Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
समाचार
  • Home
  • समाचार
  • घोडा दौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई
घोडा दौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १२, २०८०

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडा दौड प्रतियोगिताको उपाधि कास्कीको समरुङका दीपेन्द्र गुरुङले जितेका छन् । अन्नपूर्ण गाउँपालिका–६ खिवाङदेखि घोडेपानीसम्मको ६ दशमलव पाँच किलोमिटर दूरी उनले २८ मिनेट ४१ सेकेण्डमा पुरा गरे । 

यस्तै २८ मिनेट ४६ सेकेण्डमा दूरी पार गरेका घान्द्रुकका कृष्ण मगर दोस्रो र कास्कीको घान्द्रुककै दीपेन्द्र श्रीपालीले २९ मिनेट ५० सेकेण्डमा निर्धारित दूरी पार गरेर तेस्रो भए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५५ हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरियो । घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको सो प्रतियोगितामा शिख, घोडेपानी, घान्द्रुक, समरुङ, उल्लेरी, फलातेलगायत ठाउँका २५ जना सहभागी भएका थिए । 

घोडा दौडका लागि खिवाङदेखि कुटुका–ठुलाखर्क– पेरिभारानी ताल– भलखरा –लरेनी, कालिसार हुँदै घोडेपानी जोड्ने परम्परागत मार्ग प्रयोग गरिएको प्रतियोगिताका संयोजक वीरेन गर्बुजा पुनले बताए । पर्यटन प्रवद्र्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए । 

Hardik health

    “घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ”, घोडेपानीका घोडा व्यवसायी याम पुनले भने, “सौखिन पर्यटक घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिँड्न नसक्ने पर्यटक घोडा चढेर गन्तब्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ । ” 

घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । फागु पूर्णिमा पर्वको अवसरमा आयोजित घोडा दौड प्रतियोगिताले अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए । घोडा दौड अवलोकनका लागि उल्लेख्य सङ्ख्यामा  पर्यटकको उपस्थिति थियो ।  

पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जङ्गलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटक आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ । घोडेपानी र घोडाको ऐतिहासिक सम्बन्ध छ । परापूर्वकालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँ नागरिकलाई भारतीय बजार जाने आउने माध्यम घोडा नै थिए । 
 


प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १०:४६
#घोडा_दौड
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता अपनाइदै
सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता अपनाइदै बुधबार, भदौ १८, २०८२
मुस्ताङकाे एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मी  
मुस्ताङकाे एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मी   बुधबार, भदौ १८, २०८२
रास्वपा र राप्रपाले गरे  प्रतिनिधिसभाको बैठक बहिस्कार
रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभाको बैठक बहिस्कार बुधबार, भदौ १८, २०८२
बिरानो बन्यो मेची पारिको नेपाल
बिरानो बन्यो मेची पारिको नेपाल बुधबार, भदौ १८, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, भदौ १८, २०८२
जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल
जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल बुधबार, भदौ १८, २०८२
‘मिटरब्याजी’ श्रेष्ठको घरबाट सवा चार करोड र साढे नौ किलो सुन बरामद
‘मिटरब्याजी’ श्रेष्ठको घरबाट सवा चार करोड र साढे नौ किलो सुन बरामद बुधबार, भदौ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP