Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • राना समुदायको पृथक होली
राना समुदायको पृथक होली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ८, २०८०

दोधारा चाँदनी - अन्य समुदायले भन्दा राना समुदायले होलीपर्व पृथक तरिकाले मनाउने गरेका छन् । झण्डै ३८ दिनसम्म मनाइने राना समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ । रानाथारू समुदायमा दुई चरणमा होलीपर्व मनाइने गरिन्छ । पहिलो चरणअन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ ।

त्यसपछिका आठ दिनको समय मृत्त होली मनाउने प्रचलन रहेको रानासमुदायका अगुवा बताउँछन् । “मृत्त होली अन्य समुदायको होली सकिएपछि सुरु हुन्छ”, भीमदत्त नगरपालिका–१९ का साहेव रानाले भने, “माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म जिउँदो होली मनाउँछौँ”, उनले फागू पूर्णिमापछि रानाथारू समुदायमा बल्ल रौनक छाउने बताउनुभयो ।

“गाउँभरिका महिला पुरुष, वृद्धदेखि बालकसम्म सबैजना होलीमा रमाउँछन्”, रानाले भने, “होली खेलेकै घरमा खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने चलन छ ।” राना समुदायका जानकारका अनुसार हिरण्यकश्यपले विष्णु भगवान्का भक्त आफ्नो छोरा प्रह्लादलाई अग्निमा नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकासँग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए ।

प्रह्लादले पनि आफ्नो बुवाको कुरा नकाटी फूपू होलिकाको काखमा बसे । जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर खरानी भइन् भने प्रह्लादलाई अग्निले केही गर्न सकेन भन्ने किंवदन्ती छ । त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भएको भनेर होलीपर्व राना समुदायले मनाउँछन् । 

Hardik health

होलीको सुरुको दिन होलीको प्रतीक स्थापना गर्ने दिन हो । “माघ महिनाको पूर्णिमाको दिन दाजुभाइ गुइँठा, काठदाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन्”, भीमदत्त–१९ का मालती रानाले भने, “गाउँको चाकर अर्थात् चौकीदारले घर–घरबाट ल्याएको पूजा सामग्रीसहित होलीको प्रतीक पुत्ला स्थापना गर्छन् ।”

उहाँका अनुसार यसरी होली राख्ने परमपरागत चलनलाई राना समुदायमा ‘होरी धरन’ भनिन्छ । यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास रहेको उनले बताउनुभयो । यसरी होलीको प्रतीक स्थापना गर्ने क्रममा र गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने तथा परम्परागत परिहनमा गीत गाउँदै नाच्ने प्रचलन रहिआएको छ ।

फागु पूर्णिमाको दिन बिहान सबै सरसफाइ गरी मीठा–मीठा खानेकुरा पकाइ खाने परम्परा रहेको राना बताउँछन् । सोही दिन अपराह्न करिब तीन–चार बजे गाउँका सबै दाजुभाइ दिदीबहिनी आ–आफ्नै परम्परागत पहिरनमा सजिएर होलीको पुत्ला दहन गरिएको ठाउँमा गई चामल, गहुँ वा जौँ चढाउँदै जलेको गुइँठालगायत अन्य काठ दाउराको खरानीको टीका लगाउने चलन रहेको स्थानीय मधोवर राना बताउनुहुन्छ ।

“यो दिन वर्षभरिका दुःखकष्टलाई बिर्सने, छिमेकमा हुने आपसी मतभेद, लडाइँ, झगडा एवं हरेक प्रकारका बेमेल त्यागेर ‘राम राम’ भन्दै भेटघाट गर्ने दिन हो”, रानाले भने, “होलीको टीका लगाउनुपूर्व आगो निभाउन र त्यसपछि टीका लगाउनका लागि खेलिने होलीमा गाइने गीतको छुट्टा–छुट्टै भाका हुन्छ ।”

होलीकै अवसर पारी सामाजिक सद्भाव एवं आपसी सम्बन्ध बलियो बनाउन पालैपालो छर–छिमेकमा समेत निम्ता गरी भोज खुवाउने परम्परा चलिआएको उनकाे भनाइ छ । “कहीँ कहीँ राना सामूहिकरूपमा घरघरमा गई गीत गाउँदै होरी नाच गरी दक्षिणा (फगोहा) माग्ने चलन पनि छ”, उनले भने, “होलीको गीतमार्फत मथुराबाट होली मगाउने प्रचलन रहेको छ, परम्परागतरुपमा मनाइँदै आएको होली एक महिना आठ दिनसम्म खेलिन्छ ।”

परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ । जुन घरमा खेल्यो त्यही घरमा खाना खाने र रातभर होली खेल्ने प्रचलन छ । पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत्त होली मनाउने चलन छ । होली दहन गरेको ठाउँमा चामल चढाएर सु–स्वास्थ्य र लामो आयुका लागि आशीर्वाद माग्ने चलन रहेको स्थानीय बताउँछन् । महिलाहरूले घगरिया, अङिया, फतुइ (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने प्रचलन रहे पनि पछिल्लो समय डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।  -रासस


प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २०:२५
#राना_समुदाय #हाेली
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP