Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • विश्व स्वास्थ्य दिवस : सरोकारवालालाई सहकार्य गर्न अनुरोध
विश्व स्वास्थ्य दिवस : सरोकारवालालाई सहकार्य गर्न अनुरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २५, २०८०

काठमाडौं -  विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले सरोकारवाला पक्षलाई सहकार्य गर्न अनुरोध गरेको छ । दिवसको अवसरमा विभागले आज विज्ञप्ति जारी गरी सरोकारवालालाई सहकार्यको अनुरोध गरेको हो । 

विभागद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य एक बहुआयामिक विकासको मुद्दा भएको र बहुपक्षीय, बहुक्षेत्रीय सहकार्यबाट मात्र स्वास्थ्यसम्बन्धी नागरिकका अधिकार सुनिश्चित गर्न सकिने जनाएको छ ।“स्वास्थ्य क्षेत्रका सबै सरोकारवाला निकाय, अन्तर्राष्ट्रिय दातृ संस्था, गैरसरकारी सङ्घ, संस्था, निजी क्षेत्रहरु सबैले पहल लिन, पैरवी गर्न र थप सहकार्य जरुरी रहेको छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ । 

हाल विश्वव्यापी रुपमा विभिन्न रोग, महामारीका कारण चुनौती थपिएको  उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “जलवायु परिवर्तन र प्रदूषण जस्ता वातावरणीय समस्याले सफा हावामा श्वासप्रश्वास लिन पाउने अधिकारबाट वञ्चित हुनुपरेको छ भने खाद्य सुरक्षा, खानेपानी, सरसफाइ र समग्र वातावरणमा प्रतिकूल असर परिरहेको छ । घरभित्र र बाहिरको प्रदूषणले प्रत्येक पाँच सेकेन्डमा एक जनाको ज्यान गइरहेको छ ।”

Hardik health

    स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न स्वास्थ्य सेवाको पहुँच पु-याउने, मानसिक स्वास्थ्य तथा आरोग्यको सुदृढीकरण गर्ने विभागले जनाएको छ । विज्ञप्तिमा शिक्षा सूचनाका साथै सफा खानेपानी, स्वच्छ हावा, पोषण, गुणस्तरीय आवास, समताको सम्बोधन तथा विभेदबाट छुटकाराको विषयमा सचेतना तथा पैरवी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।  

संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा प्राप्त हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, स्वास्थ्य उपचारसम्बन्धी सूचना र उपचार सेवामा समान पहुँचको हक प्रत्याभूति गरेको छ । संवैधानिक तथा कानुनी व्यवस्था कार्यान्वयनका लागि सङ्घीय संरचना अनुरुप स्वास्थ्य नीति, ऐन, नियमावली, रणनीति तथा योजना तर्जुमा भई कार्यान्वयन भइरहेको विभागले जनाएको छ । 

स्वास्थ्य सेवाको पहुँचका लागि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको र स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा विस्तार गरिएको विभागको भनाइ छ । सरकारले सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा पालिकास्तरमा आधारभूत अस्पताल स्थापना तथा सञ्चालन गर्ने नीति लिएको विज्ञप्तिमा उल्लेख छ । 

सरकारले निःशुल्क स्वास्थ्य कार्यक्रम, आमा सुरक्षा तथा नवशिशु कार्यक्रम, जोखिममा रहेका गर्भवतीलाई एयर एम्बुलेन्स सेवा, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, विपन्नलाई आठ जटिल प्रकारका रोगको उपचारमा सहुलियत, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र लगायतका कार्यक्रम गरिरहेको छ । नसर्ने रोग नियन्त्रण गर्न ७७ जिल्लामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिरहेको छ ।

विभागले पूर्वाधार विकास, जनशक्ति, चिकित्सकीय उपकरण तथा सामग्री व्यवस्थापन गर्न तीनै तहको सरकारले लगानी गर्नुपर्ने जनाएको छ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने मूल नाराका साथ आज विश्व स्वास्थ्य दिवस विश्वभर मनाइँदै छ ।


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP