Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • लागत घटाउन किसानलाई कृषि औजार वितरण
लागत घटाउन किसानलाई कृषि औजार वितरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २०, २०८०

म्याग्दी -  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले किसानलाई मागमा आधारित कृषि औजार तथा उपकरण वितरण गर्न थालेको हो । 

गाउँपालिकाले आठ किसानलाई मिनिटेलर हलो, एक जनालाई कोदो चुट्ने मिल, चार जनालाई पिस्ने मिल गरी १३ जनालाई कृषि उपकरण वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक हेमन्तबहादुर शाहीले जानकारी दिए । कृषि पेसालाई आधुनिकीरण गरी उत्पादन बढाउन रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत उपकरण सहयोग गरिएको उनले बताए । 

गाउँपालिकाको केन्द्र पोखरेबगरमा एक कार्यक्रमबीच गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतले किसानलाई औजार र उपकरण वितरण गरेका हुन्  । कृषिलाई आधुनिकीकरण गर्दै किसानको लागत घटाउन कृषि उपकरण वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पुनले बताए । 

Hardik health

गाउँपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानसँगको लागत सझेदारीमा रु छ लाख ३५ हजार बराबरका उपकरण हस्तान्तरण गरेको जनाएको छ । गाउँपालिकाले यसअघि ७५ प्रतिशत लागत साझेदारीमा गाउँपालिकाको रु चार लाख ५० हजार र साझेदारीमा किसानबाट रु एक लाख गरी कूल रु पाँच लाख ५० हजारको बजेटबाट मागअनुरुप कृषि यान्त्रीकरण सामग्री वितरण गरेको थियो । 

उक्त कार्यक्रममा पाँच मिनिटेलर, पाँच फलफूलको हाँगा काँटछाँट गर्ने सिकेचर, पाँच आरी, नौ भर्‍याङ र दुई तौल मेसिन वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । कृषि उपकरणले उत्पादन लागत घटेर उत्पादकत्व बढ्ने तथा स्थानीय रैथाने बाली उत्पादन र संरक्षण गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन योगदान पुग्ने उनले बताए ।

चालू आर्थिक वर्षमा पालिकाले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि करिब रु डेढ करोड बराबरको बजेट विनियोजन गरेको जनाएको छ । परम्परागत रुपमा गोरुले खेतबारी जोत्नुपर्दा झन्झट हुने र लागत बढी लाग्ने गरेको सन्दर्भमा कृषि औजार उपकरणले राहत मिलेको अन्नपूर्ण–८ काफलडाँडाका सुकबहादुर चोचाङ्गीले बताए । 

“गाउँमा गोरु पाल्ने चलन हराएर जान थालेको छ, गोरुले खेतबारी जोत्दा खर्च पनि बढी लाग्ने, मिनिटेलरले छोटो अवधिमै धेरै जोत्न सकिन्छ, काम गर्ने मान्छे पाउन मुस्किल पर्ने गरेको समयमा यसले किसानलाई राहत दिने आशा गरेका छौँ”, उनले भने । पछिल्लो समय जिल्लामा कृषि पेसामा आधुनिकीकरण बढेको छ । कृषि औजार र उपकरणका कारण खेतीमा लागत घटेर किसानलाई लाभ हुन थालेको छ । कृषिमा मेसिन उपकरणको प्रयोग बढ्न थालेपछि स्थानीय तहले कृषिजन्य मेसिन उपकरणको मर्मतसम्भार तालिम सञ्चालन गर्न थालेका छन् । 

-रासस


प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री सोमबार, पुस ७, २०८२
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP