Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • मन्थलीमा अझै फोहर व्यवस्थापन भएन
मन्थलीमा अझै फोहर व्यवस्थापन भएन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १६, २०८१

मन्थली -  रामेछाप सदरमुकामस्थित मन्थली नगरपालिकाले फोहर व्यवस्थापन कार्यलाई व्यवस्थित गर्नसकेको छैन । नगरपालिकाले विगतदेखि स्थानीय रणजोर खोला दोभान तामकोशी नदी किनारमा फोहर बिसर्जन गर्दै आएको छ  । नगरपालिकाले न सो स्थानको फोहर व्यवस्थापनलाई व्यवस्थित गर्नसकेको छ न त त्यसको विकल्प खोजेको छ । 

स्थानीय विकास श्रेष्ठले कच्चिबाटोका कारण बजारदेखि बिसर्जनस्थलसम्म पुग्दा बाटोमै फोहर खसाल्दै जाने कारणले स्थानीयलाई आवतजावतमा नै समस्या हुने गरेको बताए । “एकातीर बाटोमा खसाल्ने फोहरको दुर्गन्ध र सिसा बिझ्ने समस्या छ । अर्कोतीर फोहर डढाउँदा आउने धुँवाले नजिकैको बस्तीलाई बसिनसक्नु छ । यति हुँदा पनि त्यसको विकल्पबारे ठोस् पहलसमेत भएको छैन”, श्रेष्ठले भने । 

हुन त फोहर व्यवस्थापनका लागि वैकल्पिक उपायबारे चर्चा नभएको पनि होइन । मन्थली नगरपालिका–ं७ स्थित बडीमुहानमा फोहर बिसर्जनस्थल (डम्पिङ साइट) निर्माण गर्ने भनि आवश्यक प्रक्रियासमेत सुरूभइसकेको थियो । त्यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भइसकेको थियो तर स्थानीयको विरोधका कारण नागरिक उडड्यन प्राधिकरणले अनुमति नदिँदा थप कार्य अगाडि बढ्न नसकेको नगरप्रमुख लव श्रेष्ठले बताउनुभयो । नगरपालिकाले गत पुस २५ गतेको चौधौ नगरसभाबाट छ महिनाभित्र डम्पिङ साइट टुङ्गो लगाउने निर्णयसमेत गरेको श्रेष्ठको भनाइ छ । 

Hardik health

सो निर्णय भएको चार महिना बितिसक्दा पनि कार्यान्वयनको टुङ्गो लाग्नसकेको छैन । स्थानीय पवन रोक्काले भने,“फोहर बिसर्जनका विकल्पबारे पटकपटक कुरा भएका छन् तर कार्यान्वयन भएका छैनन् । बजारभरीको फोहर बस्ती नजिकैको खोलामा फाल्दा र अव्यवस्थितरूपमा फोहर डढाउँदा निकै समस्या भइरहेका भन्दै गुनासो गरे पनि सुनुवाइ भएको छैन ।”

स्थानीय पवित्रा खड्काले पनि फोहर व्यवस्थापनका लागि पटकपटक गुनासो र विरोधगर्दा समेत समस्या समाधानमा ठोस् पहल नभएको गुनासो गरे । नजिकका बासिन्दालाई त समस्या छ नै, मन्थली बजारको फोहर तामाकोशी नदी किनारमा फाल्ने र फोहर मिसिएको त्यही पानी सोभन्दा तलका नागरिकले प्रयोग गर्ने गरेका छन् ।  स्थानीय कृष्णबहादुर सार्कीले नदीको तल्लो तटिए क्षेत्रमा बस्ने नागरिकले अनाहकमा समस्याको भागिदार बन्नुपरेकाले चाडै समस्या समाधान गर्न आग्रह गरे ।  

ज्येष्ठ नागरिक सङ्घका अध्यक्षसमेत रहनुभएका स्थानीय नारायणदाश श्रेष्ठ पनि फोहर बिसर्जनस्थलको विकल्प खोज्नुका साथै अब फोहरबाट मोहर बनाउनसक्ने प्रविधिको उपयोगमा समेत जोडदिन अपरिहार्य रहेको बताए । 


प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP