Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
समाचार
  • Home
  • समाचार
  • सालक संरक्षणका लागि पदयात्रा
सालक संरक्षणका लागि पदयात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ७, २०८०

काभ्रेपलाञ्चोक-  विश्व सालक दिवसका अवसरमा शनिबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित थुम्कीमा ‘सालक संरक्षणका लागि पदयात्रा’ आयोजना गरेकाे छ । स्थानीय सालक संरक्षण समितिद्वारा आयोजित कार्यक्रमअन्तर्गत पदयात्रा, सालकको महत्व र स्थानीयवासीको भूमिकाबारे अन्तरक्रिया गरेकाे थियो । 

हरेक वर्षको फेब्रुअरीको तेस्रो शनिबार विश्व सालक दिवस मनाउने गरिन्छ । बल्थलीमा यसअघि विश्वमै दूर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक संरक्षणार्थ अध्ययन/अनुसन्धान एवं संरक्षणबाट हुने फाइदाबारे चेतनामूलक अभियान गर्दै आइएको थियो । स्थानीय समितिले सालक संरक्षार्थ निरन्तर कार्यक्रम गर्दै आएको भन्दै आगामी दिनमा थप कार्यक्रम गर्दै जाने जनाएको छ । 

“हामी सालक संरक्षार्थ निरन्तर अभियानमा छौँ । थप अध्ययन, अनुसन्धान एवं संरक्षणमा सहगोयी संस्थाको खोजीमा छौँ”, समितिका अध्यक्ष विष्णुप्रसाद शर्माले भने । जिल्लामा सालकको अनुसन्धान तथा संरक्षणार्थ पुनः अभियान थालिने भएको छ । बजेट अभावमा चार वर्षदेखि रोकिएको अनुसन्धान एवं चेतनामूलक अभियान यस वर्षदेखि पुनः थालिने डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ । 

बागमती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा बर्सेनि विनियोजन हुने रकम रोकिएपछि बासस्थान अनुसन्धान तथा संरक्षण अभियान पनि चार वर्षदेखि रोकिएको थियो । 

उक्त मन्त्रालयबाट यस वर्षका लागि रु चार लाख रकम विनियोजन भएपछि सालक संरक्षणार्थ अभियानका कार्यक्रम बनाइने वन कार्यालयका प्रमुख शिवप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्ला वर्षमा गरिएका क्रियाकलापको समीक्षा गरी नयाँ योजना बनाएर अभियान सञ्चालनबारे छलफल गरिने छ ।

 कार्यालयका अनुसार प्रदेश सरकारले २०७४/७५ मा रु पाँच लाख, त्यसपछिको आर्थिक वर्षमा रु दुई लाख पठाएको थियो । प्रदेश सरकारबाट चार वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको समितिका अध्यक्ष शर्माले बताउनुभयो । अभियानकै क्रममा सालकको उपयुक्त सालकको बासस्थान भएका क्षेत्रमा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा थप योजना बनाउन थालिएको उहाँको भनाइ थियो ।

अभियानता क्रममा जिल्लाको कुन कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाइएको थियो ।  नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्गोलिन’ रहेका वन कार्यालयका प्रमुख सापकोटाले बताए ।

सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत श्रृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा तीन वर्षअघि पहिलो चरणको चेतनामुलक कार्यक्रम गरिएको थियो । जिल्लाका अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले यसको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको वन कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख सापकोटाले सालक मानिसका लागि उपयुक्त जनावर भएको बताउनुभयो । उनका अनुसार सालकले बालीका कमिला र धमिरा खान्छ, पर्यावणलाई जोगाउन मद्दत पुर्‍याउँछ, मानिसलाई भने आक्रमण गर्दैन । सालकमा १५ सेन्टिमिटर टाढाका किरा स्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ । 
    
पनौतीको बल्थलीस्थित समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण इकाईका अनुसार स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा सालकको पुरानाभन्दा नयाँ प्वालको सङ्ख्या कमी देखिँदा लोपहुने अवस्थामा पुगेका हुन् । इकाइले स्थानीय दुई सय पचास स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गरेको थियो । इकाइकै पहलमा काठमाडाँै विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए  । 

इकाइले सालक तस्करीविरुद्ध विशेष निगरानी गर्दै आएको छ । दुर्लभ सालक जिल्लामा कति छन् भन्ने कुनै स्पष्ट तथ्याङ्क नभए पनि कालो सालक काभ्रेपलाञ्चोकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको अनुसन्धानबाट खुलेको छ । 

संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनहरुमा प्राकृतिक बासस्थान सुरक्षित नभएकाले केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपालले बताउनुभयो । “विश्वभर एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातीका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातीका सालकमध्ये नेपालमा तामे र कालो रहेका छन्”, उनले भने ।

सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेकाले नेपालबाट यसको तस्करी हुने क्रम बढेको बताइएको छ । वन संरक्षण ऐनका अनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना वा दुवै सजाया हुनसक्ने व्यवस्था छ । 


प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १५:३४
#सालक
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ सोमबार, साउन १२, २०८२
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘गुरही पर्व’ पर्वको तयारी पूरा
‘गुरही पर्व’ पर्वको तयारी पूरा सोमबार, साउन १२, २०८२
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्य सम्पन्न
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्य सम्पन्न सोमबार, साउन १२, २०८२
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त सोमबार, साउन १२, २०८२
मिथिलामा ‘झुला’ पर्व सुरु
मिथिलामा ‘झुला’ पर्व सुरु सोमबार, साउन १२, २०८२
एमसिसीको निरन्तरता
एमसिसीको निरन्तरता सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP