Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
कृषि
  • Home
  • कृषि
  • सिँचाइ अभावले चैते धानखेती सङ्कटमा
सिँचाइ अभावले चैते धानखेती सङ्कटमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २६, २०८०
Hardik health

बरहथवा - पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ । सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन सङ्कटमा परेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यान्वयन इकाइ सर्लाही र रौतहटका वरिष्ठ बाली विकास अधिकृत रामबलम प्रसाद साहका अनुसार हाल जिल्लाको हरिपुर्वा, ईश्वरपुर, लालबन्दी, गोडैता, कविलासी नगरपालिका चक्रघट्ट गाउँपालिकालगायत क्षेत्रमा मात्र किसानले चैते धानखेती गर्दै आएका छन् । तथ्याङ्कअनुसार जिल्लामा ५० हेक्टर क्षेत्रमा मात्र चैते धानखेती हुने गरेको छ ।

हरिपुर्वा नगरपालिका–२ का विजय झाले सिँचाइको अभावमा यस वर्ष सात कट्ठा खेतमा मात्र चैते धान रोपेको बताए। समयमा मलखाद नपाइनेलगायत समस्या सधैँ टाउको दुखाइको विषय बन्ने गरेको उहाँको भनाइ छ । सात कट्ठामा लगाएको चैते धानमा समेत पम्पसेटबाट पानी दिइने उहाँले बताए। सिँचाइको उपयुक्त प्रबन्ध नभएका कारण यहाँका किसानले महँगोमा पम्पसेटबाट सिँचाइ गरेर खेती गर्दै आएका छन् । हरिपुर्वा–५ का दिनेश यादवले धान भित्र्याउने बेलामा बर्सातले दुःख दिने गरेको सुनाए । “धान खेतका लागि मजदुर धेरै चाहिन्छन्”, उनले भने, “भन्ने बित्तिकै कामदार पाइँदैन । हावा पानीले दुःख उस्तै दिन्छ । मेसिनले धान काट्ने, धार्ने सुविधा भए किसानलाई सहयोग हुने थियो ।” जोखिमले गर्दा किसानले चैते धान लगाउन छाडेको उहाँको भनाइ छ ।

जिल्लामा चैते धानका रुपमा हर्दिनाथ–१ र चैते–५ लगाउने चलन छ । गत माघ १५ गतेदेखि अन्तिमसम्म बीउ राखिने चैते धान फागुन १५ गतेदेखि रोप्न सुरु गरिने बाली विकास अधिकृत साहले बताए। चैते धान चार महिनाभित्रै पाक्ने र उत्पादन समेत बढी हुने भएकाले प्रतिफल छोटो समयमा धेरै लिन सकिन्छ । किसानले चैते धान जेठदेखि भित्र्याउन थाल्छन् । यहाँ चैते धानका लागि मुख्य चुनौती सिँचाइ रहे पनि भित्र्याउने समयमा हुने वर्षा, असार मसान्तमा धानको मुल्य कम हुने समस्या तथा प्रचारप्रसारको समेत कमी हुँदा चैते धानखेती बढ्न नसकेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । खेती बढाउन सके चैते धानबाट किसानले प्रशस्त लाभ लिन सक्ने बाली विकास अधिकृत साहको भनाइ छ ।


प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री सोमबार, पुस ७, २०८२
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP