Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • च्याउ खेतीमा जमेका वीरबहादुर
च्याउ खेतीमा जमेका वीरबहादुर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, माघ ६, २०८०

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् ।
 
अठारमहिने कृषि जेटिए पढेका राना पाँच वर्षदेखि बाह्रै महिना च्याउ खेती गर्दै आएका छन्। घरपरिवार आफन्तले निकै दबाब दिएपछि रानाले अष्टे«लिया जानका लागि आवेदन दिए । “स्वदेशै स्वरोजगार भएर बस्ने मनभित्रकै इच्छा थियो”, उनले भने, “त्यही भएर कृषि जेटिए पढेँ, विदेश जानका लागि निकै दबाब दिए पनि प्रवेशाज्ञा नै रद्द गरी च्याउ खेतीमा लागँे ।”

रानाले वर्षमा रु २० लाखदेखि रु २७ लाखसम्मको च्याउ बिक्री गर्दै आएका छन् । सोबाट उनले च्याउ उत्पादन गर्दा लाग्ने खर्च कटाएर रु १० लाख जति रकम बचत गर्दै आएको बताए । च्याउ खेतीका लागि उहाँले रु ३० लाखभन्दा बढी लगानी गरेका छन् । 
 
उनी दैनिक बिहानदेखि साँझ अबेरसम्म च्याउ उत्पादनका लागि राखिएका परालका पोकामा पानी छर्कने, च्याउ टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्त हुन्छन् । च्याउ उत्पादनका लागि नगरपालिकाको कृषि शाखाबाट पाइएको रु १२ लाख अनुदान रकमबाट उनले उच्च प्रविधिको प्लास्टिक टनेल निर्माण गरेका छन् । 

प्लास्टिक टनेल र आफ्नै लगानीमा निर्माण गरिएका सात टनेलमा रानाले च्याउ उत्पादन गर्दै आएका हुन् । हिउँदका बेला कन्या जातको, गर्मीका बेला मिल्की जातको र गर्मी तथा चिसो बीचको मौसममा पिङ्की जातको च्याउ रानाले उत्पादन गर्छन्  ।

Hardik health

“यस वर्षको साउनदेखि हालसम्म पिङ्की चार क्विन्टल र मिल्की च्याउ तीन क्विन्टल उत्पादन भएको छ”, रानाले भने, “पिङ्की रु चार सय प्रतिकिलोका दरले बिक्री भयो, कन्या च्याउ ४० क्विन्टल बिक्री भइसकेको छ, जुन प्रतिकिलो रु एक सय ३० का दरले बिक्री भएको छ ।”
 
उनका अनुसार टनेलमा अझै ६० देखि एक सय क्विन्टल कन्या जातको च्याउ उत्पादन हुने क्रममा रहेको छ । स्थानीय बजारमै च्याउ खपत हुने भएकाले बेच्नका लागि रानालाई झन्झट भने छैन । कन्या च्याउ जस्तै पिङ्की र मिल्की च्याउको उत्पादन बढाउनका लागि कार्य अगाडि बढाइएको रानाले बताए ।
 
“दुवै जातका च्याउको बजारमा निकै माग छ, उत्पादन बढाउनका लागि लागेको छु”, उनले भने, “उत्पादन गर्न मेहनत र लागत खर्च बढी लाग्ने भएकाले मूल्य बढी राखेका हौँ ।” नगरपालिकाबाट पाइएको अनुदान रकमबाट रानाले उच्च प्रविधिको टनेलसँगै पाँच पराल काट्ने मेसिन, च्याउ सुकाउने ड्रायर मेसिन, दुई पानी छर्कने विद्युतीय मोटर जडित ‘फोगर सिस्टम’ खरिद गरेका छन् ।
 
“पहिला च्याउ उत्पादन गर्न बीउसहित राखिएका परालका पोकामा हातैले ट्याङ्कीबाट पानी छर्कने गरेका थियौँ”, उनले भने, “एकजना मजदुर पानी छर्कनका लागि मात्रै राख्नुपर्ने अवस्था थियो, टनेलमा फोगर सिस्टम जडान गरिएपछि विद्युत्को स्विच थिच्ने बित्तिकै स्वचालित रुपमा आफैँ पानी लहरै झुन्ड्याएका परालका पोकामा पुग्ने गर्दछ ।” सो प्रणालीका कारण समय र मजदुरमा लाग्ने खर्च बचत भएको उनको भनाइ छ । 

रानालाई विदेश जान दबाब दिने परिवारका सदस्य र आफन्त च्याउ खेतीबाट गरेको कमाई देखेर दङ्ग छन् । परिवारका सदस्यले पनि च्याउ खेती गर्नमा रानालाई सहयोग गर्दै आएका छन् । भविष्यमा च्याउको बीउ उत्पादन गर्न उनले ‘ल्याब’ स्थापना गर्ने सोच पनि बनाएका छन् । उनले हाल निजी स्तरबाट सञ्चालित ल्याबमा च्याउको बीउ उत्पादन गर्दै आएका छन्।
 
उत्पादित बीउ आधा ल्याब सञ्चालकका लागि र आधा आफूलाई राख्ने गरी उत्पादन गर्दै आएको उनले बताए । आठजनाको परिवारको खर्च च्याउ खेतीले धानिएको रानाले सुनाए । 
    
नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐर राना नगरपालिका क्षेत्रमै च्याउ खेती गरेर बढी कमाई गर्ने किसानका रुपमा परिचित रहेको बताउछन् । व्यावसायिक च्याउ खेतीमै लागेर कार्य गरेको देखेर प्रोत्साहित गर्नका लागि गत आवमा च्याउ पकेट कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराइएको उनले बताए । 

रानाले उत्पादन गरेको च्याउ स्थानीय बजारसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको बताए। व्यावसायिक च्याउ खेती गर्न इच्छुक किसानलाई नगरपालिकाबाट प्रत्येक वर्ष बीउ र प्रविधिमा सहयोग हँुदै आएको उनले जानकारी दिए ।
 
वडाध्यक्ष दानसिंह ऐर च्याउ खेतीमा लागेर रानाले गरेको प्रगति प्रशंसायोग्य रहेको बताछन् । “च्याउ खेतीबाटै रानाले आफ्नो परिचय मात्रै बनाएका  छैन, वडालाई चिनाएका छन्”, उनले भने, “राना नगपालिकाकै गर्व गर्ने पात्रका रुपमा छन् ।” 
 


प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP