Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • विदेशिए भलिबलका चम्किला रवि
विदेशिए भलिबलका चम्किला रवि
रामबहादुर थापा
रामबहादुर थापा आइतबार, वैशाख २, २०८१


राष्ट्रिय टिमबाट देशका लागि खेल्ने ठूलो सपना थियो, तर पूरा हुन सकेन । ‘क्लोज क्याम्प’मा परेर पनि छनोटमा परिनँ । नेपाल भलिबल संघले नयाँ खेलाडीलाई पनि स्थान दिनुपर्छ ।
रवि केसी


गण्डकी– नेपाल भलिबल संघद्वारा गत चैत पहिलो साता काठमाडौंमा आयोजित आठौं ‘एनभिए भलिबल च्याम्पिएनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए । गण्डकी प्रदेश टिमबाट खेलेका रविका लागि सम्भवतः उक्त प्रतियोगिता नै उनको भलिबल करिअरको अन्तिम प्रतियोगिता हुने छ ।

भलिबलका उदीयमान प्रतिभा रवि टिम र देशका लागि उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् । देशभित्रका कैयन प्रतियोगितादेखि गत वर्ष बंगलादेशमा भएको ‘बंगबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका उनी केही दिनअघि रोजगारीका लागि जापान पुगेका हुन् ।

तीन वर्षअघि ‘एनभिए भलिबल च्याम्पिएनसिप’ खेल्दै राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका प्रभावशाली ओपन स्पाइकर रविले भलिबल करिअरलाई बिट मार्दै विदेशिएका हुन् । राष्ट्रिय टिमबाट भलिबल खेल्ने सपना पूरा नभएपछि भविष्य सोचेर नयाँ बाटो तय गरेको उनले सुनाए ।

Hardik health

‘भलिबलमा राम्रै भइरहेको थियो, प्रतियोगिता पनि खेलिरहेको थिएँ,’ २४ वर्षीय रविले भने, ‘राष्ट्रिय टिमबाट खेल्न पाएको भए अझै केही वर्षसम्म भलिबल खेलिन्थ्यो होला, त्यो अवस्था नभएपछि भविष्य सोचेर विदेश जाने निर्णय लिएँ ।’उनले राष्ट्रिय टिममा पर्न सके पुनः भलिबलमा फर्कने सोच बनाएको बताए । ‘केही महिनामा राष्ट्रिय टिमको छनोट हुन्छ, हेरौं खेलाडीको सूची कसरी आउँछ,’ रविले भने । गत वर्ष भलिबलको ‘क्लोज क्याम्प’मा परे पनि उनी राष्ट्रिय टिममा छनोट हुनसकेका थिएनन् । छोटो अवधिमै भलिबलमा चम्मेका रवि फेरि कोर्टमा फर्केलान्÷नफर्केलान् तर खेलप्रेमीले भने उनलाई पछिसम्म सम्झने छन् ।

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका रवि कुनै औपचारिक प्रशिक्षणबिनै भलिबलमा उदाएका प्रतिभा हुन् । चौध–पन्ध्र वर्षको उमेरदेखि गाउँका कुनाकन्दरामा भलिबल खेल्दै, सिक्दै अगाडि बढेका रविले देशको जर्सीमा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्न भ्याए । गाउँठाउँमा लोकप्रिय पनि रहेको र सानैदेखि अरूले खलेको देख्दा भलिबलतिर रुचि जागेको उनले सुनाए ।

दुई वर्षअघि बंगलादेशको राजधानी ढाकामा भएको ‘बंगबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का खेल्न पाउनुलाई उनी करिअरकै महŒवपूर्ण अवसरका रुपमा सम्झन्छन् । त्यो उनले देशका लागि खेलेको एकमात्र प्रतियोगिता हो । अन्य प्रतियोगिताका सिलसिलामा भने रवि मलेसिया र हङकङ पनि पुगेका थिए । ‘राष्ट्रिय टिमबाट देशका लागि खेल्ने ठूलो सपना थियो, तर पूरा हुन सकेन, क्लोज क्याम्पमा परेर पनि छनोटमा परिनँ,’ उनले भने, ‘नेपाल भलिबल संघले नयाँ खेलाडीलाई पनि स्थान दिनुपर्छ ।’

रविले नेपालमा हुने राष्ट्रियस्तरका प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका थिए । अधिकांश खेलमा उनी उत्कृष्ट खेलाडी घोषित हुन्थे । गत वर्ष पोखरामा भएको तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रुपमा उनले २५ हजार रुपैयाँ र ट्रफी हात पारेका थिए । त्यसयताका प्रतियोगितामा पनि उनले सफलता जारी राखे । 

यसै वर्ष वीरगञ्ज स्मृति कप, लामाचौर कप र प्रदेशी हातेमालो सोसाइटीले हङकङमा आयोजना गरेको प्रतियोगितामा पनि उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए । रविले हालै सुर्खेतमा भएको ३४औं राष्ट्रिय भलिबल प्रतियोगिता र पोखरामा आयोजित चौथो टाइगर कपमा गण्डकी प्रदेश टिमबाट खेलेका थिए । उनले गलकोट भलिबल टिमबाट पनि दर्जनौं प्रतियोगिता खेल्दै टिमलाई जित दिलाएका थिए ।

गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसीले हरेक प्रतियोगितामा रविले उत्कृष्ट प्रदर्शन गर्ने गरेको स्मरण गरे । उमेरले जुनियर खेलाडी भए पनि उचाइ र जम्पले केसीलाई साथ दिएको उनको भनाइ छ । ‘विपक्षी खेलाडीभन्दा धेरै माथिबाट रविले शक्तिबाली स्पाइक गर्न सक्छन्, उनको बलियो पक्ष भनेको हाइट र जम्प गर्न सक्ने क्षमता हो,’ केसीले भने । रवि राष्ट्रिय टिममा पर्न योग्य खेलाडी रहेको उनको भनाइ छ ।

छोटो समयमै रविले भलिबलमा आफूलाई प्रमाणित गरेका थिए । व्यावसायिक सुरक्षा र अवसरको सुनिश्चितता भए भलिबलमै समर्पित भएर लाग्ने बताउँदै आएका रविले बाध्यतावश बाटो मोड्नु परेको सुनाए । ‘नेपालको अवस्था पनि यस्तै छ, खेलाडीको भविष्य सुरक्षित छैन, बाध्यता र भविष्य हेरेर मैले बिदेसिनुपरेको हो,’ उनले भने ।

अवसर पाएमा जापानमा पनि भलिबललाई निरन्तरता दिने सोचमा उनी छन् । खेल कौशल सँगसँगै अनुशासनमा पनि उनी अब्बल मानिन्छन् । भलिबलमा चम्किएका रविको बर्हिगमनलाई लिएर खेलप्रेमी भने चिन्तित छन् । उनीहरुले उदाउँदो खेल प्रतिभालाई राज्यले चिन्न नसकेको टिप्पणी गरेका छन् ।

खेल टिप्पणीकार हेमराज हमालले उत्कृष्ट स्पाइकर रविलाई देशमा टिकाउन नसकिएकामा दुःख व्यक्त गरे । ‘रवि नेपालकै लागि लामो समय उत्कृष्ट स्पाइकर बन्न सक्थे, विडम्बना राम्रा खेलाडी प्रतिभाहरुनै विदेश पलायन हुनुपर्ने अवस्था छ,’ उनले भने ।
जिल्ला भलिबल संघ, बागलुङका अध्यक्ष योगेश भण्डारीले रवि नेपाली भलिबलको प्रतिभावान खेलाडी रहेको बताए । भलिबलमा करिअर बनाएका धेरै नेपाली खेलाडीहरु विदेश पलायन भइरहेको उनको भनाइ छ ।

‘विभागीय टिममा पर्न सके खेलाडीलाई राम्रै छ, नत्र केही समय खेलेर बीचमै छोड्नुपर्ने अवस्था छ,’ उनले भने ‘राज्यका निकायले पनि खेलाडी संरक्षणको नीति र योजना ल्याउन सकेका छैनन् ।’ राज्यले मात्रै सबै खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्न नसक्ने हुँदा कर्पोरेट क्षेत्रले पनि लगानी बढाउनुपर्ने अध्यक्ष भण्डारीले बताए । रासस


प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
‘इन्डो–नेपाल मेचीनगर मिडिया कप’ फुटबल प्रतियोगिता पुस २७ गतेदेखि हुने
‘इन्डो–नेपाल मेचीनगर मिडिया कप’ फुटबल प्रतियोगिता पुस २७ गतेदेखि हुने शुक्रबार, पुस ११, २०८२
भलिबलः आर्मी र पुलिस विजयी
भलिबलः आर्मी र पुलिस विजयी शुक्रबार, पुस ११, २०८२
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि बिहीबार, पुस १०, २०८२
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट बुधबार, पुस ९, २०८२
दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी-११ लाई
दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी-११ लाई बुधबार, पुस ९, २०८२
‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र
‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र बुधबार, पुस ९, २०८२
आईसीसी महिला टी-२० विश्वकपकाे खेल तालिका सार्वजनिक,नेपाल समूह ‘बी’मा
आईसीसी महिला टी-२० विश्वकपकाे खेल तालिका सार्वजनिक,नेपाल समूह ‘बी’मा मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP