Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #ज्योति_विकास_बैंक
  • #स्याकार_कम्पनी
  • #होण्डा
Search Here
समाचार
  • Home
  • समाचार
  • गण्डकीको पर्यटनमा नयाँ आयाम, नवलपुरमा चरा अवलोकन पदमार्ग
विश्व भँगेरा दिवस गण्डकीको पर्यटनमा नयाँ आयाम, नवलपुरमा चरा अवलोकन पदमार्ग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ७, २०८०

गण्डकी- बढ्दो प्राकृतिक विनाशले चराचुरुङ्गीका आश्रयस्थल सङ्कटमा परिरहेको अवस्थामा पोखरा पंछी समाज भने चराहरूको संरक्षण गर्दै त्यसलाई पर्यटनसँग जोड्ने अभियानमा जुटेको छ । संकटापन्न अवस्थामा परेका गिद्धलगायतका पंक्षीहरूको संरक्षणमा निरन्तर जुटिरहेको समाज पोखरासहित समग्र गण्डकी प्रदेशमा चरा पर्यटनको विकासमा पनि उत्तिकै सक्रिय छ । 

चरा संरक्षण अभियान अन्तर्गत नेपाल चरा उत्सव (वर्ड फेयर) सञ्चालन गरिहेको समाजले गत माघ २६ देखि २८ गतेसम्म नवलपुरको कावासोती नगरपालिका वडा नं १३ मा दोस्रो नेपाल चरा उत्सव सम्पन्न गरिसकेको छ । चरा उत्सवकै अवसरमा नयाँ चरा अवलोकन पदमार्गको प्याकेज निर्माण गरेको बताउँदै समाजका अध्यक्ष मनशान्त घिमिरेले भने, “वर्ड वाचिङ ट्रेल निर्माणको यो पहल वर्ड इको-टुरिजमलाई प्रवर्द्धन गर्न र नवलपुर क्षेत्रमा वातावरणीय चेतना बढाउन कोसेढुङ्गाका रूपमा स्थापित हुने विश्वास लिएका छौँ ।”

नवलपुरको रमणीय क्षेत्रमा नयाँ चरा अवलोकन पदमार्ग प्याकेज तयार गरिनुले दिगो पर्यटनका लागि महत्वपूर्ण भएको उहाँको भनाइ छ । प्राकृतिक सम्पदाको संरक्षण गर्दै आर्थिकरुपमा पनि फाइदा लिने गरी पर्यावरणीय पर्यटनमा जोड दिनुपर्ने उनले बताए  । 

नवलपुरमा चरा अवलोकन पदमार्ग
नारायणी नदीमा पैदलयात्रासहित डुङ्गा र जीपको सहायतामा पुगिने तीन ओटा पदमार्गमध्ये पहिलो पदमार्गले पिठौली–घाटदेखि नमुना सामुदायिक बनको बीच भाग समेटेको छ । त्यस्तै दोस्रो पदमार्गले जमुनाघाटदेखि अमल्टारी घाटसम्मको दूरी समेटेको छ भने तेस्रोले रत्नापुरादेखि भुताहा पोस्टसम्मको दूरी समेटेको छ । यी पदमार्गमा  १४ भन्दा धेरै थरीका हाँस र १० प्रजातिका जलपंछीहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

Hardik health

त्यस्तै देवचुली पदमार्गका लागि कावासोतीबाट जिप यात्रामार्फत करिब डेढ घण्टामा पोखरी र त्यहाँबाट तीन घण्टा पैदल गरी यात्रा गर्न सकिन्छ । देवचुलीको चुचुरो पुगेर फर्किएपछि थोरै तल रहेको घरवास(होमस्टे)मा रात बिताउन पनि मिल्छ । यस पदमार्गका मुख्य आकर्षणमा नेपालमा मात्रै पाइने काँडेभ्याकुर, विभिन्न प्रजातिका चाँचर, कालिज, घेघरी घाँसेफिस्टो, नहिकुटी गौँथलीआदी रहेको समाजका अध्यक्ष घिमिरेको भनाइ छ । 

यहाँको नमुना सामुदायिक पदमार्ग पनि छ । विश्वकै पहिलो सामुदायिक व्यवस्थापनमा सञ्चालित जटायु रेस्टुराँबाट सुरु हुने यात्रा कृष्णसार सामुदायिक वनको प्रवेशद्वारमा पुग्छ । यस पदमार्गका लागि कम्तीमा पाँच घण्टा छुट्याउनुपर्छ । यहाँका मुख्य आकर्षणमा आठ प्रजातिका गिद्ध (डङ्गर, सुन, लामोठुंडे, सानो–खैरो, सेतो, खैरो, हिमाली, राज गिद्ध), खर मजुर, कालिकण्ठे तोरीगाँडा, ठूलो कस्दरी, खोया हाँस, माछाकुल, झिली जस्ता प्रजातिका चरा छन् । 

चरा पर्यटनको सम्भाव्यतालाई उजागर गर्नका लागि यस चरा अवलोकन पदमार्गको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डले सहयोग गरेको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख नवीन पोख्रेलले बताए  । “चरा अवलोकन पदमार्ग नेपालको पर्यटनको विकासमा लागि महत्वपूर्ण आयाम हो”, उनले भने, “प्रकृति संरक्षणका साथै चरा पर्यटनको विकासका लागि यो प्रयास महत्वपूर्ण बन्ने विश्वास लिएका छौँ ।”

चरा पर्यटनका दृष्टिले पर्यटन राजधानी पोखरासहित समग्र गण्डकी प्रदेश नै उपयुक्त गन्तव्य बन्न सक्ने देखिएको यस क्षेत्रका अनुसन्धाता बताउँछन् । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकिएको अवस्थामा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यलाई यसैमा जोड्नु आवश्यक रहेको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङ बताए  । 

चरा पर्यटनको सम्भाव्यता समेतलाई दृष्टिगत गरी पोखरा पंछी समाजले चरा अवलोकन पदमार्गको अवधारणा अघि सार्नुले चरा पर्यटनसँगै समग्र पर्यटनको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।

हिमाली तथा पहाडी दृश्यावलोकनसँगै साहसिक पर्यटनमा पनि चासो र चर्चा कमाएको गण्डकी प्रदेशमा चरा पर्यटनमा पनि धेरै सम्भावना बोकेको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले बताउनुुभयो । 

गण्डकी प्रदेश अन्तर्गत मुस्ताङ हुँदै बग्ने कालीगण्डकीदेखि त्रिवेणी, गजेन्द्रमोक्षधामसम्मका क्षेत्र विभिन्न जलसम्पदाकै कारण चराको रोजाइमा पर्ने गर्दछन् । 

पछिल्ला वर्ष पोखरासहित समग्र गण्डकी प्रदेशमा चरा हेर्न आउने पर्यटकको सङ्ख्या बढ्दो छ । नेपालमा आउने आठ प्रतिशत विदेशी पर्यटकमध्ये चरा हेर्नकै लागि आउने गरेका छन् । विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट गण्डकी प्रदेशका पोखरादेखि नवलपुरसम्मका क्षेत्रमा हिउँदे चरा आउने गरेको अनुसन्धानले देखाएको छ ।

नेपालमा सन् १९८७ देखि बर्सेनि नियमित रूपमा जलपंक्षी गणना हुँदै आएको छ । प्रत्येक वर्ष ग्रेगोरियन पात्रोको जनवरी पहिलो हप्तादेखि तेस्रो हप्तामा जलचरा गणना गर्ने प्रचलन छ । 

दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा जलचरा गणना शुरु गरिएको थियो । पछिल्ला वर्षमा केही चरा पथप्रदर्शक, नेपाल पंछी संरक्षण सङ्घ पोखरा र पोखरा पंछी समाजका संलग्नतामा पोखरामा जलचरा गणना गरिदै आइएको छ । 

गण्डकी प्रदेशको अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै पाँच सय प्रजातिका चरा पाइन्छन् । जसमा एक सय स्तनधारी प्रजातिका छन् । नेपालमा पाइने आठ सय ८७ प्रजातिका चरामध्ये गण्डकीमा मात्रै कम्तीमा छ सय  प्रजाति पाइने भएकाले समग्र गण्डकी प्रदेशलाई चरा पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सक्ने देखिएको छ ।

पछिल्लो समय मर्दी हिमाल पदयात्रा क्षेत्रका साथै कास्कीकै धम्पुसलगायत स्थानमा विगतमा देखिने जस्तो डाँफे, मुनाल देख्न छाडिनु चुनौतीका रुपमा देखिएको छ । चराको वासस्थानको सङ्कटसँगै बढ्दो प्रदुषणलगायत चुनौतिका रुपमा देखिएको छ । पछिल्ला समया चराहरू दिनानुदिन सङ्कटको अवस्थामा रहेको भन्दै कवि वासुदेव पाण्डेयले आफ्नो प्रकृतिपरक कविता संग्रह दुलहीको ‘बाँच्छ्यौ चरी के गरी’ मा भन्नुभएको छ...

‘उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकाशमा
पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा ।
छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए वल्लरी
क्रीडा गर्न नपाइने छ धरती बाँच्छ्यौ चरी के गरी ।।’ 


प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा मंगलबार, मंसिर २, २०८२
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै मंगलबार, मंसिर २, २०८२
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए मंगलबार, मंसिर २, २०८२
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP