Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • भरतपुर अस्पतालमा मौसमी ‘फ्लू’ का बिरामी बढे
भरतपुर अस्पतालमा मौसमी ‘फ्लू’ का बिरामी बढे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २, २०८०

नारायणगढ-  विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ । मौसमी ‘फ्लू’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको हो । 

अस्पतालका चिकित्सकका अनुसार पछिल्लो समय बहिरङ्ग विभागमा रुघा, खोकी, ज्वरो भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको हो । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार मौसममा आएको परिवर्तनसँगै भाइरसका कारण लाग्ने इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हो । अहिले दैनिक तीनदेखि चार सय हाराहारी बिरामीलाई हेर्दा त्यसको २० प्रतिशतमा भाइरलको समस्या देखिएको हो । 

विगत महिनाको तुलनामा अहिले फ्लूका बिरामीको सङ्ख्या बढिरहेको उनले बताए । फ्लू लागेका बिरामीमा रुघा लाग्ने, टाउको दुख्ने, शरिर दुख्ने खोकी लाग्ने लगायतका लक्ष्यण देखिने गरेको उनले बताए । फ्लूको शङ्का लागेर रगतको परीक्षण गरेर प्रमाणित गर्ने गरेको उनको भनाइ छ ।

Hardik health

उनले भने, “र्‍यापिट परीक्षण यहीबाट हुने भए पनि अन्य परीक्षण भने राष्ट्रिय प्रयोगशाला पठाउने गरिएको छ ।” मानव शरीरमा इन्फ्लूएन्जा ‘ए’ र ‘बी’ हुने गरेको भन्दै उनले अहिले अत्यधिक मात्रामा इन्फ्लूएन्जा ए बढी देखिएको उहाँले बताउनुभयो । यो भाइसरका कारण हुने भएकाले आराम गर्ने, पानी धेरै खाने, सामान्य सिटामोलको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

पाँच वर्षभन्दा मुनिका बच्चा र ६० वर्षभन्दामाथिका वृद्धवृद्धामा बढी यो समस्या देखिने उहाँले जानकारी दिए । “मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या भएका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, मिर्गाैला प्रत्यारोपण गरेका बिरामीलाई निमोनिय बनाउने, श्वासप्रश्वासमा समस्या बनाउने जस्ता लक्षण देखिने हुन्छ”, उनी भन्छन्, “त्यस्तो अवस्थामा बिरामीलाई भर्ना गरेर औषधि दिनुपर्ने हुनसक्छ ।”

तातोपानी, झोलिलो पदार्थ प्रशस्त सेवन गर्ने, आराम गर्ने, चिसोबाट बच्ने, पौष्टिक तत्व सेवन गर्ने लगायतका उपाय अपनाएमा इन्फ्लूएन्जाबाट बच्न सकिने डा पौडेलले बताए । सावधानीका लागि सामाजिक दुरी कायम गर्न सके उत्तम हुने उनले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हुँदा सावधानी अपनाउन उनको सुझाव छ । 


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु शुक्रबार, चैत ६, २०८२
बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै
बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै शुक्रबार, चैत ६, २०८२
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान शुक्रबार, चैत ६, २०८२
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने बिहीबार, चैत ५, २०८२
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान बिहीबार, चैत ५, २०८२
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP