Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • छाडा चौपाया व्यवस्थापनको चुनौती
छाडा चौपाया व्यवस्थापनको चुनौती
शुक्रऋषि चौलागाईं/रासस
शुक्रऋषि चौलागाईं/रासस बिहीबार, फागुन १७, २०८०

सनातन धर्म मान्नेहरूले जनावरलाई भगवान्सरह मान्दछन् । तिहारमा गाई, कुकुर, गोरुलाई पूजा गर्ने पनि गर्दछन् तर अघिपछि तिनै जनावरलाई घरबाट बाहिर छाडिदिने, लखेटिदिने पनि गरेको पाइन्छ । पशुधनीले गोठबाट निकालेका/छाडेका चौपाया नै सडक, चोकमा आएका हुन् । छाडा चौपायाकोे व्यवस्थापन नै अहिले मुख्य टाउको दुखाइको विषय बनेको छ । लुम्बिनी प्रदेशका ठूला सहर नेपालगञ्ज, बुटवल, भैरहवा, तुलसीपुर, तौलिहवा, घोराही, कोहलपुर, परासीलगायतका सहरका लागि अहिले मुख्य चुनौतीका रूपमा छाडा चौपाया रहेको छ । 

सहर र राजमार्ग छेउछाउमा गाई, गोरुलगायतका छाडा चौपायाको बिगबिगी छ । नेपालगञ्जमा त झन् गाईगोरुसँगै गधा, घोडासमेत सडकमै देखिन्छन् । छाडा चौपायाहरू सवारीसाधन नै अवरुद्ध हुनेगरी बस्ने गरेका छन् । छाडा चौपायाका कारण दुर्घटनाको जोखिम पनि बढ्दो छ । छाडा चौपाया नियन्त्रणमा स्थानीय सरकार उदासिन भएको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिएको पाइन्छ । छाडा चौपायाको नियन्त्रण र व्यवस्थापनमा पालिकालाई थप सकस भइरहेको छ  ।  

गाई/गोरुको महत्व

हिन्दू र गाई/गोरु परिपूरक हुन्भन्दा हुन्छ । गाईबिना हिन्दू र हिन्दूबिना गाई परिकल्पना गर्न सकिन्न । अर्काेतिर गाई गुण नै गुणले भरिपूर्ण जनावर पनि हो । गाईलाई हिन्दू धर्ममा लक्ष्मी पनि भनिन्छ । यमपञ्चकको तेस्रो दिन लक्ष्मीको रूपमा गाईलाई पुजिन्छ पनि । गाईबिना स्वर्ग गइँदैन भन्ने मान्यताअनुसार हिन्दूहरूले जीवनको अन्तिमकालमा गौदान गर्ने गर्दछन् ।  गरुड पुराणअनुसार गाईको पुच्छर समातेर हिन्दूहरू बैतरणी नदी तरी स्वर्ग जान्छन् भन्ने विश्वास छ । गाई पूजाले करोडौंको धर्म हुन्छ भन्ने मान्यता पनि छ । 

Hardik health

हिन्दूहरूका हरेक खाले संस्कारमा गाईको गउँत प्रयोग गरिन्छ । विशेषतः शुद्ध हुनलाई गउँत चाहिन्छ । पवित्र कार्यमा शुद्ध पार्न गाईको गोबर पनि चाहिन्छ । गाईको दूध सबैभन्दा पोसिलो हुन्छ । गाईको दूध बालबालिका र वृद्धवृद्धाको लागि झनै फाइदाजनक हुन्छ । खेतीपातीको लागि गाई/गोरुको गोबर/गहुँत मलिलो मानिन्छ । हिन्दू धर्मालम्वीहरूले गोरुलाई पनि पूजा गर्दछन् । 

गोरु पनि सडकमै छाडिएको पाइन्छ । मुख्यतः खेतबारी जोत्नको लागि प्रयोग गरिने भए पनि अन्य समयमा पाल्न गा¥हो हुने भएपछि गोरु पनि सडकमै छोडिएको हो । जग्गा जोत्न गोरुको छुट्टै भूमिका हुन्छ । सडकमा छाडिएका साँडेको पनि आफ्नै महत्व छ । भगवान शिवजीको बाहन नन्दी भनी पूजा गर्ने गरी आशीर्वाद माग्ने चलन छ । गाई, गोरुको मललाई परम्परागत मलका रूपमा लिइए पनि खेतीबाली अन्न उब्जनीमा यसको प्रभावकारिता देखिन्छ । अर्गानिक मलका रूपमा यसले व्यापकता पाउँदै गएको छ । गोवर र गौ मूत्रबाट पनि आर्थिक लाभ लिन सकिन्छ । आयुर्वेदका अनुसार गौमुत्रबाट क्यान्सरलगायतका बिरामीले लाभ लिन सक्ने बताइएको छ । पछिल्लो समय वैज्ञानिकहरूले यसको पुष्ट पनि गरेका छन् । 

किन छाडिन्छन् गाई/गोरु ?

पशुधनीले आफूले पालेका चौपाय किन सडकमा पु¥याउन्छन  ?  पशुरुहरू किन सडकमा ल्याइए ? पछिल्लो समय सडकमा विशेषगरी गाई, गोरु छोडने चलन बढ्दैछ । दूध देउञ्जेल पाल्ने, दूध दिन छाडेपछि गाई सडकमा छाडिदिने चलन छ । बाच्छी दूधका लागि पाल्ने तर बाच्छाहरू सडकमै पु¥याइदिने पनि गरिन्छ । चाड पर्ब तथा सामाजिक कार्यमा गाई चाहिने हाम्रो समाज, गाई मर्दा भने रमिते झैं हुन्छ  । नाग पञ्चमीमा गोबर खोज्न हिड्ने । नागलाई दूध चढाउने । पितृ कार्य, बैबाहिक कार्य सबै काममा गाई चाहिने अनि एक मुठा घाँस दिएर पाल्न भने तयार नहुने, अचम्मको छ– हाम्रो समाज । पितृ उद्दारमा हजारौं रुपिया दान दिन तयार छ । एउटा भोको गाईलाई खुवाउन तयार छैन । भंैसी किन सडकमा छाडा छोड्दैनन् ? बाख्रा किन छाडा छोडिएन ? किनभने भैंसीको मासु खान्छन् । बाख्राको पनि मासु बिक्री हुन्छ । नगद आउँछ । तर गाईबाट के मिल्छ  ? 

गाई/गोरु घरपालुवा जनावर हो । जहाँ छाडे पनि यो बस्ती छेउकै सडकमा आउँछ । यिनीहरूले सुख्खा ठाउँ मन पराउँछन् । त्यही भएर सडकमै बस्छन् । अहिले सडकका गाई वस्तु नियन्त्रण गर्दै काञ्जीहाउसमा पु¥याइए पनि सडकमा वेवारिस अवस्थामा छाडिने गाई गोरुको सङ्ख्यामा कमी आएको छैन । पशु धनीको पहिचानको अभावमा अहिले छाडा पशु बढेको हो । बजार सडकमा गाई/गोरु कति छन् ? भन्ने नै यकिन छैन । पछिल्लो समय त भारतीय सीमाबाट पनि गाई, गोरुहरू आएको अनुमान गरिएको छ । काम लाग्दाको भाँडा नचाहिंदाको ठाँडा भने झैं काम छउन्जेल गाईवस्तु पुज्ने, पाल्ने अनि काम सकिए, सडकमा फ्याँकीदिने प्रवृत्ति छ । यो  हिन्दू मात्र हैन, मानव संस्कृति पनि होइन । 

व्यवस्थापनको पहल खै ? 

जहाँ समस्या छ, त्यहाँ समाधान पनि छ । समाधान बिनाको समस्या कहीँ हुँदैन । छाडा चौपायाको पनि समाधान छ तर पुरानै सोच र शैलीले मात्र सम्भव छैन । अहिलेको चुनौती भनेको गाई वस्तुलाई सडकमै आउन नदिनु र आएकालाई संरक्षण गर्नु नै हो । सडकका गाई वस्तु काञ्जीहाउस/आश्रयस्थल पु¥याएर मात्र पालिकाको दायित्व पूरा भएको ठहरिदैन । कतिपय पालिकाले पशु पक्रने र कान्जीहाउस पु¥याउने गरिरहेकै छन् तर यो दीर्घकालीन उपाय हैन । काञ्जीहाउसमा राखिएका गाई खानै नपाएर मरिरहेका समाचार पनि बेलाबेला आइरहेको छ । खान नपाएर पेट्मा ग्यास भरिएर उपचारमा समेत समस्या आएको छ । काञ्जीहाउस ठेक्का प्रक्रियामार्फत सञ्चालन गरिनुपर्छ । 

पशु सडकमा आउन नदिन र आएका पशु नियन्त्रण गर्न नयाँ सोच र विधि अपनाउन जरुरी छ । स्थानीय कानुन समेत बनाउन सक्ने सरकारले सम्वद्ध विज्ञ र सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा पहलकदमी लिन अब ढिलाई गर्नु हुँदैन । प्रथमतः सडकमा पशु छोड्नै दिन हुँदैन । छाडा पशुलाई कारवाही हैन, पशुधनीको पहिचान गरेर निजलाई कारवाही गरिनुपर्छ । कारवाहीका लागि नयाँ मापदण्ड पनि बनाइनु पर्छ । पशु चौपाया पालनमा पनि मापदण्ड बनाउनु पर्ने हुन्छ । अनुमतिबिना गाईलगायतका चौपाया पालन गर्न बजार क्षेत्रमा रोक लगाइनु पर्छ ।

जनावरको ‘ट्याग’ गरेर लगत राख्ने अनि पशुधनीलाई कारबाहीको दायरामा ल्याउने गर्नु पर्छ । गाई/गोरुलाई सडकमा छाडेर पशु धनीले हिंसामाथि हिंसा गरिरहेका छन् । गाई वस्तुलाई सडकमा पु¥याइनु अबोध, निरीह प्राणी माथिको अत्याचार पनि हो । यस्ता पशुधनीलाई कानूनी रूपमा कारबाही र  सामाजिक रूपमा हतोत्साही गरिनुपर्छ । गाईसहितका पशु चौपायाको व्यवस्थापनका लागि पर्याप्त जग्गा भएको भौतिक संरचनासहितको आश्रयस्थल बनाउनु पर्छ । 

केही सहरमा काञ्जीहाउस, आश्रयस्थल निर्माण त गरिएका छन् तर तिनको प्रभावकारी व्यवस्थापन र दीर्घकालीन स्थायित्व भने खोजिएको छैन । फुल्टेक्रास्थित काञ्जीहाउस साँघुरो भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले केही वर्षअघि वडा नं २१ मा कान्जीहाउस सञ्चालनमा ल्यायो । केही कर्मचारी खटाएर गाईगोरुलाई कान्जीहाउसमा त थुनियो तर तिनीहरूका लागि आवश्यक खानेकुराको सही व्यवस्थापन गर्न अहिले पनि हम्मेहम्मे छ । 

तिलोत्तमा नगरपालिका–१ र ८ को बीचमा कहरिया सामुदायिक वनमा गौशाला बनाएर छाडा गाईवस्तु राखिएको छ । यस्तै घोराहीमा पनि सामुदायिक वनको सहयोगमा छाडा पशु चौपाया नियन्त्रण गरिएको छ । छाडा चौपायाको समस्या दीर्घकालीन समाधान गर्न बुटवल उपमहानगरपालिकाले छिमेकी पालिकाहरूसँग समन्वय गरी प्रदेशस्तरको गौ संरक्षण केन्द्र बनाउने योजना बनाएको छ तर खासै पहल भने गरेको छैन । यस्तै तौलिहवामा सडकमै गाईगोरुको बथान देखिन्छ । तर नगरपालिकाले खास पहल गर्न सकेको छैन । यस्तै अन्य पालिकाले पनि छाडा चौपाया एउटा ठाउँबाट अर्को ठाउँ धपाउनेबाहेक ठोस पहल गरेको देखिँदैन ।

छाडा चौपाया नियन्त्रणको प्रयास गरे पनि दीर्घकालीनरूपमा समाधान गर्न सकिएको छैन । एउटा पालिकाले मात्रै चाहेर समाधान नहुने भएकाले सामूहिक प्रयत्नस्वरुप  प्रदेश सरकारले नै अगुवाइ गर्नुपर्ने हुन्छ । स्थानीय तहले गर्दा कतै वनसँग कुरा नमिल्ने, कतै राजनीतिकरण हुनेजस्ता समस्या देखिएकाले प्रदेशले नै गौशाला बनाउँदा दीर्घकालीनरूपमा समाधान निकाल्न सकिन्छ ।

तर नीतिगतरूपमा स्थानीय सरकारको अधिकार क्षेत्रमा पर्ने भएकाले प्रदेशस्तरको गौशाला निर्माण गर्न नमिल्ने देखिन्छ । छाडा चौपाया व्यवस्थापनको समस्या छ भन्ने सबैलाई थाहा छ । समस्याबाट भाग्ने छुट कसैलाई पनि छैन । यसर्थ समाधान खोज्न लाग्ने हो भने स्थानीय सरकार र प्रदेश सरकारबीचको छलफलबाटै निकास खोजिनुपर्छ । नीतिगत पहलबाटै दीर्घकालीन व्यवस्थापन खोजिनुपर्छ ।


(लेखक नेपालगञ्जका क्रियाशील पत्रकार हुन्) 
–रासस


प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP