Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • गण्डकीमा क्षेत्रफलसँगै सुन्ताला उत्पादन बढ्यो
गण्डकीमा क्षेत्रफलसँगै सुन्ताला उत्पादन बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १८, २०८०

गण्डकी– गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार दुई सय २८ मेट्रिक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार आठ सय ९७ मेट्रिक टनले बढी हो । 

प्रदेशको कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा ५२ हजार तीन सय ३१ मेट्रिक टन सुन्तला फलेको थियो । आव २०७८/०७९ माजम्मा ५० हजार  आठ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । 

सुन्तला खेतीको क्षेत्रफल विस्तारसँगै पछिल्लो तीन वर्षयता सुन्तलाको उत्पादन लगातार वृद्धि भएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए । आव २०७८/७९ मा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती गरिएकामा चालु आवमा सो क्षेत्रफल बढेर आठ हजार १७ हेक्टर पुगेको उनको भनाइ छ ।

“प्रदेशमा सुन्तला उत्पादन बढिरहेको छ, तीन वर्षअघि प्रतिहेक्टरमा नौ दशमलव ७८ मेट्रिक सुन्तला फलेको थियो भने यस वर्ष प्रतिहेक्टरमा १० दशमलव ६५ मेट्रिक टन उत्पादन भएको छ”, प्रमुख रेग्मीले भने, “फल दिने नयाँ बोट थपिनु, बगैँचा व्यवस्थापन, रेखदेख, रोगकिरा नलाग्नु, अनुकूल मौसम जस्ता कारणले सुन्तलाको उत्पादन वृद्धि भएको हो ।”

Hardik health

निर्देशनालयका कृषि अर्थ विज्ञ शशी अधिकारीले चालु आवमा सबैभन्दा बढी स्याङ्जामा १९ हजार ९० मेट्रिक टन सुन्तला फलेको जानकारी दिए । उत्पादकत्वका दृष्टिले पनि सबैभन्दा बढी स्याङ्जामा प्रतिहेक्टर १४ दशमलव ४६ मेट्रिक टन सुन्तला फलेको उनको भनाइ छ । यस वर्ष सबैभन्दा कम लमजुङमा चार सय ५० मेट्रिक सुन्तला उत्पादन छ । लमजुङमा जम्मा एक सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । 

गोरखामा चार हजार नौ सय ७२ दसमलव ५०, तनहुँमा ११ हजार पाँच सय १८, कास्कीमा पाँच हजार चार सय ३५, पर्वतमा चार हजार १५, म्याग्दीमा ती हजार छ सय, बागलुङमा तीन हजार नौ सय २० र नवलपुरमा एक हजार दुई सय २७ मेट्रिक टन सुन्तला उत्पादन भएको जनाइएको छ । 

गण्डकीका ११ जिल्लामध्ये हिमाली जिल्ला मुस्ताङ र मनाङमा भने सुन्तला खेती नहुने कृषि अर्थविज्ञ अधिकारीले जानकारी दिए । 

निर्देशनालयका प्रमुख रेग्मीले गण्डकी देशमै बढी सुन्तला उत्पादन गर्ने प्रदेशमा पर्ने बताए । किसानले पाउने प्रतिकिलो रु ५५ औसत मूल्यका आधारमा यस वर्ष गण्डकीमा रु दुई अर्ब ९८ करोड, २५ लाख, ४० हजार बराबरको सुन्तला उत्पादन भएको प्रमुख रेग्मीले बताए । सुरुसुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजाने गरेको उनको भनाइ छ ।

“बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै हुँदैन, व्यापारीले किलोलाई रु एक सयदेखि एक सय ५० सम्ममा बेच्छन्, फागुन, चैतमा मूल्य अझ बढ्छ, हामीले त सुन्तला फलाउने किसानले कति कमाए भनेर हेर्नुपर्छ”, प्रमुख रेग्मीले भने, “जिल्लाले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गर्दा गण्डकीमा वार्षिक करिब रु तीन अर्ब बराबरको सुन्तला उत्पादन हुने गरेको देखिन्छ ।”

गण्डकीमा सुन्तला विस्तार भएर आठ हजार १७ हेक्टरमा फैलिए पनि उत्पादन दिने बोटले ओगटेको क्षेत्रफल भने जम्मा पाँच हजार ९२ हेक्टर छ । सुन्तलाको उत्पादन बर्सेनि बढ्दै जाँदा किसानलाई भने बजारको चिन्ता थपिन सक्ने निर्देशनालयका प्रमुख रेग्मीले बताए । सुन्तलामा आधारित उद्योग सञ्चालनमा राज्य र व्यावसायिक क्षेत्रले लगानी गर्नुपर्ने उनको भनाइ छ । 

प्रमुख रेग्मीले रोगकिराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभावआदि सुन्तला खेतीमा देखिने गरेका चुनौती हुन् । बोट सुकेर मर्ने रोग, औँशे किरालगायतले पनि सुन्तला खेतीमा बेलाबेलामा क्षति पु¥याउँदै आएको छ ।

“सुन्तला खेती प्रवर्द्धनमा किसानलाई सरकारले पनि अनुदान, सीप र प्रविधि दिएर सघाइरहेको छ”, प्रमुख रेग्मीले भने, “बगैँचाको रेखदेख, व्यवस्थापनमा किसान नै बढी चनाखो हुनुपर्छ, अनुदान पाए गर्ने नत्र वास्ता नगर्ने प्रवृत्ति पनि कतिपय किसानमा छ, त्यो गलत हो ।” सुन्तला खेती विस्तार र व्यवसायीकरणका लागि विभिन्न जिल्लामा सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् । 

बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर ‘सुन्तला जोन’ कार्यक्रम सञ्चालन गरिएपछि पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफमा सुन्तला खेती विस्तार भएको ‘सुन्तला जोन’ एकाइ कार्यालयले जनाएको छ । 

‘सुन्तला जोन’मा बढी सुन्तला उत्पादन हुने बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायतका गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम लागू भइरहेको छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको हो । 

स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारीलगायत गाउँ सुन्तला खेतीका लागि बढी चिनिन्छन् । तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको सहिद लखन गाउँपालिकामा पनि सुन्तला खेती बढी हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुन्छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पु¥याउँछन् । 

उत्पादन जति बढ्दा पनि बजारको अभाव नहुने र श्रमको उचित मूल्य पाउने सुनिश्चिता गर्न सके सुन्तला खेतीमा किसानको आकर्षण अझै बढ्ने निर्देशनालयका प्रमुख रेग्मीले बताए । “नगदे बाली भएकाले सुन्तला खेतीबाट किसान सन्तुष्ट छन्, सुन्तला बेचेर वार्षिक दशौँ लाख कमाउने किसान पनि हामीकहाँ छन्”, उनले भने।


प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP