Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #ज्योति_विकास_बैंक
  • #स्याकार_कम्पनी
  • #होण्डा
Search Here
समाचार
  • Home
  • समाचार
  • विपद् जोखिम वित्त पोषण कार्यक्रममा सुधार आवश्यकः युएनडिपी प्रतिवेदन
विपद् जोखिम वित्त पोषण कार्यक्रममा सुधार आवश्यकः युएनडिपी प्रतिवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ७, २०८०

काठमाडौं - संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले मङ्गलबार सार्वजनिक गरेको ‘कन्ट्री डायग्नोस्टिक अन इन्क्लुसिभ इन्सुरेन्स एन्ड रिस्क फाइनान्स फर नेपाल–२०२३’ प्रतिवेदनले नेपालमा विपद् जोखिम वित्त पोषण (डिजास्टर रिस्क फाइनान्सिङ–डिआरएफ) सँग सम्बन्धित कार्यक्रमहरुमा पुनरावलोकन तथा सुधार गरी प्राथमिकताका साथ लागू गर्न सुझाव दिएको छ ।

कमजोर भौगर्भिक तथा भू–धरातलीय बनोट, भूकम्प, बाढी, पहिरो, जलवायु परिर्वतनका असरलगायतका विपद्बाट सिर्जित जोखिम उच्च भएपनि यस्ता विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा भने नेपाल कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ । विपद् जोखिम वित्त पोषणलाई तीनवटै तहका सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव पनि प्रतिवेदनमार्फत् युएनडिपीले दिएको छ । 

यसका लागि तीनवटै तहका सरकारको क्षमता अभिवृद्धि तथा समन्वयमा जोड दिइनुपर्ने, विपद् व्यवस्थापनसँग सम्बन्धित कोषहरुको स्पष्ट कार्यविधि तथा मानकहरु बनाइनुपर्नेलगायतका सुझाव प्रतिवेदनमा छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रदेश र पालिका तहको क्षमता अभिवृद्धि गरी उनीहरुलाई योग्य बनाइनुपर्ने सुझाव पनि युएनडिपीले दिएको छ ।

नेपालले सञ्चालन गर्दै आएका बाली तथा पशुबीमा अनुदान कार्यक्रमलाई पुनरावलोकन गर्नुपर्ने र बीमा साक्षारता तथा जागरुकता कार्यक्रम सञ्चालनमा जोड दिइनुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ । त्यसैगरी, लघुबीमा निर्देशिका तथा कार्यविधिलाई थप स्पष्ट र विस्तृत बनाउँदै लगिनुपर्ने, क्षेत्र बिस्तार गरिनुपर्ने, समानताको सिद्धान्तका आधारमा पहुँच बिस्तार गर्नेलगायतका सुझाव प्रतिवेदनमा छन् ।

Hardik health

जोखिम व्यवस्थापनको महत्वपूर्ण औजारका रुपमा लिइने बीमा क्षेत्रले पनि आफ्नो लगानी यस क्षेत्रमा केन्द्रित गर्न नसकेको देखिएको छ । प्रतिवेदनअनुसार नेपालका बीमा कम्पनीले आफ्नो लगानीको ठूलो अंश बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप, सरकारी ऋणपत्र तथा ऋणपत्र खरिदलगायतका क्षेत्रमा लगानी गरेका छन् । 

जीवन बीमा कम्पनीले करिब ६७ प्रतिशत र निर्जीवन बीमा कम्पनीले करिब ७० प्रतिशत रकम यस्तो क्षेत्रमा लगानी गरिरहेको प्रतिवेदनमा उल्लेख छ । जबकि, पूर्वाधार क्षेत्रमा बीमा कम्पनीहरुको लगानी निकै कम छ । जीवन बीमा कम्पनीले एक दशमलव पाँच प्रतिशत र निर्जीवन बीमा कम्पनीले शून्य दशमलव छ प्रतिशत मात्र लगानी पूर्वाधार क्षेत्रमा गरेको युएनडिपीको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिम भोग्ने मुलुकका रुपमा नेपाल रहेको छ । बाढी, पहिरो, भूकम्प, उच्च तापक्रम, चट्याङ, असिनाजस्ता प्राकृतिक समस्या नेपालले भोगिरहेको छ । यस्ता जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि राष्ट्रिय नीति बनेको भएपनि त्यसको कार्यान्वयनमा प्रभावकारिता देखिन सकेको छैन । 

ठूलोस्तरको विपद्मा राष्ट्रिय प्रतिकार्यलाई थप प्रभावकारी रुपमा मार्गदर्शन र समन्वय गर्न संस्थागत व्यवस्था गर्ने उद्देश्यले नेपालले विसं २०७० मा राष्ट्रिय विपद् प्रतिकार्य ढाँचा (एनडिआरएफ) तयार गरी लागू गरेको थियो । तर प्रदेश र स्थानीय तहले भने यस्तो ढाँचा अझै तयार पारिसकेको छैनन् । हालसम्म सुदूरपश्चिम प्रदेशले मात्रै यस्तो ढाँचा तयार पारेको छ ।

    
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशले ‘प्रादेशिक विपद् प्रतिकार्य ढाँचा’ निर्माण गरी केही समयअघि प्रदेशसभाबाट अनुमोदनसमेत गरिसकेको छ । स्थानीय सरकारले भने अझै विपद् प्रतिकार्यलाई व्यवस्थित बनाउन सकेका छैनन् ।   सन् २००९ देखि २०१९ सम्म औसत चार दशमलव नौ प्रतिशतको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) हासिल गरेको नेपालले सन् २०२६ भित्रमा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ । पछिल्ला वर्षहरुमा नेपालले गरिबी निवारणका क्षेत्रमा उल्लेख प्रगति हासिल गरेको प्रतिवेदनमा जनाइएको छ । 

सन् १९९६ मा ४२ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनी रहेकोमा सन् २०२३ सम्ममा आइपुग्दा १५ दशमलव एक प्रतिशतमा झरेको छ । लैङ्गिक समानता र सामाजिक समावेशिताका क्षेत्रमा विभिन्न नीतिहरु ल्याइएको भएपनि ‘ग्लोबल जेन्डर ग्याप इन्डेक्स’मा नेपालको स्थान १०५औं स्थानमा रहेको छ । सन् १९८० देखि २०२० सम्ममा नेपालमा भूकम्पबाट सबैभन्दा धेरै ६० लाख मानिस र बाढी पहिरोका कारण ५७ लाख मानिस प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, विपद् उद्धार तथा प्रतिकार्यका लागि नेपाल सरकारले सन् २०१२ देखि सन् २०२० सम्मको आठ वर्षमा करिब रु ५० अर्ब खर्च गरेको जनाइएको छ ।


प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा मंगलबार, मंसिर २, २०८२
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै मंगलबार, मंसिर २, २०८२
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए मंगलबार, मंसिर २, २०८२
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP