Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै
स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २, २०८०

गलकोट – बागुलुङमा विसं २०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्व बुझाउन मुस्किल थियो । मुस्किलले एक–दुई परिवार बीमामा आबद्ध भए पनि अरूले भने बेवास्ता गरेका थिए ।  
जिल्लामा स्वास्थ्य बीमा सुरु भएको सात वर्ष बितिसक्दा भने यसमा आबद्ध नागरिकको सङ्ख्या क्रमशः उकालो लागेको छ । घरघरमा पुगेर स्वास्थ्य बीमामा आबद्ध हुन नमानेका नागरिकले अहिले बीमा गर्न आफैँ बोलाउन थालेका छन् ।

“पहिला बीमा गर्न घरमै पुग्दा गालीसमेत खाइयो, धेरैले बीमाको महत्व नबुझेर रहेछ, अहिले त बीमा नवीकरणको समय आयो भन्दै फोन गर्ने गरेका छन्, धेरैले स्वास्थ्य बीमाका कारण उपचारमा सहयोग पुगेको बताउँदै आएका छन्”, स्वास्थ्य बीमाका सामाजिक परिचालक सरिता शर्माले भने, “पहिलो वर्ष घरघरमा पुग्दा रित्तोहात फर्केर आएको सम्झना छ, अहिले भने खाली फर्कनुपर्ने अवस्था छैन, अहिले बागलुङ नगरपालिका–४ को करिब आधा जनसङ्ख्या स्वास्थ्य बीमा आबद्ध भएका छन् ।”

जिल्लामा पछिल्लो समय स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७२÷७३ मा स्वास्थ्य बीमा सुरु गर्दा एक हजार ६ सय ८१ मात्रै आबद्ध भएका थिए तर पछिल्लो सात वर्षमा एक लाख नौ हजार पाँच सय ८१ जना आबद्ध भइसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी नारायणप्रसाद पौडेलले जानकारी दिए। 

स्वास्थ्य बीमा गर्नेमध्ये ५७ हजार नौ सय ९५ महिला र ५१ हजार पाँच सय ८६ पुरुष छन् । उनका अनुसार सबैभन्दा बढी स्वास्थ्य बीमामा आबद्ध हुने बागलुङ नगरपालिकाका नागरिक छन् । नयाँ स्वास्थ्य बीमाका सदस्य थपिँदै जाने र केही नवीकरण नगर्ने नागरिकको सङ्ख्या घट्दै गए पनि स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाएको छ । 

Hardik health

“बागलुङको जनसङ्ख्या दुई लाख ५० हजार पाँच सय ४४ रहेकामा एक लाख नौ हजार पाँच सय ८१ जना स्वास्थ्य बीमामा आबद्ध छन्, हाम्रो अभियान सबै नागरिकको पहुँचमा बीमा पु¥याउने हो, दर्ता सहयोगी गाउँ–गाउँमा स्वास्थ्य बीमामा आबद्ध गराउन हिँडिरहेका छन्,” पौडेलले भने, “अस्पतालबाट पाउने सेवाबाट नागरिक खुशी भएका छन्, औषधिमा केही गुनासो अझै कायम छ तर रिफरको समस्या र एक महिनालाई औषधि दिने समय थपिएको छ ।”

आबद्ध भएका बिरामीले एकपटक रिफर लगेमा पुन दोहो¥याउन नपर्ने भएकाले बिरामीलाई सहज हुने उनले बताए । सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच पुगोस् भन्ने हेतुका साथ ल्याएको यस कार्यक्रमले जिल्लामा आर्थिकरूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधोपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

कमै मात्रमा उपचारका लागि धवलागिरि अस्पतालमा आउने बिरामीको सङ्ख्या यो कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्या तेब्बरले वृद्धि भएको छ । अहिले यस अस्पतालमा सिटिस्क्यान उपकरणसमेत भित्रिएपछि बिरामीलाई राहत भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविरञ्जन प्रधानले बताए । 

अस्पतालमा थपिएको सेवाका कारण नागरिक स्वास्थ्य बीमामा थप आकर्षित भएका छन् । “अहिले बीमा नगरेका बिरामी नगन्य मात्रै अस्पतालमा आउँछन् । बिरामीले परीक्षणमा बढी फाइदा उठाएका छन्, औषधिसमेत निःशुल्क पाएका छन्, केही औषधि जुन बीमामा पर्दैनन् त्यही मात्र पाइँदैन,” उनले बताए, “अस्पतलबाट विशेषज्ञ सेवा र विशिष्टीकृत सेवा पनि दिइँदै आएका कारण बीमा गर्ने बिरामीहरु उपचारका लागि यहाँ आउने गरेका हुन् ।”

पाँचजनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु सात सयका दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा रु एक लाखसम्म उपचार खर्च निःशुल्क हुने स्वास्थ्य बीमाको नीतिमा उल्लेख छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार सोमबार, माघ ५, २०८२
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल सोमबार, माघ ५, २०८२
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित शुक्रबार, माघ २, २०८२
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP