Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
विचार
  • Home
  • विचार
  • राजनीतिमा राष्ट्रिय स्वार्थको खाँचो
राजनीतिमा राष्ट्रिय स्वार्थको खाँचो
सनत गिरी
सनत गिरी शुक्रबार, फागुन ४, २०८०

राजनीतिमा भिन्नभिन्न वाद हुनु स्वाभाविकै हो । तर वादको नाममा राजनीतिलाई दूषित पार्ने खेल बन्द गरिनुपर्छ । आफू भए ठीक आफूभन्दा बाहिर भए बेठीक भन्ने संकीर्ण स्वार्थका कारण राजनीति धुमिल बनेको हो । नेपालमा मात्र होइन विश्वमै राजनीतिलाई तँछाडमछाडले गाँजेको छ । शक्ति राष्ट्रहरुमासमेत देशलाई भन्दा आफ्नै पार्टी, समूह र व्यक्तिलाई मात्र हेरेर राजनीति भइरहेको देखिन्छ । के हामी नेपाली हौं, नेपाल सुहाउँदो राजनीति गर्छौं भनेर भन्न सक्दैनौं ? 

मुलुकको वर्तमान अवस्था धमिलो छ, जनतालाई चित्त बुझ्दो छैन । दलका नेताहरु आ–आफ्नै स्वार्थमा तल्लीन देखिन्छन् । नेताहरुलाई आगामी निर्वाचनको चिन्ता छ, गरिब जनता कसरी बाँचिरहेका छन् भन्ने चिन्ता छैन । चुनावमा सत्तामा पुग्नेमात्र चिन्ता देखिन्छ नेताहरुमा । सत्तामा गएपछि के–के गर्ने भन्ने स्पष्ट भिजन नेताहरुमा देखिन्न ।देशमा बहुमतको राजनीतिक खेल हिजो थियो, आज पनि भइरहेको छ । सत्ता गठबन्धनमा आबद्ध दल सत्ता टिकाउनै व्यस्त देखिन्छन् भने सत्ता बाहिर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता दल पनि जनताका एजेण्डा उठाउनुभन्दा सत्तामा कसरी पुग्ने भन्नेमै केन्द्रित देखिन्छन् । भन्दा रिसाउने, नभन्दा नहुने अवस्था छ, देशमा ।

राजनीतिक अस्थिरता नहोस् भनेर जनताले चाहेकै छन् । तर देशमा राजनीतिक अस्थिरता नहोस् भनेर जनताले चाहेकै छन् । विगत एक वर्षदेखि देशमा राजनीतिक स्थिरता छ त्यो सुखद कुरा हो, तारिफयोग्य विषय हो । हुन त वर्तमान सत्ता गठबन्धन कति समय कायम रहन्छ, त्यो समयले देखाउला । त्यसो त नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने भनेर ‘भद्र सहमति’ भएको भनिन्छ । सुन्नमा आएअनुसार वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्ष, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले दुई वर्ष सरकार चलाउने अथवा प्रधानमन्त्री बन्ने भद्र सहमति भएको भनिएको छ । तर यो भद्र सहमतिबारे प्रमुख पार्टीका नेताहरुले अहिलेसम्म केही बोलेका छैनन् । यदि यो भद्र सहमति कुनै दलले उल्लंघन गरे भने देशमा फेरि राजनीतिक अस्थिरता हुने आँकलन गर्नुपर्ला !

त्यसो त राष्ट्रिय सभाको अध्यक्ष कुन पार्टी बन्ने भनेर सत्ता गठबन्धनमा अहिले फेरि फाटो आइरहेको देखिन्छ । यही विषयलाई लिएर कतै सत्ता गठबन्धन टुट्ने त होइन ? यो संसयको विषय बनेको छ । यदि राष्ट्रिय सभाको अध्यक्षलाई लिएर सत्ता गठबन्धन टुट्यो भने फेरि अर्को कस्तो गठबन्धन बन्ला, राजनीतिले कुन रुप लेला यो अहिल्यै भन्न सक्ने अवस्था छैन ।
त्यसो त प्रमुख प्रतिपक्ष दल नेकपा एमाले वर्तमान सत्ता गठबन्धन जति सक्दो चाडो टुटोस् भन्ने चाहन्छ, त्यो प्रतिपक्षीको धर्म पनि हो । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता सत्ताबाहिर रहेका पार्टी वर्तमान सत्ता गठबन्धन टुटेको अवस्थामा नयाँ राजनीतिक विकल्प दिन तयार भएर बसेका देखिन्छन् ।

Hardik health

यदि वर्तमान सत्ता गठबन्धन टुटेको अवस्थामा नयाँ राजनीतिक विकल्प दिन तयार भएर बसेको देखिन्छ । यदि वर्तमान सत्ता गठबन्धन टुट्यो भने फेरि देशमा राजनीति, फेरि चक्रव्युहमा पर्ने स्पष्ट देखिन्छ । पार्टीहरुले शासन मिलेर चलाउन नसकेको अवस्थामा जनताले अर्को भरपर्दो विकल्प नखोज्लान् भन्न सकिन्न । जनताले दलहरुको काम कारबाही हेरिरहेका छन् । जनता ‘पर्ख’ र ‘हेर’को अवस्थामा छन् ।

त्यसो त देशमा जुनसुकै दल आए पनि जनताको जीविकार्जन माथि उठ्न नसकेको अवस्था छ । देशमा एकपछि अर्को भ्रष्टाचारका शृंखला बढ्दै गएका छन् । अख्तियारले दैनिक भ्रष्टहरुमाथि कारबाही गरेका समाचार आउँछ । तर भ्रष्टहरुले दिनदिनै उन्मुक्ति पाइरहेको देखिन्छ । अख्तियारले भ्रष्टहरुमाथि मुद्दा हाल्ने, अदालतबाट छुट्ने भइरहेको अवस्था छ । यस्तो शृंखलाला कति दिन रहने ?

यता वर्तमान सरकारको काम कारबाही सन्तोषजनक नै देखिन्छ । प्रधानमन्त्री दाहालले पुराना मासिएका (खारेज भएका) उद्योग फेरि पुनर्जीवित गर्ने शृंखला थालेका छन् । यो स्वागतयोग्य छ, धन्यवाद छ प्रधानमन्त्री दाहाललाई । देशमा रोजगारी नपाएर लाखौं युवा विदेशिएका हुन् । त्यसैले देशमै रोजगारीको व्यवस्था गरिए देशका होनाहार युवा विदेशिने क्रम रोकिने थियो । त्यसका लागि सरकारले एउटा–दुईटा होइन, सयौं कलकारखाना आफैंले सञ्चालन गर्नुपर्छ । युवाहरुलाई देशमै रोजगारीको अवसर दिइनुपर्छ ।


वर्तमान सरकार गठन भएपछि ठूला भ्रष्टाचारका फाइल खोलिन थालेको छ, यो पनि राम्रो पक्ष हो । तर यतिमै चित्त बुझाएर बस्न मिल्ने अवस्था छैन । भूकम्पपीडितलाई खोइ सरकारले गाँस बासको व्यवस्था गरेको ? मिटरब्याजीसम्बन्धी कानुन बन्यो । खोइ साहुकारलाई कारबाही भएको ? जनता झन्झन् गरिब भइरहेका छन् । विदेशी ऋण एकपछि अर्को गर्दै बढिरहेको छ । हाम्रै थाप्लोमा छ, खर्बौं ऋण । यो ऋण कसरी तिर्ने ? खालि कोरा भाषणले मात्र देश समृद्ध हुने होइन, भाषण व्यवहारमा उतारिनुपर्छ ।

हुन त नेपाली राजनीतिमा यतिबेला गणतन्त्र कि राजतन्त्र भन्ने बहस पनि भइरहेको छ । राप्रपाजस्ता संसद्मा रहेका शक्ति राजतन्त्रको पक्षमा सडकमा उत्रने तयारीमा छन् । अबको विकल्प के हो, त्यो जनताले नै फैसला देलान् । राप्रपाको आन्दोलनले कस्तो मोड लेला, जनताले कसरी लेलान्, त्यो भविष्यले देखाउला ! तर राप्रपाले अघि सारेको हिन्दूराज्यको एजेण्डा भने स्वागतयोग्य नै हो । किनभने हाम्रो देशमा ८० प्रतिशतभन्दा बढी हिन्दू छन् भने नेपाललाई हिन्दूराज्य बनाउँदा के बिग्रिन्छ ? नेपाललाई हिन्दूराज्य बनाउँदा झन् सबै खुसी हुनुपर्ने हो । नेपाललाई विश्वका हिन्दूहरुको नेतृत्व गर्नुपर्छ ।

हुन त नेपालमा जनताले सोचेअनुसार विकास हुन सकेको छैन । हरेक ठाउँमा भ्रष्टाचार, अनियमितता हुन्छ, अनि कसरी सोचेअनुसार विकास हुनु । ठेकेदारहरु सही र इमान्दार भए भने देशमा विकास पनि सोचेअनुसार हुने छ, हुनुपर्छ । नेपालमा खासगरी विकास निर्माणमै भ्रष्टाचार भइरहेका छन् । यस विषयमा जनताले अझ बढी खबरदारी गर्नुजसरी देखिन्छ । देशमा भ्रष्टाचारविरुद्ध जनताहरु एक हुनुपर्ने बेला आएको छ । खालि सत्तै सत्तामात्र भन्दा देश भने संकटतर्फ गइरहेको अवस्था छ ।

देशमा कस्तो व्यक्ति आए राम्रोसँग देश विकास होला भनेर यो राजनीतिक बहसको विषय बनाउनुपर्छ । देशलाई दल, नेता चाहिन्छ । राजनीति चाहिन्छ तर दल र नेता इमान्दार भइदिनुुप¥यो । हुन त देशका प्रमुख दलहरुले वर्तमानलाई भन्दा भावी निर्वाचन (२०८४) लाई ध्यान दिएर अहिलेदेखि नै चिन्ता गर्न थालेको देखिन्छ । देश र जनताको भन्दा आगामी निर्वाचनमा आफ्नो दललाई कसरी जिताउने ? कसरी प्रधानमन्त्री बन्ने ? भन्ने चिन्ता नेताहरुमा देखिन्छ । राप्रपा, रास्वपाजस्ता फरक धारका दलका नेतामा पनि आगामी निर्वाचनमा कसरी जित्ने भन्ने चिन्ता गरिरहेको स्पष्ट देखिन्छ ।

राजनीतिमा भिन्नभिन्न वाद हुनु स्वाभाविकै हो । तर वादको नाममा राजनीतिलाई दूषित पार्ने खेल बन्द गरिनुपर्छ । आफू भए ठीक आफूभन्दा बाहिर भए बेठीक भन्ने संकीर्ण स्वार्थका कारण राजनीति धुमिल बनेको हो । नेपालमा मात्र होइन विश्वमै राजनीतिलाई तँछाडमछाडले गाँजेको छ । शक्ति राष्ट्रहरुमासमेत देशलाई भन्दा आफ्नै पार्टी, समूह र व्यक्तिलाई मात्र हेरेर राजनीति भइरहेको देखिन्छ । के हामी नेपाली हौं, नेपाल सुहाउँदो राजनीति गर्छौं भनेर भन्न सक्दैनौं ? किन कोही भारतीय लवि, किन कोही चिनियाँ लवि, किन कोही अमेरिकी लवि हुन्छौं । के नेपाल स्वतन्त्र र स्वाधीन राष्ट्र होइन ?

किन हामी नेपाली माटो सुहाउँदो, जनताले रुचाएको व्यवस्था ल्याउन चाहँदैनौं ? नेपालको हितमा किन कांग्रेस, कम्युनिस्ट एक हुँदैनौं । जनता स्वतन्त्र छन् । नेताहरुले जनतालाई यता र उता पारिदिएका छन् । जबसम्म राष्ट्रिय स्वार्थमा हामी एक हुँदैनौं । तबसम्म हाम्रो राष्ट्रिय पहिचान कमजोर बन्दै जाने छ । त्यसैले हामी राष्ट्रकवि माधव घिमिरेले लेखेको कविता सम्झौं– 
नेपाली हामी रहौला कहाँ नेपालै नरहे
उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे,

हामी जुट बनौं । सांसद जित्न, मन्त्री हुन, प्रधानमन्त्री हुन, फरक–फरक भए पनि नेपाल जित्न एक होऔं । अब जसरी हुन्छ हामी एक हुनेतर्फ सोचौं !
 


प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत्
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत् आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP