Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ‘परिवारवाद’को चपेटामा माओवादी
‘परिवारवाद’को चपेटामा माओवादी
फणीन्द्र फुयाल ‘ज्वाला’
फणीन्द्र फुयाल ‘ज्वाला’ बिहीबार, चैत १, २०८०

दाहालले यो समेत तेस्रोपटक प्रधानमन्त्रीको कार्यकाल सम्हाल्दै गर्दा उनका केही सल्लाहकारहरुले उनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिइसकेका छन् । के यसबाट पनि अध्यक्ष एवं प्रधानमन्त्री दाहालले केही पाठ नसिक्ने ? सीमित स्वार्थ समूहको घेरोमा रमाएर बसिरहने कि फेरि पनि केन्द्रीय समिति बैठक डाकेर ‘हामी बिग्रियौं, म बिग्रिएँ, अब सुध्रिन्छु’ मात्र भनिरहने ?

नेकपा माओवादी केन्द्रको हरेकपटक हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल सुरूमै आत्मालोचित हुँदै भन्छन्, हामी बिग्रिएका छौं, हामी सच्चिन्छौं । त्यो काम म आफैंबाट सुरू गर्छु ।’

अफ्नो ‘सुप्रिमो’ले यति भनिसकेपछि उपस्थित सबै केन्द्रीय सदस्यहरु परर... ताली पिट्छन्, र औपचारिक रुपमा केही दिन बैठक चल्छ र सकिन्छ । जब बैठक सकिन्छ अनि सुरू हुन्छ पुरानै शैली र व्यवहार । माओवादी केन्द्रले १० वर्षे जनयुद्ध औपचारिक रुपमा विश्राम गरी शान्ति प्रक्रियामा आएयता गठन भएका अधिकांश सरकारमा माओवादी सहभागी छ । माओवादी पटक–पटक भन्छ, ‘हामीले चामल बिक्री गर्न सकेनौं, अरूले पिठोसमेत बिक्री गरे ।’ यसको मतलव माओवादीले गरेका राम्रा काम जनताकाबीचमा पुर्‍याउन सकिएन भन्ने उसको गुनासो हो ।

Hardik health

तर किन माओवादी बिग्रियो ? आफू बिग्रिएको कुरा थाहा पाएर पनि माओवादी किन सुध्रिएन ? उसो भए माओवादी अब कहिले सुध्रन्छ त ? कि माओवादीको पहिचान नै यस्तै हो ? यी र यस्ता यावत् प्रश्न यतिबेला माओवादी पार्टीका सदस्य, शुभचिन्तक मात्र होइन, जनताकाबीचमा पनि घुमिरहेका छन् । यसको पहिलो जड माओवादीभित्र झाँगिदै गएको परिवारवाद नै हो भनेर ठोकुवा गर्न सकिन्छ ।

माओवादी अध्यक्ष दाहाल परिवारवादमा फस्दै जानु, जनयुद्धका बेला गरिएका वाचा बिर्सनु, नीति र सिद्धान्त बिराउनु अनि भ्रष्ट आचरण भएकाहरुलाई संरक्षण गर्नु नै माओवादीका विकृत पक्ष हुन् । हुँदाहुँदा पार्टीको नाम नै परिवर्तन गरेर अगाडि बढ्न पार्टीभित्रकै केही ‘हितैषि’हरुले सुझाव दिनु र उक्त सुझावको पछि लाग्न उत्प्रेरित हुनु, पार्टीलाई एउटा निजी क्लबजस्तो बनाउनु, फरक मत र विचार राख्नेहरुलाई दपेटेर भित्तामा पुर्‍याउँदै सिध्याउनु जस्ता कार्य माओवादी पार्टीका ‘सुप्रिमो’को व्यक्तिगत जीवनका लागि त राम्रो होला तर हिजो हत्केलामा ज्यानको बाजी राखेर हिँडेका सच्चा माओवादीहरु र माओवादीको सरकारले केही राम्रो गर्ला कि भन्ने आशामा बसेका जनताका लागि यो ‘आत्मघाती गोल’ सरह हुने छ । शान्ति प्रक्रियामा आएपछि मात्र सत्ताका लागि चलखेलमा बढी ध्यान केन्द्रित हुँदा हिजो माओवादीले सञ्चालन गरेको जनयुद्धमा सँगै लडेका नेताहरु यतिबेला छिन्नभिन्न अवस्थामा पुगेका हुन् । गत वर्षको आमनिर्वाचनमा माओवादी प्रत्यक्षतर्फ मात्र १८ सिटमा विजयी हुनु के यसैको परिणाम होइन र ?


दाहालले यो समेत तेस्रोपटक प्रधानमन्त्रीको कार्यकाल सम्हाल्दै गर्दा उनका केही सल्लाहकारहरुले उनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिइसकेका छन् । के यसबाट पनि अध्यक्ष एवं प्रधानमन्त्री दाहालले केही पाठ नसिक्ने ? सीमित स्वार्थ समूहको घेरोमा रमाएर बसिरहने कि फेरि पनि केन्द्रीय समिति बैठक डाकेर ‘हामी बिग्रियौं, म बिग्रिएँ, अब सुध्रिन्छु’ मात्र भनिरहने ?

यसर्थ आफ्ना ‘अन्धभक्त’हरुलाई मात्र पद बाँड्नुभन्दा सत्यलाई आत्मसात् गरेर, आचोचनालाई पाठका रुपमा ग्रहण गरेर अगाडि बढ्न सकेको खण्डमा जनताले सुखी र राष्ट्रले समृद्ध भएको आभाष प्राप्त गर्ला कि !
 


प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP