Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • एउटै वडाबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य
एउटै वडाबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १६, २०८०

धुलिखेल – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बेथानचोक गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर लामाले बताए । 
    
उनले वडा नं–४ पालिकामै राम्रो सुन्तला उत्पादन हुने क्षेत्र भएको बताए । उनका अनुसार सो वडाको धर्मशाला, कार्कीगाउँ, खड्का गाउँ, सिम्ले सञ्जेलगाउँ, लामागाउँ, पाख्रिनगाउँ लगायतका स्थानमा सुन्तला राम्रो फलेको छ । यहाँका किसनाको मुख्य आम्दानीको स्रोत नै सुन्तला हुने गरेको छ । 

“मैले वार्षिक रु एक लाख ५० हजारभन्दा बढीको सुन्तला बिक्री गर्दै आएको छु”,  वडाध्यक्ष लामाले भने, “यसवर्ष मात्रै एक लाख ७२ हजारको बिक्री गरेको छु, अझै केही टिप्न बाँकी छ ।” भूकम्पपछिका पछिल्ला केही वर्षमा सुन्तला उत्पादनमा ह्रास आएको भए पनि यस वर्ष निकै राम्रो फलेको उनले बताए ।

केही वर्ष अगाडि बोट सुक्ने र कीरा लाग्ने समस्या रहेकोमा पालिकाको कृषि शाखाबाट गतवर्ष कीटनासक औषधि छर्नका लागि अनुदान पाएपछि यसवर्ष राम्रो फलेको उनको भनाइ छ ।

Hardik health

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाका–४ लगायत अन्य वडामा पनि किसानले राम्रो सुन्तला उत्पादन गर्दै आएकाले पालिकाले गत वर्षदेखि सुन्तला प्रबद्र्धनका लागि कृषि शाखामार्फत आवश्यक सहयोग गर्दै आएको बताए । “गतवर्ष किसानका लागि कीटनासक औषधि छर्नका लागि केही सहयोग ग¥याँै, जसबाट यसवर्ष सुन्तला राम्रो उत्पादन भएको पाएको छु”, उनले बताए, “किसानको उत्साह र उत्पादन भएको सुन्तलाबाट राम्रो आम्दानी लिनसक्ने भएकाले वडा नं ४ लाई सुन्तलाको पकेट क्षेत्र बनाउने योजनामा पालिका लागिपरेको छ ।”

पालिकाले सुन्तला पकेट क्षेत्र बनाउने उद्देश्यले चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट सुन्तला प्रवद्र्धन कार्यक्रम लागू हुने गरी रु १० लाख बजेट व्यवस्थापन गरेको उनले बताए। विज्ञ टोलीलाई अनुसन्धान गर्न लगाउने र समस्या समाधान र तथा अझै राम्रो उत्पादनका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर विज्ञको सुझावसहित किसानको मागका आधारमा थप योजना बनाउने क्रममा रहेको उपाध्यक्ष तिमल्सिनाले बताए ।

गाउँपालिकाको भुग्देउको तावरी, गोलगाउँ, सिउरेनी सिमपानी, म्हेदाम्सु, फापरचौर, लड्कुपौवालगायतका ठाउँमा सुन्तला उत्पादन हुने गरेको छ भने वडा नं १ को झिङ्गे, अलकापुरी सुकुमफेदी लगायतका ठाउँमा पनि सुन्तलाखेती हुँदै आएको पालिकाले जनाएको छ । 

यहाँ उत्पादन भएका अधिकांश सुन्तला काठमडौँ र केही जनकपुरको बजारसम्म जाने गरेको किसान बताउँछन् । फल पाकेपछि बोटमा नै ठेकेदारले आएर खरिद गर्ने गरेको कारण उत्पादन भएको सुन्तला बिक्री गर्ने चिन्ता नरहेको यहाँका किसानको भनाइ छ । 
 


प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP