Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • सडकमा माछा फालेर किसानले गरे विरोध
सडकमा माछा फालेर किसानले गरे विरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ९, २०८०

बरहथवा - चर्को विद्युत् महसुल असुलेको भन्दै सर्लाहीका माछा किसान आन्दोलित भएका छन् । आन्दोलित किसानले आज पूर्वपश्चिम राजमार्गस्थित फुलजोर चोकमा सडकमै माछा फालेर विरोध गरेका हुन् । 

गाउँगाउँबाट जम्मा भएका किसानले करिब पाँच क्विन्टल माछा सडकमा फालेका थिए । माछाखेती गर्ने किसानलाई विद्युत् प्राधिकरणले औद्योगिक मिटरअनुसार शुल्क असुलेर ढाड सेकेको किसानको आरोप छ ।

विद्युत् प्राधिकरणले सुरुमा कृषि मिटर भनेर जोडिदिएको भए पनि अहिले चर्को शुल्क लिने गरेको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका माछा किसान लक्ष्मीप्रसाद लामिछानेले बताए । किसानलाई माछापालन गर्न नसक्ने गरी प्राधिकरणले विद्युत् महसुल असुलेको उनलेभनाइ छ । “किसान यसै पनि सङ्कटमा छन्”, उनले भने , “त्यसमाथि चर्को विद्युत् शुल्क किसानले कहाँबाट तिर्ने ?”

Hardik health

आफूहरुले पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको भन्दै सरकारले किसानमा विभेद गरेको रामनारायण सहनीले बताए । धान, मकैखेती गर्ने किसानलाई कृषि मिटर दिने प्राधिकरणले माछापालन बढोस् भन्ने नचाहेको आन्दोलित किसानको गुनासो छ । सरकारले एकातिरबाट पोखरी खन्न अनुदान दिएर उस्काउने र अर्कोतर्फबाट विभिन्न शुल्क असुल्ने गरेको सहनीको भनाइ छ ।

जिल्लाको ईश्वरपुर तथा हरिपुर्वा नगरपालिका, चन्द्रनगर र पर्सा गाउँपालिकालगायत ठाउँमा ठूलोमात्रामा माछापालन हुँदै आएको छ । यसरी माछापालनबाट आत्मनिर्भर हुन खोजेका किसानलाई पलायन गर्नेगरी विद्युत् महसुल लिने तथा जरिवानाका नाममा मर्कामा पर्ने गरेको माछा किसान राजु मण्डलले बताए । उनका अनुसार जिल्लामा उत्पादन भएको माछा देशका ठूला व्यापारिक केन्द्रसम्म पुग्ने गरेको छ । 

माछा किसानमाथि विद्युत् महसुलका कारण भएको अन्याएकाविरुद्ध आफूहरु सशक्त ढङ्गले लाग्ने ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले बताए । नगरले कृषि मिटरमा किसानका लागि राहत दिने तयारी गरिरहँदा प्राधिकरणले चर्को शुल्क असुलेको उनको आरोप छ । सरकारले किसानका पक्षमा तत्काल निर्णय गर्नुपर्नेमा उनलेजोड दिए ।

खुला सीमाका कारण भारतीय माछा नेपाली हाट बजारमा छ्यापछ्याप्ती हुने गरेका छन् । यसबाट नेपालका माछा किसान सधैँ मर्कामा पर्ने गरेका नगरपालिकाका पूर्वप्रमुख मनोजकुमार देवकोटाले बताए । माछा किसानलाई अनुदानलगायतको व्यवस्था र विद्युत्मा सहुलिएत दिएर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।  


प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री सोमबार, पुस ७, २०८२
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP