Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
कृषि
  • Home
  • कृषि
  • स्याउ गोडमेलमा व्यस्त किसान
स्याउ गोडमेलमा व्यस्त किसान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २८, २०८०

मनाङ- हिमाली जिल्ला मनाङको मुख्य उत्पादनका रुपमा  स्याउ मानिन्छ । यहाँ आलुसँगै स्याउ गोडमेलको समय भएको छ । केही महिना जिल्ला बाहिर रहने मनाङवासी अहिले स्याउ बगैँचा गोडमेलमा व्यस्त छन् ।

हिउँद याममा यहाँका स्याउ बगैँचा उजाड हुन्छ । भदौ, असोज र कात्तिकमा स्याउ टिपिसकेपछि बोटका पात झर्छन् । अनि नाङ्गै बन्छन् स्याउका बोट । त्यसपछि माघ र फागुनमा स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने र आंशिक रूपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ । अहिले यहाँका किसान तिनै स्याउका बगैँचा व्यवस्थापन गर्ने चटारोमा छन् । 

नासों गाउँपालिका–८ ताचैका स्याउ किसान सोलबहादुर गुरुङले यसवर्ष यहाँसम्म हिमपात नभए पनि स्याउ खेती राम्रो हुने गरेको बताए । उनले यतिबेला स्याउ बगैँचा गोडमेलमा व्यस्त भएको बताए । मुख्य आय नै स्याउ भएको बताउदै उनले भने, “आयस्रोतलाई जोगाउने र उत्पादन राम्रो कसरी हुन्छ भन्नेतर्फ लागेका छौँ ।” यहाँका अधिकांश मानिसको घरमा स्याउ हुने र गोडमेल गर्ने समय भएको उनले सुनाए। 

जाडो छल्न यहाँका स्थानीयवासी बाहिर गएर फर्किएपछि बगैँचा गोडमेल गर्ने गर्दछन् । त्यस्तै नासों–६ तिल्चेका टङ्क गुरुङ पनि स्याउ बगैँचा गोडमेल तथा व्यवस्थापनमा व्यस्त हुन् । समयमा नै स्याउ बगैँचाको गोडमेल गरेपछि नै राम्रो उत्पादन गर्न सकिने उनले बताए । उनका अनुसार जिल्लाका स्याउ किसान अहिले बगैँचा गोडमेलमा नै व्यस्त रहेका छन् । यहाँको स्याउको माग तथा खपत राम्रो भएकाले यसतर्फ आकर्षित भएको उनले बताए । 

Hardik health

यतिबेला मनाङको नासों, चामे, ङिस्याङ तथा नार्पाभूमिका स्याउ बगैँचा व्यवस्थापन भइरहेको छ । केही लेकाली क्षेत्रमा अत्यधिक चिसोका कारण स्थानीयवासी बेँसी झर्ने हुनाले केही ढिला गरी मनाङ ङिस्याङ र नार्पाभूमिका स्याउ बगैँचा व्यवस्थापन गरिने किसानको भनाइ छ । 

जिल्लाको मुख्य उत्पादन पनि भएकाले यहाँका अधिकांश किसान स्याउखेतीमा लागेका छन् । यसबाट किसानले राम्रै आम्दानी गर्ने गरेको उनीहरूको भनाइ छ । अरू खेतीको तुलनामा धेरै समय लगानी गर्न नपर्ने स्याउ खेतीले यहाँको आर्थिकस्तर वृद्धि गर्न टेवा पुगेको किसान उमबहादुर गुरुङले बताए । 

फागुन महिना लागेसँगै किसानले उजाडिएका स्याउ बगैँचामा गोडमेल, सिँचाइ गर्ने, मलजल गर्ने, रोग, कीराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने र बोटमा फैलिएका अनावश्यक हाँगाबिँगा काँटछाँट गर्ने कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ ।

बर्सेनी मनाङका किसानलाई कृषि ज्ञान केन्द्रले प्राविधिक व्यवस्था गरी स्याउ बगैँचा व्यवस्थापनबारे तालिम र क्षेत्रमै पुगेर स्याउखेती गर्ने तरिका सिकाउने गरेको छ । बोटमा फर्मल इन्फेक्सनका कारण कटिङको घाउ नबढोस् र प्रकोप नियन्त्रण होस् भनी हाँगा काँटछाँट गर्नुपर्ने कृषि ज्ञान केन्द्रका अधिकृत घनश्याम गैरेले बताए । 

उनले भने, “स्याउ कटिङ गर्दा हावा र घाम स्याउका सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ । विभिन्न स्याउमा लाग्ने रोग सङ्क्रमणलाई प्रतिरोध गर्छ ।” स्याउ बगैँचा व्यवस्थापनको मुख्य काम हाँगा काँटछाँट हो, यसले स्याउको निश्चित आकार र साइजलाई बढ्ने सहयोग गर्ने उनले बताए । 

बगैँचा व्यवस्थापन गर्दा किसानले बोटमा प्रकोप नियन्त्रण गर्न बोरो पेस्ट र बोरो मिक्स्चर छर्किने गरेका छन् । यसो गर्दा स्याउको बोटमा सङ्क्रमण कम हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानले हलुका घाउमा बोरो पेस्ट र बोटको पूरै भागमा छर्किनुपरे बोरो मिक्स्चर प्रयोग गर्ने गरेका छन् । 


प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
थप कृषि
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री सोमबार, चैत १६, २०८२
कृषि मन्त्री गीतालाई बुबाकाे सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
कृषि मन्त्री गीतालाई बुबाकाे सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’ शुक्रबार, चैत १३, २०८२
पर्वतमा बर्सेनि चैतधान रोपाइँ हुने क्षेत्रफल घट्दै
पर्वतमा बर्सेनि चैतधान रोपाइँ हुने क्षेत्रफल घट्दै बिहीबार, चैत १२, २०८२
चैत १३ गतेदेखि बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी
चैत १३ गतेदेखि बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी बुधबार, चैत ११, २०८२
एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ
एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ आइतबार, चैत ८, २०८२
किसानले चैते धानको उचित मूल्य पाएनन्
किसानले चैते धानको उचित मूल्य पाएनन् शुक्रबार, चैत ६, २०८२
हुरीका कारण केरामा क्षति
हुरीका कारण केरामा क्षति शुक्रबार, चैत ६, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP