Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • मुङखेती विस्तार गर्न बीउमा अनुदान
मुङखेती विस्तार गर्न बीउमा अनुदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १८, २०८०

गोदावरी -  धनगढी उपमहानगरपालिकाले मुङखेती विस्तार गर्न किसानलाई बीउमा अनुदान दिएको छ । मुङको बीउमा अनुदान दिएर उत्पादन बढाउने उद्देश्यले किसानलाई मुङको बीउमा अनुदान दिइएको हो ।

गत वर्ष बीउमा शतप्रतिशत अनुदान दिएको उपमहानगरले यस वर्ष ७५ प्रतिशत अनुदान दिएको कृषि शाखाले जनाएको छ । मुङखेतीमा किसानको आकर्षण बढाउन यस वर्ष ५७ किसानलाई मुङबीउमा अनुदान दिइएको उपमहानगरले जनाएको छ । 

आलु, तोरी र अन्य हिउँदे बाली लगाएको खेतमा मुङखेती गरेर छोटो समयावधिमा लाभ लिन सकिनेछ । धनगढी उपमहानगरपालिकाले मुङखेती प्रवर्द्धन गर्ने नीतिअनुसार यस वर्ष पाँच वडाका किसानलाई मुङखेती गर्न बीउमा अनुदान उपलब्ध गराएको हो ।

Hardik health

उपमहानगरले गत वर्ष कृषि विकास निर्देशनालयबाट प्राप्त बीउ वडा नं ६, ९, १२, १७ र १८ का एक सय ९१ किसानलाई निःशुल्क उपलब्ध गराएको हो । गत वर्ष धनगढीमा किसानले ७५ बिघामा मुङखेती गरेको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताउनुभयो ।

गत वर्ष धनगढीका एक सय ९१ किसानले ७५ बिघामा मुङखेती गर्दा २० टन उत्पादन भएको उहाँको भनाइ छ । गत वर्ष निःशुल्क बीउ वितरण गरेको उपमहानगरले यस वर्ष ७५ प्रतिशत अनुदानका लागि पाँच सय ५० किलोग्राम बीउमात्रै किसानलाई बीउ वितरण गरिएको जनाइएको छ ।

उपमहानगरपालिकाभित्र यस वर्ष ३० बिघामा मुङखेती गरिएको छ । मुङखेतीमा राम्रो आम्दानी हुने भए पनि खेती गर्दा हरेक तीन–चार दिनको अन्तरमा कोसा टिप्नुपर्ने, समयसमयमा सिँचाइ गर्नुपर्ने भएकाले झन्झटिलो मानेर किसानले रुचि नदेखाएको कृषि शाखा प्रमुख उपाध्यायले बताए । गहुँ काटेपछि खाली रहेको जमिनमा मुङखेती गरेर किसानले लाभ लिने उपाध्यायले जनाए ।

धनगढीका सबै वडामा मुङखेती गर्न सकिने भए पनि हरेक तीन–चार दिनमा कोसा टिप्नुपर्ने, सिँचाइ गर्नुपर्ने भएकाले झन्झटिलो मानेर किसान मुङखेतीतर्फ आकर्षण बढ्न नसकेको जनाइएको छ । गत वर्ष किसानले उत्पादन गरेको मुङ रु एक सय २० किलोग्रामका दरले बिक्री गरेको उपमहानगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप कृषि
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन बुधबार, फागुन २७, २०८२
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी संघ
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी संघ बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP