Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • अदुवा उत्पादन घट्दै
अदुवा उत्पादन घट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २, २०८०
Hardik health

उदयपुर– जिल्लाको पश्चिमी पहाडी क्षेत्र, मध्य र पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको व्यावसायिक अदुवा उत्पादन हाल आएर घट्दै गइरहेको छ ।
                    
जिल्लाको पश्चिमी पहाडी क्षेत्रको कटारी नगरपालिकाको सिरीसे, हर्देनी मयङखु, बेतिनी, घुर्मी, सोरुङछबीसे, कटारी, सोमबारे रिस्कु क्षेत्रसहित उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, बर्रे, तावाश्री क्षेत्रमा लामो समयदेखि व्यापकरुपमा उत्पादन हुने गरेको भए पनि कृषकले उचित मूल्य पाउन छाडेपछि हाल आएर अदुवाखेती समेत घट्दै गइरहेको कृषक बताउँछन् ।
           
पाँच÷सात वर्षदेखि अदुवाको उचित मूल्य पाउन छाडिएका कारण आफूहरुले विगतको जस्तो अदुवा खेती विस्तार गर्न छाडेको उदयपुर गढी भलायाडाँडाका कृषक बमबहादुर मगर बताउछन् । कटारी–१० सोरुङछबीसेका कृषक गौरबहादुर राउत भन्छन्, “अदुवा खरीदकर्ताले उचित मूल्य नै दिन मान्दैनन्, दुख गरेर अदुवाखेती गरे पनि उचित मूल्य नपाएपछि गाउँलेले पहिलेको जस्तो धेरै खेती गर्न छाडे ।”
                   
अर्का कृषक बेदबहादुर तामाङले जिल्लाभित्र वा बाहिरका बिचौलिया आएर सुरुमा नै रु ५० देखि ६० सम्म प्रतिकिलो मूल्य तोकेर खरिद गर्ने गेको बताए । उनले भने , “उनीहरुले गाउँबाट बाहिर लगेर रु एक सय २५ देखि रु डेढ सय प्रतिकिलोमा बिक्री गर्छन्, हामी वर्षेनी ठगिन पर्ने बाध्यता छ ।”
               
कटारी रिस्कु सोमबारेका कृषक रामु दनुवारका अनुसार वर्षेनी बाहिरका मान्छे आएर अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण कृषकले उचित मूल्य नपाएर कम मात्र अदुवा खेती गर्ने गरेका छन् । गाउँघरबाट सस्तोमा खरिद गरेका अदुवा व्यापारीले विराटनगर, जनकपुर, वीरगञ्ज लगेर महङ्गोमा बिक्री गर्ने गरेका कृषक बताउँछन् ।
             
आफूहरुले नसे र बोसे जातको अदुवा उत्पादन गर्ने गरेको सोमबारेका कृषक पदम दनुवार बताउछन् । अदुवा खरीदकर्ता तथा व्यापारीले अदुवाको जातअनुसार फरक मूल्य निर्धारण गर्ने गरेका कारण आफुहरुले उचित मूल्य नपाएको कृषक बताउँछन् ।
             
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा २०७५ सालदेखि २०७८ सालसम्म वर्षेनी पाँच सय ८८ हेक्टरदेखि पाँच सय ८३ हेक्टर क्षेफलमा अदुवाखेती हुँदै आएको देखिन्छ । विसं २०७९ र २०८० मा आएर पाँच सय ७७ हेक्टर क्षेत्रफलमा मात्र अदुवाखेती भएको तथ्याङक रहेको ज्ञान केन्द्रका सूचना अधिकारी तथा अधिकृत फुलमाया शेर्पा बताउछन् ।
                      
जिल्लाको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकासहित चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर चौदण्डीगढी क्षेत्रमा समेत हाल व्यावसायिक रुपमा अदुवा उत्पादन हुँदै गइरहेको ज्ञान केन्द्रले जनाएको छ । समयअनुसार उचित मूल्य नपाएपछि कृषकले विगतजस्तो व्यापकरुपमा अदुवाखेती विस्तार गर्न छाडेको कृषक बताउँछन् ।
 


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP