Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • राजनीतिमा राष्ट्रिय स्वार्थको खाँचो
राजनीतिमा राष्ट्रिय स्वार्थको खाँचो
सनत गिरी
सनत गिरी शुक्रबार, फागुन ४, २०८०

राजनीतिमा भिन्नभिन्न वाद हुनु स्वाभाविकै हो । तर वादको नाममा राजनीतिलाई दूषित पार्ने खेल बन्द गरिनुपर्छ । आफू भए ठीक आफूभन्दा बाहिर भए बेठीक भन्ने संकीर्ण स्वार्थका कारण राजनीति धुमिल बनेको हो । नेपालमा मात्र होइन विश्वमै राजनीतिलाई तँछाडमछाडले गाँजेको छ । शक्ति राष्ट्रहरुमासमेत देशलाई भन्दा आफ्नै पार्टी, समूह र व्यक्तिलाई मात्र हेरेर राजनीति भइरहेको देखिन्छ । के हामी नेपाली हौं, नेपाल सुहाउँदो राजनीति गर्छौं भनेर भन्न सक्दैनौं ? 

मुलुकको वर्तमान अवस्था धमिलो छ, जनतालाई चित्त बुझ्दो छैन । दलका नेताहरु आ–आफ्नै स्वार्थमा तल्लीन देखिन्छन् । नेताहरुलाई आगामी निर्वाचनको चिन्ता छ, गरिब जनता कसरी बाँचिरहेका छन् भन्ने चिन्ता छैन । चुनावमा सत्तामा पुग्नेमात्र चिन्ता देखिन्छ नेताहरुमा । सत्तामा गएपछि के–के गर्ने भन्ने स्पष्ट भिजन नेताहरुमा देखिन्न ।देशमा बहुमतको राजनीतिक खेल हिजो थियो, आज पनि भइरहेको छ । सत्ता गठबन्धनमा आबद्ध दल सत्ता टिकाउनै व्यस्त देखिन्छन् भने सत्ता बाहिर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता दल पनि जनताका एजेण्डा उठाउनुभन्दा सत्तामा कसरी पुग्ने भन्नेमै केन्द्रित देखिन्छन् । भन्दा रिसाउने, नभन्दा नहुने अवस्था छ, देशमा ।

राजनीतिक अस्थिरता नहोस् भनेर जनताले चाहेकै छन् । तर देशमा राजनीतिक अस्थिरता नहोस् भनेर जनताले चाहेकै छन् । विगत एक वर्षदेखि देशमा राजनीतिक स्थिरता छ त्यो सुखद कुरा हो, तारिफयोग्य विषय हो । हुन त वर्तमान सत्ता गठबन्धन कति समय कायम रहन्छ, त्यो समयले देखाउला । त्यसो त नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने भनेर ‘भद्र सहमति’ भएको भनिन्छ । सुन्नमा आएअनुसार वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्ष, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले दुई वर्ष सरकार चलाउने अथवा प्रधानमन्त्री बन्ने भद्र सहमति भएको भनिएको छ । तर यो भद्र सहमतिबारे प्रमुख पार्टीका नेताहरुले अहिलेसम्म केही बोलेका छैनन् । यदि यो भद्र सहमति कुनै दलले उल्लंघन गरे भने देशमा फेरि राजनीतिक अस्थिरता हुने आँकलन गर्नुपर्ला !

त्यसो त राष्ट्रिय सभाको अध्यक्ष कुन पार्टी बन्ने भनेर सत्ता गठबन्धनमा अहिले फेरि फाटो आइरहेको देखिन्छ । यही विषयलाई लिएर कतै सत्ता गठबन्धन टुट्ने त होइन ? यो संसयको विषय बनेको छ । यदि राष्ट्रिय सभाको अध्यक्षलाई लिएर सत्ता गठबन्धन टुट्यो भने फेरि अर्को कस्तो गठबन्धन बन्ला, राजनीतिले कुन रुप लेला यो अहिल्यै भन्न सक्ने अवस्था छैन ।
त्यसो त प्रमुख प्रतिपक्ष दल नेकपा एमाले वर्तमान सत्ता गठबन्धन जति सक्दो चाडो टुटोस् भन्ने चाहन्छ, त्यो प्रतिपक्षीको धर्म पनि हो । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता सत्ताबाहिर रहेका पार्टी वर्तमान सत्ता गठबन्धन टुटेको अवस्थामा नयाँ राजनीतिक विकल्प दिन तयार भएर बसेका देखिन्छन् ।

Hardik health

यदि वर्तमान सत्ता गठबन्धन टुटेको अवस्थामा नयाँ राजनीतिक विकल्प दिन तयार भएर बसेको देखिन्छ । यदि वर्तमान सत्ता गठबन्धन टुट्यो भने फेरि देशमा राजनीति, फेरि चक्रव्युहमा पर्ने स्पष्ट देखिन्छ । पार्टीहरुले शासन मिलेर चलाउन नसकेको अवस्थामा जनताले अर्को भरपर्दो विकल्प नखोज्लान् भन्न सकिन्न । जनताले दलहरुको काम कारबाही हेरिरहेका छन् । जनता ‘पर्ख’ र ‘हेर’को अवस्थामा छन् ।

त्यसो त देशमा जुनसुकै दल आए पनि जनताको जीविकार्जन माथि उठ्न नसकेको अवस्था छ । देशमा एकपछि अर्को भ्रष्टाचारका शृंखला बढ्दै गएका छन् । अख्तियारले दैनिक भ्रष्टहरुमाथि कारबाही गरेका समाचार आउँछ । तर भ्रष्टहरुले दिनदिनै उन्मुक्ति पाइरहेको देखिन्छ । अख्तियारले भ्रष्टहरुमाथि मुद्दा हाल्ने, अदालतबाट छुट्ने भइरहेको अवस्था छ । यस्तो शृंखलाला कति दिन रहने ?

यता वर्तमान सरकारको काम कारबाही सन्तोषजनक नै देखिन्छ । प्रधानमन्त्री दाहालले पुराना मासिएका (खारेज भएका) उद्योग फेरि पुनर्जीवित गर्ने शृंखला थालेका छन् । यो स्वागतयोग्य छ, धन्यवाद छ प्रधानमन्त्री दाहाललाई । देशमा रोजगारी नपाएर लाखौं युवा विदेशिएका हुन् । त्यसैले देशमै रोजगारीको व्यवस्था गरिए देशका होनाहार युवा विदेशिने क्रम रोकिने थियो । त्यसका लागि सरकारले एउटा–दुईटा होइन, सयौं कलकारखाना आफैंले सञ्चालन गर्नुपर्छ । युवाहरुलाई देशमै रोजगारीको अवसर दिइनुपर्छ ।


वर्तमान सरकार गठन भएपछि ठूला भ्रष्टाचारका फाइल खोलिन थालेको छ, यो पनि राम्रो पक्ष हो । तर यतिमै चित्त बुझाएर बस्न मिल्ने अवस्था छैन । भूकम्पपीडितलाई खोइ सरकारले गाँस बासको व्यवस्था गरेको ? मिटरब्याजीसम्बन्धी कानुन बन्यो । खोइ साहुकारलाई कारबाही भएको ? जनता झन्झन् गरिब भइरहेका छन् । विदेशी ऋण एकपछि अर्को गर्दै बढिरहेको छ । हाम्रै थाप्लोमा छ, खर्बौं ऋण । यो ऋण कसरी तिर्ने ? खालि कोरा भाषणले मात्र देश समृद्ध हुने होइन, भाषण व्यवहारमा उतारिनुपर्छ ।

हुन त नेपाली राजनीतिमा यतिबेला गणतन्त्र कि राजतन्त्र भन्ने बहस पनि भइरहेको छ । राप्रपाजस्ता संसद्मा रहेका शक्ति राजतन्त्रको पक्षमा सडकमा उत्रने तयारीमा छन् । अबको विकल्प के हो, त्यो जनताले नै फैसला देलान् । राप्रपाको आन्दोलनले कस्तो मोड लेला, जनताले कसरी लेलान्, त्यो भविष्यले देखाउला ! तर राप्रपाले अघि सारेको हिन्दूराज्यको एजेण्डा भने स्वागतयोग्य नै हो । किनभने हाम्रो देशमा ८० प्रतिशतभन्दा बढी हिन्दू छन् भने नेपाललाई हिन्दूराज्य बनाउँदा के बिग्रिन्छ ? नेपाललाई हिन्दूराज्य बनाउँदा झन् सबै खुसी हुनुपर्ने हो । नेपाललाई विश्वका हिन्दूहरुको नेतृत्व गर्नुपर्छ ।

हुन त नेपालमा जनताले सोचेअनुसार विकास हुन सकेको छैन । हरेक ठाउँमा भ्रष्टाचार, अनियमितता हुन्छ, अनि कसरी सोचेअनुसार विकास हुनु । ठेकेदारहरु सही र इमान्दार भए भने देशमा विकास पनि सोचेअनुसार हुने छ, हुनुपर्छ । नेपालमा खासगरी विकास निर्माणमै भ्रष्टाचार भइरहेका छन् । यस विषयमा जनताले अझ बढी खबरदारी गर्नुजसरी देखिन्छ । देशमा भ्रष्टाचारविरुद्ध जनताहरु एक हुनुपर्ने बेला आएको छ । खालि सत्तै सत्तामात्र भन्दा देश भने संकटतर्फ गइरहेको अवस्था छ ।

देशमा कस्तो व्यक्ति आए राम्रोसँग देश विकास होला भनेर यो राजनीतिक बहसको विषय बनाउनुपर्छ । देशलाई दल, नेता चाहिन्छ । राजनीति चाहिन्छ तर दल र नेता इमान्दार भइदिनुुप¥यो । हुन त देशका प्रमुख दलहरुले वर्तमानलाई भन्दा भावी निर्वाचन (२०८४) लाई ध्यान दिएर अहिलेदेखि नै चिन्ता गर्न थालेको देखिन्छ । देश र जनताको भन्दा आगामी निर्वाचनमा आफ्नो दललाई कसरी जिताउने ? कसरी प्रधानमन्त्री बन्ने ? भन्ने चिन्ता नेताहरुमा देखिन्छ । राप्रपा, रास्वपाजस्ता फरक धारका दलका नेतामा पनि आगामी निर्वाचनमा कसरी जित्ने भन्ने चिन्ता गरिरहेको स्पष्ट देखिन्छ ।

राजनीतिमा भिन्नभिन्न वाद हुनु स्वाभाविकै हो । तर वादको नाममा राजनीतिलाई दूषित पार्ने खेल बन्द गरिनुपर्छ । आफू भए ठीक आफूभन्दा बाहिर भए बेठीक भन्ने संकीर्ण स्वार्थका कारण राजनीति धुमिल बनेको हो । नेपालमा मात्र होइन विश्वमै राजनीतिलाई तँछाडमछाडले गाँजेको छ । शक्ति राष्ट्रहरुमासमेत देशलाई भन्दा आफ्नै पार्टी, समूह र व्यक्तिलाई मात्र हेरेर राजनीति भइरहेको देखिन्छ । के हामी नेपाली हौं, नेपाल सुहाउँदो राजनीति गर्छौं भनेर भन्न सक्दैनौं ? किन कोही भारतीय लवि, किन कोही चिनियाँ लवि, किन कोही अमेरिकी लवि हुन्छौं । के नेपाल स्वतन्त्र र स्वाधीन राष्ट्र होइन ?

किन हामी नेपाली माटो सुहाउँदो, जनताले रुचाएको व्यवस्था ल्याउन चाहँदैनौं ? नेपालको हितमा किन कांग्रेस, कम्युनिस्ट एक हुँदैनौं । जनता स्वतन्त्र छन् । नेताहरुले जनतालाई यता र उता पारिदिएका छन् । जबसम्म राष्ट्रिय स्वार्थमा हामी एक हुँदैनौं । तबसम्म हाम्रो राष्ट्रिय पहिचान कमजोर बन्दै जाने छ । त्यसैले हामी राष्ट्रकवि माधव घिमिरेले लेखेको कविता सम्झौं– 
नेपाली हामी रहौला कहाँ नेपालै नरहे
उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे,

हामी जुट बनौं । सांसद जित्न, मन्त्री हुन, प्रधानमन्त्री हुन, फरक–फरक भए पनि नेपाल जित्न एक होऔं । अब जसरी हुन्छ हामी एक हुनेतर्फ सोचौं !
 


प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP