Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • हेटौँडामा माछाका भुरा उत्पादन र बिक्री बढ्दै
हेटौँडामा माछाका भुरा उत्पादन र बिक्री बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २३, २०८०

बागमती-  बागमती प्रदेशको राजधानी हेटौँडामा सरकारीस्तरबाट गुणस्तरीय माछाका भुरा उत्पादनले यसको माग बढ्दै गएको छ । साथै यहाँ उत्पादित विभिन्न विकासे जातका माछाका भुराको बिक्रीसमेत बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्रको कार्यालय हेटौँडाको पोखरीमा अत्यन्त सतर्कता तथा सुरक्षाका साथ विभिन्न जातका माछाका भुरा तथा माछा उत्पादित भई किसानलाई बिक्री भइरहेको छ । मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा रौतहट र सर्लाहीलगायत अन्य जिल्लाका किसानले राम्रो नश्लका सो भुरा खरिद गरी लैजाने गरेको त्यहाँका कर्मचारी तथा प्राविधिकले जनाएका छन् ।

कार्यालयबाट प्राप्त विवरणअनुसार चालू आर्थिक वर्षको चैत १५ गतेसम्ममा एक करोड ५० लाख मसिनो ह्याचलिङ भुरा, १० लाख फ्राई भुरा तथा तीन लाख फिङ्लिङ भुरा बिक्री गरिएको तथा उक्त भुराको बिक्रीबापत रु सात लाख राजस्वसमेत सङ्कलन भएको जनाइएको छ । आउँदो तीन महिनामा थप अझै माछाका भुरा बिक्री हुने अनुमान गरिएको छ । यसअघि उक्त कार्यालयबाट गत आर्थिक वर्ष चार करोड ३५ लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गरिएको थियो ।

Hardik health

कार्यालय प्रमुख सरोज यादवका अनुसार विगतमा प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाका भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा व्यवस्थापनमा सुधार आएपछि गत आर्थिक वर्षदेखि माछा र भुराको उत्पादनमा वृद्धि भएको बताइएको छ । त्यसका लागि कार्यालयमा भएका पोखरीको मर्मत तथा सुधार गरिएको छ । प्रमुख यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निर्माणको कामलाई निरन्तरता दिइएको बताउनुभयो । सो कार्यालयको हातामा रहेको माछा फार्मबाट विभिन्न सात जातका विकासे माछाको मात्र प्रजनन तथा भुरा बिक्री गदै आएको सो कार्यालयले हाल दुई जातका स्थानीय तथा लोपोन्मुख सहर तथा गर्दी जातको रङ्गीन कोइकार्प माछा प्रजनन तथा बिक्रीवितरणका क्रममा रहेको छ ।

कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने सरकारीस्तरबाट सिफारिस गरिएका विभिन्न स्वदेशी माछा रहु, नैनी, माकुर तथा विदेशी माछा कमनकार्प, सिल्भरकार्प, बिगहेडकार्प, ग्रप्सकार्प गरी जम्मा सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्रीवितरण गरिएको छ । गत आर्थिक वर्षमा सो कार्यालयले रु ३१ लाखभन्दा बढी रकमका माछा र भूरा वितरण गरेको छ ।

एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन प्रणालीको सुरुआत गरिएको छ भने भौतिक संरचना सुधारका साथै आठ जीर्ण अवस्थामा रहेका पोखरीको मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी बलराम अधिकरीले बताउनुभयो । मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाको नमुना तथा लिभफिस म्युजियमको स्थापना तथा सञ्चालनको प्रक्रिया अगाडि बढाएको कार्यालय प्रमुख यादवले बताउनुभयो । आर्थिक वर्ष २०७५÷७६ देखि राप्ती नदी, श्यार्फुताल, वाग्मती नदी, सामरी नदी, बकैया नदी, अरुण नदी, कोशी नदी कर्णाली नदी र बेगनाश ताललगायतका नदी तथा तालमा माछाको विविधता जाँच तथा अभिलेख राखिएको छ ।

त्यसबाट ४५ प्रजातिका माछा नमुना सङ्कलन गरिनुका साथै पानीको गुणस्तरसमेत जाँच गरिएको कार्यालयले जनाएको छ । ग्रासकार्प माछाको आहारका रुपमा पोखरीको डिलमा उन्नत तथा पोसिलो जातका घाँस नेपियर वर्षीम, केरा, सुडान र जै घाँस आदिको तुलनात्मक अध्ययन भइरहको छ ।

जलीय विविधता एवं प्रवद्र्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको सामाजिक स्तरोन्नति र जीविकोपार्जनसँग सम्बन्धित विभिन्न किसिमका कार्यक्रम जस्तै खोलानालामा स्थानीय जातका भुरा छाड्ने जनचेतनामूलक होर्डिङ बोर्ड, गोष्ठीसभालगायका कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ । काठमाडौँ तथा स्थानीय हेटौँडा बजारका लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उदेश्यले २०२४ सालमा स्थापित सो कार्यालयको समयसापेक्ष काम र नाममा परिवर्तन हुँदै आएको छ । सो कार्यालयअन्तर्गत ४७ दशमलव शून्य नौ हेक्टर क्षेत्रफलमा माछा पोखरी छन् । 


प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन बुधबार, फागुन २७, २०८२
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी संघ
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी संघ बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP