Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • प्रतिशोध होइन, न्यायको आशमा छन् द्वन्द्वपीडित
प्रतिशोध होइन, न्यायको आशमा छन् द्वन्द्वपीडित
प्रकाश सिलवाल/रासस
प्रकाश सिलवाल/रासस बुधबार, वैशाख ५, २०८१

 “मलाई यो कुरा पटक–पटक नसम्झाइदिए हुन्थ्यो ।” सशस्त्र द्वन्द्वकालीन समयका पीडितहरु ती घटना सम्झँदा अहिले पनि भावुक हुन्छन् । विसं २०५८ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को आन्दोलनमा जोडिन पुगेका गोरखाका कुमार ढकाल नेपाली सेनाको हिरासतमा परेपछि अहिलेसम्म बेपत्ताको सूचीमा छन् । बीस वर्षसम्म छोराको अत्तोपत्तो नभएपछि ८५ वर्षीय पिताले आश मारेर आफ्नो जीवन छँदै कुमारको अन्त्येष्टिसहितका संस्कारका कार्य होस् भन्ने चाहना राखेपछि उनका दाइ रामबाबुले पिताको इच्छा पूरा गरिदिए । कानुनीरुपमा कुमारको स्थितिबारे कुनै पुष्टि नभए पनि परिवारले अन्त्येष्टि गरेपछि वार्षिक श्राद्ध गर्न तथा सम्पत्ति हस्तान्तरण आदि गर्न भने बाटो खुलेको छ ।

यस्तै, नुवाकोटकी विमला रिमालले सशस्त्र युद्धकालमा आफ्ना पति नवराज रिजाल प्रहरीमा कार्यरत रहँदा बेपत्ता भई हालसम्म पत्तो नभएको स्थितिमा विभिन्न निकाय र सरोकार भएका संस्थामा पुगेर न्यायका लागि आग्रह गर्दै आउनुभएको छ । तत्कालीन विद्रोही पक्षबाट पति बेपत्ता बनाइएपछि आफू एकल भएर काठमाडौँमा चालक सहयोगी भएर साना दुई सन्तानलाई हुर्काउँदा राज्य र समाजबाट कुनै सहयोग नपाइएको उहाँको दुःखेसो छ । यी त केही प्रतिनिधि पात्र मात्र हुन् । द्वन्द्वपीडित महिला सञ्जालका अध्यक्ष सिर्जना श्रेष्ठ द्वन्द्वकालका पीडित परिवारका यस्ता कथाव्यथा अनगिन्ती रहेको जनाउँदै यस्ता घटनामा प्रतिशोध साँध्ने मनसायमा आफूहरु नरहेको बरु सत्य, तथ्य पत्ता लागोस् र कानुनबमोजिम न्याय निरुपणका साथै आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भन्ने चाहेको बताउनुहुन्छ ।

द्वन्द्वपीडित विभिन्न सञ्जालले शान्तिपूर्ण धर्ना, विभिन्न दबाब र वकालतका माध्यमबाट आफूहरुलाई न्याय दिन माग गर्दै आएका छन् । नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकहरूले द्वन्द्व र त्यसपछिको संक्रमणकालीन अवस्थामा महिला र बालिकाको अधिकारको सुरक्षाका साथै महिला हिंसा रोकथाम गर्ने विषयलाई प्राथमिकताका साथ सम्बोधन गरेको छ । संविधानले लैङ्गिक भेदभाव बिना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक, धार्मिक, सामाजिक, साँस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषणविरूद्धको हक, समानता, सामाजिक पुनःस्थापना र क्षतिपूर्तिसहितको न्याय पाउने हक, पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हकको व्यवस्था गरेको छ ।

नेपाल सरकारबाट द्वन्द्वकालीन समयका घटनाहरूको उजुरी, अनुसन्धान, मेलमिलाप र अभियोजनका विविध पक्षमा सरकारसमक्ष सिफारिस गर्न ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ बमोजिम सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भएका थिए । द्वन्द्वको समयमा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेका तथा मानवताविरूद्धको अपराधमा संलग्न व्यक्तिहरूको बारेमा छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन, घटनाबाट पीडित व्यक्तिलाई न्याय प्रदान गर्न र समाजमा मेलमिलापको वातावरण तयार गर्ने उद्देश्यका लागि ती आयोग गठित भएका थिए । कानुन संशोधनको अभावमा अहिलेसम्म आयोग गठनका ती उद्देश्यपूर्ति हुन सकेको छैनन् ।

Hardik health

ऐनमा तेस्रो पटक संशोधनका लागि प्रतिनिधिसभामा २०७९ फागुन २५ गते विधेयक दर्ता भएको थियो । विधेयकमा सशस्त्र द्वन्द्वकालमा ‘गम्भीर मानवअधिकारको उलङ्घन’ भन्नाले कस्तो अवस्थालाई मान्ने तथा पीडित वा पीडकले मेलमिलापका लागि निवेदन दिएमा मेलमिलाप गराउने वा मुद्धा चलाउने भन्नेबारेमा दलहरुबीच विवाद कायमै देखिएको छ । सो विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको छ । समितिको उपसमितिले विधेयकमाथि गत असोज २० गते प्रतिवेन बुझाइसकेको छ । विधेयकमा मिल्न बाँकी मुख्य विषयमा अन्तर्राष्ट्रिय अभ्यास, सर्वाेच्च अदालतको आदेश र पीडितकेन्द्रित भएर सम्बोधन निकाल्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणका समयमा पनि उच्च राजनीतिक तहमा छलफल भएको थियो तर दलहरु सहमतिमा पुगेका छैनन् । सहमति हुन नसके मतदानबाट भए पनि विधेयकलाई पारित गर्नुपर्ने अधिकारकर्मीको भनाइ रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिनै आधारमा विधेयकमा सहमति जुटाउन प्रमुख दलका नेताहरुसँग विभिन्न चरणमा छलफल गर्दै आउनुभएको छ । सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भए पनि हालसम्म सङ्क्रमणकालीन न्यायले पूर्णता नपाउँदा ढकाल, रिजाल परिवारजस्ता द्वन्द्वपीडित परिवार सङ्गठित हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्ना आवाज प्रस्तुत गर्न विवश भएका छन् । उही पीडाका कुरा पटक पटक उठाउँदा उनीहरु थकित हुन थालका छन् । अर्कातिर यस क्षेत्रमा काम गर्ने सरकारी र गैह्रसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीले विभिन्न प्रश्नावली अगाडि तेर्साउँदा उनीहरुलाई पीडामाथि पीडाको अनुभूति हुने गरेको छ । कानुन संशोधनको अभावमा बेपत्ता व्यक्तिहरुको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग पदाधिकारीबिहीन छन् । भर्खरै सरकारले यी दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ । ती आयोगलाई पर्याप्त अख्तियारी, जनशक्ति र कारबाहीको स्पष्ट प्रक्रियाको अभाव रहेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार सात सय १८ र बेपत्ता व्यक्तिहरुको छानबिन आयोगमा दुई हजाार पाँच सय उजुरी दर्ता भएका छन् । ‘नेपालको सङ्क्रमणकालीन अवरोध र आगामी बाटो’ विषयक ‘साथी’ संस्थाले हालै गरेको एक अध्ययनले द्वन्द्व प्रभावितहरुका विविध समस्या र समाधानको उपाय सिफारिस गरेको छ । ‘ग्लोबल नेटवर्क अफ वुमन पिसबिल्डर्स’ (जिएनडब्लुपी) सँगको सहकार्यमा अध्ययनले शान्ति सम्झौता भएको १८ वर्षसम्म सङ्क्रमणकालीन न्यायले टुङ्गो पाउन नसक्दा पीडितहरुमा थकान अनुभूति भइसकेको, राजनीतिप्रतिको विश्वास कमजोर भएको र पीडितमाथि पीडा दिने कार्य भएको उल्लेख गरिएको छ । अध्ययनले संक्रमणकालीन न्याय संयन्त्र र महिला, शान्ति र सुरक्षासम्बन्धी राष्ट्रिय कार्ययोजनाहरूबीचका सम्बन्धको विश्लेषण गरी नेपालको समग्र संक्रमणकालीन न्याय प्रक्रियाप्रति द्वन्द्वपीडितको धारणा, वास्तविकता र अपेक्षाहरूको मूल्याङ्कन गरेको छ ।

अनुसन्धानले वास्तविक द्वन्द्वपीडितको उचित पहिचान सुनिश्चित गर्ने र सरकारले मान्यता प्राप्त परिचयपत्र वितरण गर्ने महत्वलाई जोड दिएको छ । साथै द्वन्द्वबाट प्रभावित महिला तथा बालिकाका लागि अन्तरिम राहत र प्रभावकारी उपचारको सुनिश्चतता गर्न सुझाएको छ । खासगरी द्वन्द्व सम्बन्धित यौन हिंसासम्बन्धी मुद्दा दायर गर्न तीन महिनाको वैधानिक सीमा बढाउन सिफारिस गरेको छ । अनुसन्धानका टोली प्रमुख एवं राष्ट्रसङ्घीय सिड कमिटीका सदस्य वन्दना राणा अध्ययनका निचोडलाई गम्भीरतापूर्वक मनन गरी राजनीतिक दलका नेता र सांसदले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई छिटो टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अध्ययनको नतिजाले सरोकारवालालाई यसका बाधाहरूबारे चिन्तन गर्न र सिफारिसमा विचार गर्न प्रेरित गर्नाका साथै सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याउन, पीडित र राज्यका संयन्त्रका लागि विजयी अवस्था सिर्जना गर्न र अन्ततः देशमा दिगो शान्ति कायम गर्न मद्दत गर्ने बताउनुभयो ।

सङ्क्रमणकालीन न्यायका अध्येता चिरञ्जीवी भण्डारीले राजनीतिक इच्छाशक्ति, आपसी विश्वास, सुरक्षा, स्रोतसाधन, पारदर्शी सोच, पीडितकेन्द्रित भावना, विज्ञता अभाव आदि कारणले यो विषय लामो समयसम्म टुङ्गो लाग्न नसकेको बताउनुभयो । “न्यायलाई टुङ्गोमा लान पीडितहरु क्षमादान गर्न पनि तयार हुन सक्छन् ।” भण्डारीले भन्नुभयो, “तर उनीहरु घटनालाई पूरै बिर्सना या यत्तिकै छाड्न तयार छैनन् ।” यस्तै अनुसन्धानकर्ता तृष्णा थापा पीडितहरुमा निराशाको तह धेरै भए पनि उनीहरुमा न्यायको आशा मरिनसकेकाले राजनीतिक नेतृत्वबाट यस पक्षको सम्बोधन हुनुपर्ने बताउनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले पारित गरेका प्रस्तावहरु १३२५ र १८२० ले उल्लेख गरेका महिला, शान्ति तथा सुरक्षासम्बन्धी सवाल सम्बोधन गर्न नेपाल सरकार गृह मन्त्रालयले दोस्रो राष्ट्रिय कार्ययोजना तर्जुमा गरेको छ । विशेषगरी महिलाले द्वन्द्वको मारमा महिला र बालबालिका बढी पर्ने भएकाले हिंसामा परेका, परिवार गुमाएका, जनजीवन र व्यक्तिगत स्वतन्त्रताबाट वञ्चित भएकाहरुलाई यो कार्ययोजनाले समेटेको छ । यी प्रस्तावले निवारण, सहभागिता, संरक्षण, राहत तथा पुनर्लाभका क्षेत्रहरु अँगालेको छ ।

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कार्यक्रम तथा संरचना समेतमा यी प्रस्तावका विषयवस्तुलाई आन्तरिकीकरण तथा मूलप्रवाहीकरण गर्न दोस्रो राष्ट्रिय कार्ययोजना (२०७९/८०-२०८१/८२) को ल्याइएको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ ले विश्वभरि महिला तथा किशोरीमाथि द्वन्द्वले पारेका असर सम्बोधन गर्न र शान्तिवार्ता, शान्ति स्थापना र द्वन्द्वोत्तर पुनर्निर्माण प्रयाससहित शान्ति निर्माणका प्रयासमा महिलालाई योजनाबद्ध ढंगले समावेश गर्न सबै राष्ट्रलाई आह्वान गरेको छ ।

यस्तै प्रस्ताव नं. १८२० ले द्वन्द्वसँग सम्बन्धित यौन हिंसालाई द्वन्द्वरत पक्षहरूले सैन्य वा राजनीतिक उद्देश्य पूरा गर्न युद्ध–नीतिका रुपमा प्रयोग गर्ने र त्यसले दण्डहीनता निम्त्याउने सवाललाई सम्बोधन गर्न निर्देश गरेको छ । ती प्रस्तावको कार्यान्वयनका क्रममा द्वन्द्वका साथै द्वन्द्व र द्वन्द्वोत्तर अवस्थामा महिला र किशोरीविरुद्ध हुने सबै प्रकारका हिंसाको निवारण, शान्ति र सुरक्षासम्बन्धी निर्णय प्रक्रियाका सबै तहमा महिलाको समान सहभागिता र लैङ्गिक समानता अहिलेको चासो हो । द्वन्द्वको अवस्थामा महिला तथा किशोरी सबै प्रकारका यौन र लैङ्गिकतामा आधारित हिंसाबाट सुरक्षित गरी द्वन्द्वपछि राहतसम्बन्धी महिलाका खास आवश्यकता पूरा गर्न नेपाल सरकार, गृह मन्त्रालयले बनाएको कार्ययोजनामा रहेका कार्यनीतिको स्थानीय तहबाट प्रभावकारी कार्यान्वयन हुने हो भने सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन पनि टेवा पुग्नेछ ।


प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP