Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • कृषि कर्ममा रमाउँदै शारीरिक अपाङ्गता भएका युवराज 
कृषि कर्ममा रमाउँदै शारीरिक अपाङ्गता भएका युवराज 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १, २०८०

बागलुङ– जन्मदा कुनै शारीरिक दुर्वलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो । खुट्टाको उपचार राम्रो नहुँदा उनी उभिनै सकेनन् ।

 
खुट्टा भाँचिदा उपचार नपाएका युवराजको सधैँका लागि अपाङ्गता भयो । ५० वर्षका उनी अहिले हात र खुट्टा दुवैको सहाराले सामान्य हिँड्डुल मात्रै गर्न सक्छन् । युवराज मात्रै होइन उनकी श्रीमतीसमेत शारीरिक आपङ्गता छिन् । ४० वर्षीया ढालकुमारी कँडेलको देब्रेहात छैन । भाँचिएको हात नजोडिँदा ढालकुमारीको देब्रे हात काट्नुरेको थियो ।  

 
श्रीमान् खुट्टाको अपाङ्गता र श्रीमती हातको अपाङ्गता भएपछि आयआर्जन गर्न समस्या भयो । एक छोरी र दुई छोराको परिवार पाल्न अपाङ्गता नै बोझ बन्यो कँडेल दम्पतीलाई । उनीहरुलाई सामान्य कृषि कर्म गरेर परिवारको गुजारा चलाउन अपाङ्गताले भने छेक्न सकेन । 

 
“श्रीमतीको हात छैन, म खुट्टाको अपाङ्गता, हातले टेकेर हिँड्नुपर्ने बाध्यता मलाई छ, अपाङ्गतालाई गाउँमा बाँच्न समस्या भयो, भिरपाखा कसरी हिँड्ने, सहज खोज्न सहर पस्ने निधो ग¥यौँ, तर कठिन थियो परिस्थिति”, २० वर्षअघिका दिन सम्झँदै युवराजले भने, “रु एक लाखमा आफ्नो भागको पुख्र्यौली सम्पत्ति बेचेर बुर्तिवाङ बजार आएका हौँ, सामान्य किराना पसल गरेर छाप्रो बनाएका हौँ ।”
 
युवराजको जस्तै खुट्टा भाँचिने समस्या १३ वर्षीय कान्छो छोरा भरत कँडेलमा पनि देखिएको छ । भरत वैशाखीको सहारामा विद्यालय आउने जाने गर्छन् । छोराको उपचारका क्रममा चिकित्सकबाट युवराजले टुक्रे र झुरो हड्डीका कारण बाबा र छोरामा यो समस्या आएको सुनेको बताए। उनका छोराको अपाङ्गता बाल अस्पताल बनेपामा उपचार भएको थियो । 
 
युवराज परिवारका तीन सदस्य अपाङ्गता जेठो छोरी र छोरा भुवन मात्रै सबलाङ्ग छन् । छोरीको विवाह भइसकेको छभने भुवन कक्षा १२ मा अध्ययनरत छन् । छाप्रो अघि तीन प्लास्टिक टनेल र केही खाली जग्गामा प्याजका बिरुवा बिक्रीका लागि तयारी अवस्थामा थिए । कँडेलले आफ्नो कृषि कर्म देखाउँदै भने, “परिवार पाल्न बाध्य भएर कृषिमा लागे, अधिकारीचौरमा पुर्खाले कृषि नै गरेका थिए, अहिले अधिकारीचौर गाउँ टनेल गाउँ भएको छ, प्याजका बिरुवासहित अन्य तरकारी बिक्री गरेर चारजनाको परिवार धानिँदै आएको छ ।”

Hardik health

कँडेल दम्पतीले साह्रो गाह्रो काम अन्य कामदार बोलाएर गर्दै आए पनि तरकारीको स्याहारसुसार भने आफैँ गर्दै आएका छन् । वार्षिक रु १२ हजार भाडा तिर्ने गरी साढे दुई रोपनी जग्गामा अहिले प्याजका बिरुवा उत्पादन भएर बिक्री भइरहेका छन् । अन्य समयमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएका कँडेल दम्पतीले कृषि पेसा रहरको नभएर जीवन निर्वाहका लागि गरेको बताए । 

“उपचारको अभावले भाँचिएको हात नलागेपछि अपाङ्गता भयो, भिरपाखामा काम गर्न समस्या भएपछि सहर झरेर किराना पसल गरेका थियौँ, व्यापार राम्रै थियो, कान्छो छोरा जन्मेपछि पुन समस्या थपियो, श्रीमान्को खुट्टा भाँचिने समस्या कान्छो छोरामा देखियो”, ढालकुमारीले भनिन्, “बुर्तिवाङ बजारमा छाप्रो बनाउन सहयोग गरेको किराना पसल छोराको उपचारले छोड्न बाध्य भयौँ, तीन महिना अस्पताल बस्नुपर्ने समस्याले पसल छाडियो, अहिले थला परेको छोरो सबैको सहयोगमा उपचारपछि वैशाखी टेकेर हिँड्ने भएको छ ।” 

कान्छो छोरा भरतको खुट्टाको शल्यक्रिया गर्न रु पाँच लाख लाग्ने भएपछि सहयोग सङ्कलन अभियानमार्फत रु चार लाख जुटेर शल्यक्रिया गरेको युवराजले बताए । छोराको खुट्टाको उपचार सहयोग सङ्कलन गरेर गरे पनि दैनिक घर खर्च चलाउन कृषि कार्य गर्दै आएको उनको भनाइ छ ।

किराना पसल छाडेपछि परिवार हुर्काउनकै लागि कृषिमा लागेको कँडेल दम्पतीको भनाइ छ ।घर खर्च चलाउन समस्या भएपछि नर्सरी पेसामा अहिले कँडेल परिवार छ । अहिले हात र खुट्टा दुवैले टेकेर हिँड्ने अवस्थामा भएका युवराजले श्रीमतीको सहारामा प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

उत्पादन गर्नसके बजारको अभाव नभएको बताउँदै उनले धेरै उत्पादन गर्न शारीरिक अवस्थाले नसकेको जानकारी दिए। उनले घर नजिकै थोरै जग्गा भए पनि टाढा गएर कृषि गर्न नसक्दा बिरुवा र तरकारीको माग हुँदा पु¥याउन नसकिएको बताए । 

बीउ पूँजीका लागि प्याजको बीउ खरिद गर्न ग्रामीण स्वास्थ्य सुधार परियोजना विवाइसी संस्थाले रु १५ हजार सहयोग गरेको जनाउँदै कँडेलले रु १५ हजारको बीउबाट उत्पादन गरेका बिरुवा बिक्री गरेर रु ४० हजार कमाएको सुनाए । कँडेल दम्पतीले प्याजका बिरुवाबाहेक, सिमी, बन्दा र काउली उत्पादन गर्दै आएका छन् । रासस


प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP