Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
विचार
  • Home
  • विचार
  • ‘परिवारवाद’को चपेटामा माओवादी
‘परिवारवाद’को चपेटामा माओवादी
फणीन्द्र फुयाल ‘ज्वाला’
फणीन्द्र फुयाल ‘ज्वाला’ बिहीबार, चैत १, २०८०

दाहालले यो समेत तेस्रोपटक प्रधानमन्त्रीको कार्यकाल सम्हाल्दै गर्दा उनका केही सल्लाहकारहरुले उनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिइसकेका छन् । के यसबाट पनि अध्यक्ष एवं प्रधानमन्त्री दाहालले केही पाठ नसिक्ने ? सीमित स्वार्थ समूहको घेरोमा रमाएर बसिरहने कि फेरि पनि केन्द्रीय समिति बैठक डाकेर ‘हामी बिग्रियौं, म बिग्रिएँ, अब सुध्रिन्छु’ मात्र भनिरहने ?

नेकपा माओवादी केन्द्रको हरेकपटक हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल सुरूमै आत्मालोचित हुँदै भन्छन्, हामी बिग्रिएका छौं, हामी सच्चिन्छौं । त्यो काम म आफैंबाट सुरू गर्छु ।’

अफ्नो ‘सुप्रिमो’ले यति भनिसकेपछि उपस्थित सबै केन्द्रीय सदस्यहरु परर... ताली पिट्छन्, र औपचारिक रुपमा केही दिन बैठक चल्छ र सकिन्छ । जब बैठक सकिन्छ अनि सुरू हुन्छ पुरानै शैली र व्यवहार । माओवादी केन्द्रले १० वर्षे जनयुद्ध औपचारिक रुपमा विश्राम गरी शान्ति प्रक्रियामा आएयता गठन भएका अधिकांश सरकारमा माओवादी सहभागी छ । माओवादी पटक–पटक भन्छ, ‘हामीले चामल बिक्री गर्न सकेनौं, अरूले पिठोसमेत बिक्री गरे ।’ यसको मतलव माओवादीले गरेका राम्रा काम जनताकाबीचमा पुर्‍याउन सकिएन भन्ने उसको गुनासो हो ।

Hardik health

तर किन माओवादी बिग्रियो ? आफू बिग्रिएको कुरा थाहा पाएर पनि माओवादी किन सुध्रिएन ? उसो भए माओवादी अब कहिले सुध्रन्छ त ? कि माओवादीको पहिचान नै यस्तै हो ? यी र यस्ता यावत् प्रश्न यतिबेला माओवादी पार्टीका सदस्य, शुभचिन्तक मात्र होइन, जनताकाबीचमा पनि घुमिरहेका छन् । यसको पहिलो जड माओवादीभित्र झाँगिदै गएको परिवारवाद नै हो भनेर ठोकुवा गर्न सकिन्छ ।

माओवादी अध्यक्ष दाहाल परिवारवादमा फस्दै जानु, जनयुद्धका बेला गरिएका वाचा बिर्सनु, नीति र सिद्धान्त बिराउनु अनि भ्रष्ट आचरण भएकाहरुलाई संरक्षण गर्नु नै माओवादीका विकृत पक्ष हुन् । हुँदाहुँदा पार्टीको नाम नै परिवर्तन गरेर अगाडि बढ्न पार्टीभित्रकै केही ‘हितैषि’हरुले सुझाव दिनु र उक्त सुझावको पछि लाग्न उत्प्रेरित हुनु, पार्टीलाई एउटा निजी क्लबजस्तो बनाउनु, फरक मत र विचार राख्नेहरुलाई दपेटेर भित्तामा पुर्‍याउँदै सिध्याउनु जस्ता कार्य माओवादी पार्टीका ‘सुप्रिमो’को व्यक्तिगत जीवनका लागि त राम्रो होला तर हिजो हत्केलामा ज्यानको बाजी राखेर हिँडेका सच्चा माओवादीहरु र माओवादीको सरकारले केही राम्रो गर्ला कि भन्ने आशामा बसेका जनताका लागि यो ‘आत्मघाती गोल’ सरह हुने छ । शान्ति प्रक्रियामा आएपछि मात्र सत्ताका लागि चलखेलमा बढी ध्यान केन्द्रित हुँदा हिजो माओवादीले सञ्चालन गरेको जनयुद्धमा सँगै लडेका नेताहरु यतिबेला छिन्नभिन्न अवस्थामा पुगेका हुन् । गत वर्षको आमनिर्वाचनमा माओवादी प्रत्यक्षतर्फ मात्र १८ सिटमा विजयी हुनु के यसैको परिणाम होइन र ?


दाहालले यो समेत तेस्रोपटक प्रधानमन्त्रीको कार्यकाल सम्हाल्दै गर्दा उनका केही सल्लाहकारहरुले उनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिइसकेका छन् । के यसबाट पनि अध्यक्ष एवं प्रधानमन्त्री दाहालले केही पाठ नसिक्ने ? सीमित स्वार्थ समूहको घेरोमा रमाएर बसिरहने कि फेरि पनि केन्द्रीय समिति बैठक डाकेर ‘हामी बिग्रियौं, म बिग्रिएँ, अब सुध्रिन्छु’ मात्र भनिरहने ?

यसर्थ आफ्ना ‘अन्धभक्त’हरुलाई मात्र पद बाँड्नुभन्दा सत्यलाई आत्मसात् गरेर, आचोचनालाई पाठका रुपमा ग्रहण गरेर अगाडि बढ्न सकेको खण्डमा जनताले सुखी र राष्ट्रले समृद्ध भएको आभाष प्राप्त गर्ला कि !
 


प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत्
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत् आइतबार, कात्तिक ९, २०८२
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन सोमबार, कात्तिक ३, २०८२
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार 
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार  सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP