Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #सपनाको_चंगा
Search Here
समाचार
  • Home
  • समाचार
  • लागत घटाउन किसानलाई कृषि औजार वितरण
लागत घटाउन किसानलाई कृषि औजार वितरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २०, २०८०

म्याग्दी -  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले किसानलाई मागमा आधारित कृषि औजार तथा उपकरण वितरण गर्न थालेको हो । 

गाउँपालिकाले आठ किसानलाई मिनिटेलर हलो, एक जनालाई कोदो चुट्ने मिल, चार जनालाई पिस्ने मिल गरी १३ जनालाई कृषि उपकरण वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक हेमन्तबहादुर शाहीले जानकारी दिए । कृषि पेसालाई आधुनिकीरण गरी उत्पादन बढाउन रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत उपकरण सहयोग गरिएको उनले बताए । 

गाउँपालिकाको केन्द्र पोखरेबगरमा एक कार्यक्रमबीच गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतले किसानलाई औजार र उपकरण वितरण गरेका हुन्  । कृषिलाई आधुनिकीकरण गर्दै किसानको लागत घटाउन कृषि उपकरण वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पुनले बताए । 

Hardik health

गाउँपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानसँगको लागत सझेदारीमा रु छ लाख ३५ हजार बराबरका उपकरण हस्तान्तरण गरेको जनाएको छ । गाउँपालिकाले यसअघि ७५ प्रतिशत लागत साझेदारीमा गाउँपालिकाको रु चार लाख ५० हजार र साझेदारीमा किसानबाट रु एक लाख गरी कूल रु पाँच लाख ५० हजारको बजेटबाट मागअनुरुप कृषि यान्त्रीकरण सामग्री वितरण गरेको थियो । 

उक्त कार्यक्रममा पाँच मिनिटेलर, पाँच फलफूलको हाँगा काँटछाँट गर्ने सिकेचर, पाँच आरी, नौ भर्‍याङ र दुई तौल मेसिन वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । कृषि उपकरणले उत्पादन लागत घटेर उत्पादकत्व बढ्ने तथा स्थानीय रैथाने बाली उत्पादन र संरक्षण गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन योगदान पुग्ने उनले बताए ।

चालू आर्थिक वर्षमा पालिकाले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि करिब रु डेढ करोड बराबरको बजेट विनियोजन गरेको जनाएको छ । परम्परागत रुपमा गोरुले खेतबारी जोत्नुपर्दा झन्झट हुने र लागत बढी लाग्ने गरेको सन्दर्भमा कृषि औजार उपकरणले राहत मिलेको अन्नपूर्ण–८ काफलडाँडाका सुकबहादुर चोचाङ्गीले बताए । 

“गाउँमा गोरु पाल्ने चलन हराएर जान थालेको छ, गोरुले खेतबारी जोत्दा खर्च पनि बढी लाग्ने, मिनिटेलरले छोटो अवधिमै धेरै जोत्न सकिन्छ, काम गर्ने मान्छे पाउन मुस्किल पर्ने गरेको समयमा यसले किसानलाई राहत दिने आशा गरेका छौँ”, उनले भने । पछिल्लो समय जिल्लामा कृषि पेसामा आधुनिकीकरण बढेको छ । कृषि औजार र उपकरणका कारण खेतीमा लागत घटेर किसानलाई लाभ हुन थालेको छ । कृषिमा मेसिन उपकरणको प्रयोग बढ्न थालेपछि स्थानीय तहले कृषिजन्य मेसिन उपकरणको मर्मतसम्भार तालिम सञ्चालन गर्न थालेका छन् । 

-रासस


प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP