Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘अध्यक्ष प्रत्यक्ष चुनावबाट, पार्टीको नाम नफेरौं’
माओवादी केन्द्रको विधान सम्मेलन ‘अध्यक्ष प्रत्यक्ष चुनावबाट, पार्टीको नाम नफेरौं’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, माघ २८, २०८०
  • पार्टी अध्यक्षसहितका पदाधिकारी प्रत्यक्ष चुनाव निर्वाचित हुनुपर्ने सुझाव
  • पार्टीको नामभन्दा नेताको आचरण र व्यवहार फेर्नुपर्नेमा जोड
  • नेताहरूको उमेर हद तोक्नुपर्ने, एक कार्यकालभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्नुपर्ने सुझाव

काठमाडौं– सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रको विधान सम्मेलन अबको दुई दिनपछि अर्थात् १ फागुनमा हुँदै छ । यो विधान सम्मेलनलाई माओवादी नेताहरूले महत्वका साथ हेरेका छन् । 

पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार पार्टीको पालिका तहको कमिटीसम्मै विधान पठाइएको छ । उनले पालिका कमिटीबाट जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सुझावहरू आइरहेको बताए । 

‘विधानलाई समयानुकूल परिमार्जन गर्नुपर्ने छ । त्यसका लागि हामीले पार्टीको तल्ला कमिटीबाटै सुझाव लिएर परिमार्जन गर्ने भनेका छौं । सुझावहरू पनि आइरहेका छन्,’ उनले प्रभावसँग भने, ‘ग्राह्य सुझावका आधारमा विधान परिमार्जन गर्छौं ।’

विधानलाई समयानुकूल परिमार्जन गर्नुपर्ने छ । त्यसका लागि हामीले पार्टीको तल्ला कमिटीबाटै सुझाव लिएर परिमार्जन गर्ने भनेका छौं । सुझावहरू पनि आइरहेका छन् । ग्राह्य सुझावका आधारमा विधान परिमार्जन गर्छौं ।
देवेन्द्र पौडेल
सचिव, माओवादी केन्द्र

Hardik health

विधान सम्मेलनका लागि तल्ला कमिटीहरूबाट आएका सुझावहरू भने प्रधानमन्त्री दाहाललाई झस्काउने खालका छन् । माओवादी कोशी प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्बाङ पार्टी केन्द्रीय अध्यक्षसहितका पदाधिकारीहरू प्रत्यक्ष चुनावबाट निर्वाचित हुनुपर्ने खालका सुझावहरू आएका छन् । उमेर हद तोक्नुपर्ने अर्को सुझाव पनि आएको छ । स्थानीय तहमा दुई कार्यकालभन्दा बढी बस्न नपाएजस्तै पार्टीमा पनि प्रदेश र संघीय संसदमा दुई कार्यकालभन्दा बढी सांसद हुन नपाउने व्यवस्था विधानमा गर्नुपर्ने सुझाव पनि आएका छन् । 

यो सुझाव कार्यान्वयन भएको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष दाहालसमेत प्रभावित हुने छन् । यी अधिकांश सुझाव कोशी प्रदेशबाट आएका हुन् । गण्डकी प्रदेशबाट भने पार्टीको नाम फेर्न नहुने प्रस्ताव अधिकांशको आएको छ । इतिहासमा महत्वपूर्ण मानिने सशस्त्र विद्रोह नेकपा माओवादी नामबाटै लडिएको र सोही विद्रोहको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको दोस्रो जनआन्दोलन भएकाले पार्टीको नाम फेर्नु गलत हुने सुझाव आएको सहयात्रीले बताए । 


हाल माओवादीभित्र पार्टीको नाम परिवर्तन गर्ने बहस जारी छ । जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समजावादी र पार्टीका पूर्वउपाध्यक्षसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईलगायतलाई पार्टी धु्रवीकरणका लागि पनि नाम फेर्नुपर्ने बहस सतहमा छ । यद्यपि, पार्टीको गण्डकी प्रदेशको तल्ला तहबाट भने पार्टीको नाम नेकपा माओवादी केन्द्र नै हुनुपर्ने सुझावहरू बढी आएका छन् ।

बरू, पार्टीका नेताहरूको काम गर्ने तरिकासँगै आचरण र व्यवहार फेर्नुपर्ने अधिकांशको सुझाव छ । कुनै देशको पिआर भएकालाई पार्टीको सदस्यता दिन नहुने पनि गण्डकी प्रदेशका स्थानीय तहबाट सुझाव आएको छ । विधानमा समावेश गर्ने प्रावधानबारेको राय सुझाव संकलनको क्रम भने सकिन लागेको छ । अधिकांश पार्टीको प्रदेश समितिले सुझाव संकलन गरेर बुझाइसकेको र संलेश्लेषण गरेर विधान सम्मेलनमा प्रस्तुत गर्न भने बाँकी छ । 
आएका सुझावहरू पार्टी केन्द्रीय समिति ९९ सदस्यीय बनाएर जिल्ला समितिलाई कार्यकारी बनाउनुपर्ने सुझाव पनि आएको छ । पार्टीको उम्मेदवार छनोट पार्टीले छान्न नहुने अर्को सुझाव पनि तल्ला कमिटीबाट आएको पार्टीको कोशी अध्यक्ष नेम्बाङले बताए । उनका अनुसार जनताले उम्मेदवारलाई प्रि–इलेक्सनबाट चयन गर्नुपर्ने सुझाव आएको माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क नेम्बाङले बताए ।

नेम्बाङले भने जसरी प्रि–इलेक्सनबाट उम्मेदवार छनोट पनि यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको थियो । यस्तो प्रणाली अमेरिकी राष्ट्रपतीय प्रणालीमा अमेरिकामा हुन्छ । जहाँ राष्ट्रपतिको उम्मेदवार डेमोक्रेटिक वा रिपबलिकनबाट हुनलाई प्रि–इलेक्सन अनिवार्य छ । 

सोहीअनुसार माओवादीमा पनि उम्मेदवार छनोटको सन्दर्भमा प्रि–इलेक्सनको माग पहिलोपटक आएको हो । यसअघि यस्तो माग माओवादीमा आएको थिएन । पार्टीको लुम्बिनी प्रदेशबाट भने पार्टीलाई बहुपदबाट महासचिव प्रणालीमा जानुपर्ने प्रस्ताव आएको छ । प्रदेश समिति र निर्वाचन क्षेत्रलाई पनि कार्यकारी अधिकार दिनुपर्ने सुझाव आएका छन् ।


यस्तै, बागमतीबाट नेताहरूको उमेर हद तोक्दा पदाधिकारीको तोक्नुपर्ने तर अरू सदस्यहरूको तोक्न नहुने सुझाव आएको छ । प्रदेशका नेता कार्यकर्तामध्ये समितिको आकार सानो बनाउनुपर्ने एक थरीको सुझाव छ । मधेस प्रदेशबाट पनि पार्टी कामकारबाही चुस्त दुरुस्त हुन नसकेका कारण जिल्लालाई कार्यकारी भूमिका दिनुपर्ने आवाज उठेको छ ।

तर, विधान सम्मेलन गरेर केही प्रावधानमा परिमार्जन गरिए पनि पार्टी नेतृत्वले विधानको पालना नगर्न सक्ने आशंका पनि प्रकट हुँदै आएको छ । यसबारे पछिल्लो समय पार्टी उपमहासचिव जनार्दन शर्मा घरीघरी अध्यक्ष दाहालप्रति कड्किन्छन् । उनले नै विधानको प्रावधानमाथि टेकेको आरोप पनि लगाउने गरेका छन् ।

प्रस्तावको जिम्मा पदाधिकारीलाई 
आगामी फागुनको १, २ र ३ गते हुने विधान सम्मलेनको प्रस्ताव तयार गर्ने जिम्मेवारी पदाधिकारीले पाएका छन् । पार्टीको स्थायी कमिटी बैठकले सम्मेलनमा प्रस्तुत गर्ने प्रस्ताव तयार गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको हो । स्थायी कमिटी बैठकमा भने नेताहरूबीच १५१ सदस्यीय केन्द्रीय कमिटी सदस्य हुने अनौपचारिक समझदारी भएको छ । 
 


प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘उपत्यकाको एकीकृत विकासमा जोड’
‘उपत्यकाको एकीकृत विकासमा जोड’ बुधबार, माघ २१, २०८२
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा बुधबार, माघ २१, २०८२
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो बुधबार, माघ २१, २०८२
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती मंगलबार, माघ २०, २०८२
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल सोमबार, माघ १९, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP