Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • पूर्वशिक्षकको पशुपालन
पूर्वशिक्षकको पशुपालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १७, २०८०

गण्डकी– रुपा गाउँपालिका–६ भोर्लेका ७० वर्षीय तिलबहादुर खड्का गाउँ फर्केर व्यावसायिक पशुपालनमा रमाउन थालेका छन् । 
  
एक दशकको पोखराको बसाइ त्यागी गाउँ फर्केकाले भिरचोकस्थित चन्द्रप्रभा माविमा १२ वर्ष प्रधानाध्यापक र १० वर्ष देउराली स्रोत केन्द्रको स्रोतव्यक्तिसहित चार दशक शिक्षण पेसामा रहेर सेवा गरेका थिए।  खड्काले दर्ता गरेको देउराली फार्ममा उन्नतजातका १७ वटा भँैसी र १५ वटा गाई छन् । फार्ममा दैनिक एक सय लिटर दूध उत्पादन हुन्छ । बजारमा बिक्री गरेर मासिक रु पाँच लाख आम्दानी हुने गरेको छ । भैँसीको दूध प्रतिलिटर रु एक सय ४० र गाईको दूध रु एक सय २० का दरले बिक्री हुन्छ ।
 
बिहान सबेरै स्कुटरमा दूध बोकेर बजार लैजाने र फर्कंदा गाईभैँसीलाई आवश्यक दाना चोकर बोकेर ल्याउने दैनिकी बनाउँदै आएका उनका कान्छा छोरा भूपेन्दबहादुर खड्का विदेश जानुभन्दा गाउँको जग्गालाई सदुपयोग गर्दै परिवारसँगै बसेर पशुपालनबाट मनग्ये आम्दानी गर्नु राम्रो भएको बताउछा् । “गोठमा रहेका माहु, भैँसी र गाई अधिकांश ब्याउनेछन् फागुन महिनादेखि दैनिक दुई सय लिटर दूध उत्पादन हुन्छ”, उनले भने, “गाईभैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गरी बजारमा बिक्री गरेर मासिक रु १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य छ ।”


गाउँबाट दूध बोकेर पोखरा जानु र तीन बोरासम्म चोकरदाना बोकेर फर्कंदा ६० देखि ७० किलोमिटर स्कुटरको यात्रा कष्टकर बनेको दुखेसो सुनाउँदै बिबिएस उत्तीर्ण गर्नुभएका ३३ वर्षीय खड्काले भ्यान भए उत्पादित दूध बिक्री र पशु आहारा ओसारपसारमा सुविधा पुग्ने बताए।

स्थानीय रुपाकोट रिसोर्टले दैनिक २० लिटर दूध र फार्ममा उत्पादित मल खरिद गर्ने गरेको छ । बाँकी दूधको बजार पोखरा नै हो । फार्मबाट जम्मा भएको गोबर मल बिक्रीबाट हालसम्म रु चार लाख आम्दानी भएको छ । नस्ल सुधारका लागि रु ९० हजारमा राँगो खरिद गर्दा गाउँपालिकाबाट रु ३० हजार अनुदान प्राप्त भएको उनले बताए ।
  
दूध बिक्रीभन्दा पनि फार्ममा जन्मेका पाडापाडी हुर्काउने अभियान छ । गोठमा यतिखेर २० वटा पाडी, दुईवटा पाडा र चारवटा बाच्छाबाच्छी छन् । स्थानीय खडागाउँको पानीको स्रोत सुकेपछि खरिबोटको पानी मोटरको सहायताले ल्याउँदा थप रु ६५ हजार लगानी भएको छ ।  

Hardik health

पाडापाडी हुर्काएबापत गण्डकी प्रदेश सरकारबाट रु ९० हजार अनुदानसमेत प्राप्त गरेको र यस वर्ष रु ५० हजार अनुदान पाउने विश्वास व्यवसायी खड्काको छ । प्रदेश सरकारले पाडापाडी हुर्काउने पशुपालकलाई प्रतिपाडी रु १० हजार अनुदानको व्यवस्था गरेको छ ।

घाँसमा आधारित पशुपालन गर्ने लक्ष्यका साथ २७ रोपनी जग्गामा सुपरनेपिएर जातका बिरुवा, डाले र भुइँघाँस लगाएका कारण पनि पशुपालनमा  सुविधा पुगेको छ । एभरेष्ट बैङ्कबाट रु ७० लाख कृषि ऋण लिएर फार्म सञ्चालन गरेको बताउँदै खड्का भन्छन्, “गाउँको पायक पर्ने स्थानमा १८ रोपनी जग्गा खरिद गरी सुरु गरेको फार्ममा हालसम्म रु एक करोड ५० लाख लगानी भइसकेको छ ।” फार्ममा पाँच जनाले रोजगारी पाएका छन् । 
 
उर्वर र रमणीय भोर्ले गाउँका ८० घरमध्ये अहिले चार घरमा मात्र मानिस बस्छन् । बाँकी घर रित्तिएका छन् । जग्गा बाँझो भई जङ्गलमा परिणत भएको छ । साढे दुई वर्षको अवधिमा चरनमा छवटा बाच्छीलाई चितुवाले मारेको छ । पशु बीमाको क्षतिपूर्ति पाउँदा केही हदसम्म राहत मिलेको छ ।  
 
सहरबाट गाउँ फर्केर पशुपालन व्यवसाय सञ्चालन गर्नु सबैका लागि प्रेरणाका स्रोत भएको गाउँपालिकाका अध्यक्ष नवराज ओझा बताउछन् । पालिकाले पशुपालन किसानको प्रोत्साहनका लागि ढुवानी, घाँसका बिरुवा, भकारो सुधार, नस्लसुधार लगायतमा अनुदानको व्यवस्था गर्दै आएको उहाँले जानकारी दिए । 

सडक पूर्वाधार निर्माणसँगै पालिकालाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गरी स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ पशुपालन, कृषि, मौसमी तथा बेमौसमी तरकारीखेती, मौरीपालनलगायत क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP