Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
कृषि
  • Home
  • कृषि
  • कृषि क्षेत्र विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति पौडेल
कृषि क्षेत्र विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति पौडेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ४, २०८०
तस्बिर : पेमा लामा/रासस

काभ्रेपलाञ्चोक - राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याएका छन्  । 

‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८०’ को आज बनेपामा उद्घाटन गर्दै राष्ट्रपतिले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

“गरिबीको रेखाभित्रका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु”, राष्ट्रपति पौडेलले भने, “मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।”

उनले राजनीतिक परिवर्तनपछि मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति नै भएको उल्लेख गरे।  राष्ट्रपति पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय’को व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उल्लेख गर्दै मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औद्योगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्नसक्ने धारणा राखे ।

Hardik health

“यही नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि हो भन्ने मलाई लाग्दछ”, उनले भने ।  उनले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र सम्वद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराई यसको ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । 

“बढ्दो सहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएका मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान सञ्चालन गरी यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु आवइयक छ”, राष्ट्रपति पौडेलले भने । 

उनले काभ्रेपलाञ्चोक कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताए । उनले यहाँका नागरिक  कृषि कर्मबाट अन्य पेसा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । 

उनले भने, “विविध भौगोलिक संरचना भएको हाम्रो देशमा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागनफ्रुट, एभोकार्डाे तथा तराई क्षेत्रमा गहुँ, धान र ऊखु उत्पादनको विकासमा जोड दिनुपर्छ ।”

राष्ट्रपति पौडेलले विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाईसमेत मद्दत पुग्ने बताए । “अहिलेको सञ्चार र सूचना प्रविधिको युगमा कृषि प्रविधिसम्बन्धी जानकारी, बजारको अवस्था, रोग, किरा, मौसमको जानकारीलगायत आवश्यक प्रविधि प्रचारका लागि यसको उपयोग गरी सम्पूर्ण सूचना देशभरिका कृषकलाई मोबाइलमार्फत उपलब्ध गराउने व्यवस्थाको खाँचो छ”, उनले भने । विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा नीति–निर्माता, सरकार र व्यावसायिक संस्थाले विशेष ध्यान दिनुपर्ने उनकाे भनाइ थियो । 

राष्ट्रपति पौडेलले कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै बीउबिजन र मलको आपूर्ति, नवीनतम औजार–उपकरण–यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

उनले भने, “परम्परागत कृषि प्रणालीको अन्त्य गरी नविनतम उच्च प्रविधि, उपकरण, गुणस्तरीय बीउबीजन र व्यावसायिकताको उच्चतम अभ्यासद्वारा औद्योगिकीकरणतर्फ उन्मुख हुन अब हामीले किमार्थ ढिला गर्न हुँदैन ।” राष्ट्रपति पौडेलले विगतमा आफू पनि एउटा किसान भएको र सुन्तला कागती गोड्दागोड्दै सांसद भएको स्मरण गर्दै आफूले कषि क्रान्तिको कुरा सुरू गर्नुअघि काभ्रेपलाञ्चोकका नागरिकले कृषि क्रान्ति गरिसकेको स्मरण गरे ।

“कृषि नै जीवन हो, नागरिकलाई पाल्ने काभ्रेपलाञ्चोकका उद्यमशील श्रमको अभिनन्दन गर्न म यहाँ आएको हुँ”, उनले भने ।  उनले हाल रासायनिक मलले मानिसको स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको उल्लेख गर्दै अर्ग्यानिक खेतीमा जोड दिनुपर्ने बताए । उनले भने, “रैथाने खानामा जस्तो स्वाद र शक्ति अहिलेको आधुनिक उत्पादनमा छैन, त्यही भएर अग्र्यानिक खेतीमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।” 

राजधानीमा रहेको कालीमाटी कृषि बजार मात्रैले नपुग्ने भएकाले यस्ता अरु चार पाँच वटा बजार आवश्यक भएको राष्ट्रपति पौडेलले बताए । 

छ कृषक पुरस्कृत

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलाञ्चोक र सिन्धुपाचोकका विभिन्न विधामा उत्कृष्ट छ किसानलाई पुरस्कार प्रदान गरेका छ । 

पुरस्कृत हुनेमा आलु र बीउ उत्पादनको क्षेत्रमा उत्कृष्ट काभ्रेपलाञ्चोकका पनौती नगरपालिका–३ का राजेन्द्र थापा, आलु र तरकारीखेतीमा उत्कृष्ट पाँचखाल नगरपालिका–१२ का बद्रीप्रसाद ढुङ्गाना र पशुपालनतर्फ उत्कृष्ट हुनुभएका बेथानचोक गाउँपालिका वडा नं. १ का रुपेश पाख्रिन पुरस्कृत भए । 

साथै ट्राउट माछा पालनमा उत्कृष्ट सिन्धुपाल्चोकबाट हेलम्बु गाउँपालिका वडा नं. ४ का दीपककुमार लामिछाने, मेलम्ची पशुपालत र घाँसखेतीमा उत्कृष्ट नगरपालिका वडा नं. ११ का राजकुमार ढकाल र ब्राखापालन र घाँसखेतीमा उत्कृष्ट भइ भोटेकोशी गाउँपालिका वडा नं. १ का विनोद प्रधान पुरस्कृत भए । पुरस्कृत हुनेलाई राष्ट्रपति पौडेलले सम्मानपत्र, दोसल्ला र नगद प्रदान गरे ।

जिल्ला समन्वय समिति, बनेपा नगरपालिका, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय तथा काभे्रपलाञ्चोक उद्योग वाणिज्य सङ्घद्वारा संयुक्तरुपमा आजदेखि आयोजित बृहत् कृषि महोत्सव चार दिनेसम्म सञ्चालन हुनेछ । 


प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री सोमबार, पुस ७, २०८२
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP