Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
कृषि
  • Home
  • कृषि
  • इलाममा चिया र अलैँची अनुसन्धान केन्द्रको काम अघि बढ्यो
इलाममा चिया र अलैँची अनुसन्धान केन्द्रको काम अघि बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २, २०८०

इलाम– इलाममा एकसाथ चिया र अलैँचीको अनुसन्धानका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ । 

इलाम नगरपालिका–१ साँखेजुङका तीनजना दाहाल बन्धुहरूले यसका लागि निःशुल्क जग्गादान गरेका छन्। राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । जसका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ । इलाममा चिया उत्पादन हुन थालेको करिब एक सय ६० वर्षपछि चिया अनुसन्धानका लागि केन्द्र स्थापना हुने भएको हो ।

यसले जिल्लाका किसानमा खुसी छाएको छ । जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु भएको छ । जसमा पहिलो चरणमा भवन निर्माणका लागि १३ रोपनी क्षेत्रफललाई सम्याइएको छ । सो स्थानमा भवन निर्माणका लागि ठेक्का समेत लागिसकेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए। चिया प्रशोधनतर्फ रु २० लाखबराबरको रकमबाट काम भइरहेको छ ।

Hardik health

अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका–१ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ । स्थानीय रेतनाथ दाहालले १३ रेपनी , मित्र दाहालले १४ रोपनी तथा  देवी दाहालले १५ रोपनी जग्गा हस्तान्तरण गरेको इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले जानकारी दिए । 

पहिलो चरणमा पर्खालका लागि तारबार र कार्यालय भवन निर्माण गरिने छ । अनुसन्धान केन्द्रका लागि एक सय रोपनीभन्दा बढी जमिन आवश्यक पर्ने बताइएको छ । बयालीस रोपनी जग्गा प्राप्त भइसकेको र अब थप ५२ रोपनी जग्गा आवश्यकता छ । अन्य जग्गादाताले अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने जमिनसमेत उपलव्ध गराउन पहल भइरहेको प्रवक्ता दुलालको भनाइ छ । 

इलाममा धेरै किसान चियामा आत्मनिर्भर छन् । उत्तिकै सङ्ख्यामा अलैँची किसानसमेत छन् । विदेशी मुद्रा आजर्न गर्ने नगदेबालीमा पर्ने अलैँची र चियाको विकासका लागि एकैसाथ काम भइरहेको इलाम नगरपालिकाका प्रमुख थापाको भनाइ छ । नगरपालिकाले कृषिलाई प्राथमिकतामा दिएअनुसार नै केन्द्र स्थापना गर्न लागिएको हो ।  

महँगो मूल्यमा अलैँची बिक्री भए पनि अलैँची मासिने क्रम नरोकिएकाले यसको खेती गर्ने किसानको सङ्ख्यामा कमी हुँदै गएको छ । अलैँचीको अनुसन्धानसमेत यहीँ गरिने भएपछि अब यससँग सम्बन्धित किसानको सङ्ख्या बढ्ने अपेक्षा छ । विसं १९२० मा चिया रोप्न सुरु गरिएको इलाममा सरकारले अनुसन्धान केन्द्र स्थापना गर्न लागेको हो । केन्द्र स्थापना हुने भएपछि यहाँका किसानमा उत्साह थपिएको छ ।

चिया किसान किशोर खतिवडाले केन्द्र स्थापनापछि बीचबीचमा चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए । उनले हाल चिया प्राविधिकसमेत सिकिरहेको बताए । यसले प्राविधिकलाई थप दक्ष बनाउन मद्दत मिल्ने छ । अलैँची र चियामा लागि उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण र उर्वरभूमि मानिन्छ । इलाममा अनुसन्धान केन्द्र स्थापना पनि नेपाली चिया र अलैँचीको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ । स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा जिल्लामा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा छ । 


प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप कृषि
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी शुक्रबार, पुस ११, २०८२
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP