न समयमा उत्तीर्ण उत्कृष्ट विद्यार्थी डा रविरमन न्यौपाने, डा निरोज बनेपाली र डा मुकेशप्रसाद यादवलाई समेत पुरस्कृत गरिएको छ ।


प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP