Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • कृषिमन्त्री भुसालको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
नार्कमा वरीयता मिचेर डा.भट्टराईलाई जिम्मेवारी कृषिमन्त्री भुसालको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १०, २०८०

काठमाडौं– उच्च अदालत पाटनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कायममुकायम कार्यकारी निर्देशकको रुपमा डा. ध्रुवराज भट्टराईलाई कामकाज नगर्न नगराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अन्तरिम आदेश दिएको छ । डा. टीकाराम चापागाईंलगायतले दर्ता गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद पौडेलको एकल इजलासले गत सोमबार उक्त आदेश दिएको हो ।

 कायममुकायमका लागि कानुनी व्यवस्था
परिषद्को कर्मचारी प्रशासन विनियम, २०४९ को दफा १५ को उपदफा (१) को प्रयोजनका लागि सेवाको रिक्त वा पदाधिकार रहेको कुनै विभागीय प्रमुख वा कार्यालय प्रमुखको पदमा कायममुकायम गर्दा उक्त पदमा बढुवाका लागि योग्यता पुगेका सम्बन्धित समूहका उपलब्ध कर्मचारीहरूमध्ये ज्येष्ठता, कार्यकुशलता तथा शैक्षिक योग्यताको आधारमा मन्त्रालयले उपयुक्त ठह¥याएको व्यक्तिलाई कायममुकायम बनाउने उल्लेख छ ।

परिषद्का तात्कालीन कार्यकारी निर्देशक डा. दीपक भण्डारीको उमेर हदका कारण अवकाश पाएसँगै रोलक्रममा दोस्रो नम्बरमा रहेको कर्मचारी स्वतः निमित्त हुने नियम उल्लंघन गदै गत जेठ ३१ गते कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले ४०औं नम्बरमा रहेका कनिष्ठ एस–३ का डा. भट्टराईलाई कामु कार्यकारी निर्देशक बनाएका थिए ।
मन्त्री भुसालले वरीयताक्रमको ४०औं नम्बरमा रहेको व्यक्तिलाई कामु कार्यकारी निर्देशक बनाएपछि वरिष्ठ कर्मचारी अन्तरिम आदेशका लागि उच्च अदालतमा रिट दायर गर्न पुगेका थिए । तर अदालतले सो रिटमाथि तत्काल सुनुवाइ नगरिएपछि भट्टराईले आफूभन्दा वरिष्ठ ३९ जना एस–४ र एस–५ लाई काम गराउने भाग्यमानी कामु कार्यकारी निर्देशक बन्न सफल भएका थिए । कृषि अनुसन्धानमा जुट्नुपर्ने नार्कमा सोही कारण पनि कृषि वैज्ञानिक कर्मचारीबीचको मतभेद बढ्दै गएको थियो । नार्कले नियमित प्रशासनिक कामबाहेक अरु काम गर्न सकिरहेको थिएन ।

Hardik health


छ महिना कामु कार्यकारी निर्देशक चलाएका डा. भट्टराईलाई पुनः कृषिमन्त्री भुसालले २०८० पुस २३ गते दोस्रो कार्यकालका लागि कामु कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पिएका थिए । मन्त्री भुसालले पुनः भट्टराईलाई परिषद्को कर्मचारी प्रशासन विनियम, २०४९ विपरीत जिम्मेवारी दिएपछि डा. टीकाराम चापागार्ई, डा. भानुभक्त पोखरेल र डा. श्रीमत श्रेष्ठसहित तीनजनाले कामु कार्यकारी निर्देशकको जिम्मेवारीमा काम नगर्न नगराउन माग गर्दै उच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सो मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश हरिप्रसाद पौडेलको माघ ८ गतेको एकल इजलासले कामु कार्यकारी निर्देशक भट्टराईलाई काम नगर्न र नगराउन कृषि तथा पशुपन्छी विकासमन्त्री डा. भुसाल, नेपाल कृषि अनुसन्धान परिषद्, कामु जिम्मेवारी सम्हालेका डा. भट्टराई समेतका नाममा अन्तरिम आदेश दिएको हो ।


नार्कमा कार्यरत वैज्ञानिकहरुमध्ये सबैभन्दा वरिष्ठ डा. सुरेन्द्रलाल श्रेष्ठ छन् । डा. दोजराज खनाल वरीयतामा दोस्रो छन् । तर केन्द्रीय कार्यालयको वरीयतामा डा. खनाल एस–६ पहिलो, लुमानीधि पाण्डे दोस्रो एस–५ र टीका कार्की एस–४ तेस्रोमा परेका छन् । 


 


प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP