Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
कृषि
  • Home
  • कृषि
  • कृषिमन्त्री भुसालको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
नार्कमा वरीयता मिचेर डा.भट्टराईलाई जिम्मेवारी कृषिमन्त्री भुसालको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १०, २०८०

काठमाडौं– उच्च अदालत पाटनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कायममुकायम कार्यकारी निर्देशकको रुपमा डा. ध्रुवराज भट्टराईलाई कामकाज नगर्न नगराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अन्तरिम आदेश दिएको छ । डा. टीकाराम चापागाईंलगायतले दर्ता गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद पौडेलको एकल इजलासले गत सोमबार उक्त आदेश दिएको हो ।

 कायममुकायमका लागि कानुनी व्यवस्था
परिषद्को कर्मचारी प्रशासन विनियम, २०४९ को दफा १५ को उपदफा (१) को प्रयोजनका लागि सेवाको रिक्त वा पदाधिकार रहेको कुनै विभागीय प्रमुख वा कार्यालय प्रमुखको पदमा कायममुकायम गर्दा उक्त पदमा बढुवाका लागि योग्यता पुगेका सम्बन्धित समूहका उपलब्ध कर्मचारीहरूमध्ये ज्येष्ठता, कार्यकुशलता तथा शैक्षिक योग्यताको आधारमा मन्त्रालयले उपयुक्त ठह¥याएको व्यक्तिलाई कायममुकायम बनाउने उल्लेख छ ।

परिषद्का तात्कालीन कार्यकारी निर्देशक डा. दीपक भण्डारीको उमेर हदका कारण अवकाश पाएसँगै रोलक्रममा दोस्रो नम्बरमा रहेको कर्मचारी स्वतः निमित्त हुने नियम उल्लंघन गदै गत जेठ ३१ गते कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले ४०औं नम्बरमा रहेका कनिष्ठ एस–३ का डा. भट्टराईलाई कामु कार्यकारी निर्देशक बनाएका थिए ।
मन्त्री भुसालले वरीयताक्रमको ४०औं नम्बरमा रहेको व्यक्तिलाई कामु कार्यकारी निर्देशक बनाएपछि वरिष्ठ कर्मचारी अन्तरिम आदेशका लागि उच्च अदालतमा रिट दायर गर्न पुगेका थिए । तर अदालतले सो रिटमाथि तत्काल सुनुवाइ नगरिएपछि भट्टराईले आफूभन्दा वरिष्ठ ३९ जना एस–४ र एस–५ लाई काम गराउने भाग्यमानी कामु कार्यकारी निर्देशक बन्न सफल भएका थिए । कृषि अनुसन्धानमा जुट्नुपर्ने नार्कमा सोही कारण पनि कृषि वैज्ञानिक कर्मचारीबीचको मतभेद बढ्दै गएको थियो । नार्कले नियमित प्रशासनिक कामबाहेक अरु काम गर्न सकिरहेको थिएन ।

Hardik health


छ महिना कामु कार्यकारी निर्देशक चलाएका डा. भट्टराईलाई पुनः कृषिमन्त्री भुसालले २०८० पुस २३ गते दोस्रो कार्यकालका लागि कामु कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पिएका थिए । मन्त्री भुसालले पुनः भट्टराईलाई परिषद्को कर्मचारी प्रशासन विनियम, २०४९ विपरीत जिम्मेवारी दिएपछि डा. टीकाराम चापागार्ई, डा. भानुभक्त पोखरेल र डा. श्रीमत श्रेष्ठसहित तीनजनाले कामु कार्यकारी निर्देशकको जिम्मेवारीमा काम नगर्न नगराउन माग गर्दै उच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सो मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश हरिप्रसाद पौडेलको माघ ८ गतेको एकल इजलासले कामु कार्यकारी निर्देशक भट्टराईलाई काम नगर्न र नगराउन कृषि तथा पशुपन्छी विकासमन्त्री डा. भुसाल, नेपाल कृषि अनुसन्धान परिषद्, कामु जिम्मेवारी सम्हालेका डा. भट्टराई समेतका नाममा अन्तरिम आदेश दिएको हो ।


नार्कमा कार्यरत वैज्ञानिकहरुमध्ये सबैभन्दा वरिष्ठ डा. सुरेन्द्रलाल श्रेष्ठ छन् । डा. दोजराज खनाल वरीयतामा दोस्रो छन् । तर केन्द्रीय कार्यालयको वरीयतामा डा. खनाल एस–६ पहिलो, लुमानीधि पाण्डे दोस्रो एस–५ र टीका कार्की एस–४ तेस्रोमा परेका छन् । 


 


प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री सोमबार, पुस ७, २०८२
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP