Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नौ सय २२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
नौ सय २२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १३, २०८१

काठमाडौं -काठमाडौँ महानगरपालिकामा महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच भएको छ ।

काठमाडौं महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच भएको हाे ।

उनीहरुमध्ये (जनप्रतिनिधि, कर्मचारी, वडा नं. ३१, २५ र २७ गरी) ७७९ जनाको रिपोर्ट आइसकेको छ । रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिएको छ । ७४७ (वडा नं. ३ को १२ गतेको प्राप्त हुन बाँकीबाहेक) जनामध्ये १७५ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।  

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा. सुनिता लम्सालकाअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष क्यामराबाट पाठेघरको मुखको अवस्था हेर्ने) र बायोप्सी (परीक्षणका लागि मासुको नमूना निकाल्ने) गरिएको छ । बायोस्पीको रिपोर्ट आउन ७ दिन लाग्छ । आज रामघाटमा कल्पस्कोपी र वायोप्सीका लागि १२ जनालाई बोलाइएको छ । 

Hardik health

महानगरपालिकाको स्वास्थ्य विभागले निःशुल्क जाँचका लागि वैशाख ४ गतेदेखि निःशुल्क शिविर सुरु भएको हो । शिविरमा आउने सबै महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ ।

पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६०वर्ष उमेर समूहका सबै महिलाको एचपीभी डीएनए पीसीआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । सुरुको जाँचका क्रममा अवस्था हेरेर अल्ट्रासाउन्ड गरिन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ । 

बायोप्सीको रिपोर्टमा केही देखिएन भने १ वर्षसम्म फलोअप गर्न सुझाव दिइन्छ । रिपोर्टबाट सेकाउँदा (थर्मोक्वागुलेसन) उपचार हुन सक्ने देखियो भने रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार गराउन थालिन्छ । सेकाएर नहुने देखियो भने यस्तो अवस्थाको उपचारका लागि अस्पतालहरुमा शिफारिस गरिन्छ । 

शिविरको पहिलो दिन राष्ट्रिय सभा गृहमा जनप्रतिनिधि र महिला कर्मचारीको जाँच गरिएको थियो । त्यस दिन ७२ जनाले जाँच गराएको थिए । उनीहरुमध्ये एचपीभी डीएनए पीसीआरमा ५ जनामा पोजेटिभ देखिएको महानगरले जनाएकाे छ । महानगरका अनुसार प्रारम्भिक जाँचबाट शंका लागेपछि ८ जनाको स्तनको, १५ जनाको पाठेघरको अल्ट्रासाउन्ड र १ जनाको मेमोग्राफी गरिएको थियो । १३ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।   

महानगरले वैशाख ५ र ६ गते वडा नं. ३१ भीमसेनगोलामा रहेको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा शिविर सञ्चालन गरेकाे  थियो । २ दिनमा २१३ ले स्वास्थ्य जाँच गराए । उनीहरुमध्ये १७७ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । परीक्षणका क्रममा ५ जनाको स्तनको, ३४ जनाको पाठेघरको अल्ट्रासाउन्ड र ४ जनाको मेमोग्राफी गरेकाे छ । उनीहरुमध्ये ५९ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ । 

 यस्तै  वडा नं. २५ र २७ लाई लक्षित गरेर बैशाख ७, ९ र १० गते ३ दिन इनबहालमा शिविर गरिएको थियो । यस शिविरमा ३३९ जनाले परीक्षण गराए । उनीहरुमध्ये २७३ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ महानगरले ११ जनाको स्तनको, ४४ जनाको पाठेघरको अल्ट्रासाउन्ड गरिएको छ । ६९ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको जनाएकाे छ । 

यसैगरी महानगरले वैशाख ११ र १२ गते वडा नं. ३ महाराजगञ्जमा शिविर सञ्चालन गरेकाे  छ। पहिलो दिन १२३ जनाको परीक्षण  भयो । जसमध्ये ३ जनाको स्तनको, २३ जनाको पाठेघरको मुखको अल्ट्रासाउन्ड गरिएकाेमा उनीहरुमध्ये ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । ३४ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको महानगरले उल्लेख गरेकाे छ । 

दोस्रो दिन एक सय ७५ जनाले स्वास्थ्य जाँच गराए । उनीहरुमध्ये १४३ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण भएकाे छ । २३ जनाको पाठेघरको र ४ जनाको स्तनको अल्ट्रासाउन्ड गरिएकोमा उनीहरुको रिपोर्ट आउन बाँकी छ । प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको संक्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरु देखिएका छन् । 


प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP