Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रेशम–रञ्जिताको ‘घरझगडा’ले तनावमा मुख्यमन्त्री शाह
रेशम–रञ्जिताको ‘घरझगडा’ले तनावमा मुख्यमन्त्री शाह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २१, २०८०

 

  • प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक विश्वासको मत लिनुपूर्व रेशम चौधरी र रञ्जिता श्रेष्ठबीच विवाद चुलिएको थियो, ठीक यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले मत लिन लाग्दा दुईबीचको तीक्तता सतहमा
  • रेशम पक्षले २३ र २४ गते बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको भन्दै रञ्जिताको विज्ञप्ति 
  • आफूहरुले मुख्यमन्त्री पाए कांग्रेससँगको गठबन्धन छाडिदिने रेशमको भनाइ


काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि बिहीबार विश्वासको मत माग्ने कार्यतालिका रहेको छ । तर नागरिक उन्मुक्ति पार्टीमा पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ (नाताले श्रीमान् श्रीमती) बीचको कलहले शाह तनावमा परेका छन् । यसअघि तनावकै बीचमा शाहले उन्मुक्तिका सातमध्ये पाँच सांसदलाई मन्त्री बनाइदिएका थिए ।

तर दुई सांसद रञ्जितातिर लाग्दा शाहको पद जोगिन मुस्किल हुने देखिएको छ । यहीबीचमा संघीय सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरिसकेको छ । यद्यपि, यो गठबन्धनसँग नागरिक उन्मुक्तिले मुख्यमन्त्री पाउनुपर्ने भन्दै ‘बार्गेनिङ’ छाडेको छैन ।

यसै विषयमा नागरिक उन्मुक्तिका नेता रेशम चौधरीले मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका छन् । आफूलाई प्रधानमन्त्रीले फोन गरेकाले बालुवाटार पुगेर भेट गरेको चौधरीले बताए । ‘प्रधानमन्त्रीले फोन गरेर छलफल गरौं भन्नुभएकोले म भेट्न गएको हो,’ चौधरीले प्रधानमन्त्रीसँगको भेटपछि भने ।

Hardik health

योसँगै सुदूरपश्चिमको मुख्यमन्त्री शाह नै कायम रहन्छन् या अरू कोही बन्लान् ? नागरिक उन्मुक्तिको विवादले अन्योलमा परेको छ । नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ संघीय गठबन्धनअनुसार नै प्रदेशमा पनि माओवादी र एमालेसँग गठबन्धन गरेर अघि बढ्नुपर्ने अडानमा छिन् । यता रेशम भने कांग्रेससँगै मिलेर सुदूरपश्चिम सरकार अघि बढाउन चाहन्छन् ।

Kamal-bahadur-shah-mukhyama-1712120595.jpg
 

यस्तो छ अंकगणित
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार जोगाउन मुख्यमन्त्री शाहलाई २७ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा अहिले कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, उन्मुक्तिको सात, एकीकृत समाजवादीको चार, राप्रपा र स्वतन्त्रको एक÷एक गरी ५२ सांसद छन् । कांग्रेसका एक सांसदको मृत्यु भएकाले एउटा सिट रिक्त रहेको छ ।

अहिले शाह नेतृत्वको सरकारसँग कांग्रेसका १८ र नागरिक उन्मुक्तिका पाँच जना गरी जम्मा २३ सांसद छन् । विश्वासको मत पाउन मुख्यमन्त्रीलाई थप चार सांसद आवश्यक पर्छ । नागरिक उन्मुक्तिका सबै सांसदको साथ पाए राप्रपा र स्वतन्त्र गरी २७ सांसद पु¥याउने कांग्रेसको दाउ छ । 

यता गठबन्धनसँग एमालेका १०, माओवादीका सभामुखबाहेक १० र एकीकृत समाजवादीका चार गरी २४ सांसद रहेका छन् । उन्मुक्तिले साथ नदिए स्वतन्त्र र राप्रपा आउँदा पनि गठबन्धनलाई बहुमत पुग्दैन । यसो गर्दा सुदूरपश्चिममा उन्मुक्ति सत्ताका लागि निर्णायक बन्ने देखिएको छ ।

रेशम–रञ्जिताको कलह
सुदूरपश्चिममा मुख्यमन्त्री शाहले विश्वासको मत लिनुपूर्व नागरिक उन्मुक्तिका दुई शीर्ष नेता रेशम र रञ्जिताबीचको कलह थप चर्किएको छ । यसअघि प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा पनि दुई नेताबीच यस्तै तीक्तता देखिएको थियो । यद्यपि प्रधानमन्त्री दाहाललाई उन्मुक्तिका सबै सांसदले पक्षमा मत दिए । यतिमात्र हैन विश्वासको मत सफल भएपछि जापान उडेका रेशमलाई रञ्जिताले ‘शुभयात्रा राजा’ भन्दै फेसबुकमा पोस्ट गरेकी थिइन् भने जापानबाट फर्कंदा पनि ‘वेलकम ब्याक राजा’ भन्दै विमानस्थलमा अँगालो हालेको फोटो सेयर गरेकी थिइन् ।

यद्यपि, सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिनुपूर्व पनि फेरि उन्मुक्तिमा विवाद चर्किएको छ । सोमबार पार्टीको केन्द्रीय बैठकमा नेताहरुमाथि कुटपिट नै भयो । पार्टी अध्यक्ष श्रेष्ठले कुटपिटमा संलग्न दुई प्रदेश अध्यक्षलाई कारबाहीसमेत गरेकी छन् । 

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी
नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले गण्डकी अध्यक्ष राजन गुरुङ र बागमती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी छन् । पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार जारी पत्रमा उल्लेख छ ।

यसैबीचमा रेशम पक्षले शुक्रबार र शनिबारका लागि डाकेको बैठक आधिकारिक नभएको रञ्जिता पक्षले जनाएको छ । रेशम पक्षले अनामनगरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा दुई दिने बैठकमा अनिवार्य उपस्थित हुन भन्दै महासचिव गंगाराम चौधरीले विज्ञप्ति जारी गरेका थिए । यही विषयमा खण्डन गर्दै रञ्जिताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा मिति २०८० चैत २३ र २४ गते केन्द्रीय सदस्य तथा पदाधिकारीज्यूहरुको बैठक भनी बोलाइएको बैठक नागरिक उन्मुक्ति पार्टीको आधिकारिक नभएको व्यहोरा अनुरोध गर्दछु ।’

रेशम–रञ्जिताको विवाद अनौठो मान्नुपर्ने विषय नभएको उक्त दलका रञ्जितानिकट नेताहरु बताउँछन् । ‘यो पार्टीलाई चर्चामा ल्याउने कुनै अस्त्र हुनसक्छ । पार्टीभित्र खासै असन्तुष्टि छैन,’ सुदूरपश्चिमका प्रदेशसचिव श्याम बमले भने । सुदूरपश्चिम सरकारको नेतृत्वका लागि रेशम–रञ्जिताको तयारी हुनसक्ने बमको अनुमान छ ।

उनले भनेझैं प्रधानमन्त्रीसँग भेटेपछि रेशमले मुख्यमन्त्री पाए आफूहरु माओवादी–एमालेसहितको गठबन्धनमा जान सकिने बताए । ‘कांग्रेसले दिएको जति मन्त्रालय छ । यसमा मुख्यमन्त्री दिनुस् हामी गइदिन्छम्,’ चौधरीले भने । उन्मुक्तिबाट मुख्यमन्त्रीको दाबेदार को ? यसबारे भने रेशमले खुलाएनन् । एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीको उम्मेदवारका रुपमा कसैलाई अघि सारेको छैन । 


प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन मंगलबार, कात्तिक ११, २०८२
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु मंगलबार, कात्तिक ११, २०८२
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा मंगलबार, कात्तिक ११, २०८२
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै मंगलबार, कात्तिक ११, २०८२
एमाले सचिवालय बैठक शनिबार बस्ने
एमाले सचिवालय बैठक शनिबार बस्ने मंगलबार, कात्तिक ११, २०८२
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी मंगलबार, कात्तिक ११, २०८२
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP