Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
कृषि
  • Home
  • कृषि
  • केराखेतीको केन्द्र बन्दै टीकापुर
केराखेतीको केन्द्र बन्दै टीकापुर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ८, २०८०

भजनी - कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको  केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।

टीकापुरमा केराखेतीको सुरुआत ज्ञानी शाह र थोमस बर्गिजले गरेको स्थानीय बुढापाका बताउँछन् । त्यसलाई व्यावसायिक रूपमा २०४० सालदेखि कालु हमालले निरन्तरता दिए । उनले थोमस बर्जिजबाट १० बोट हरिखाल जातको केराबाट व्यवसाय सुरु गरेको व्यवसायी हमालले बताए । केराका लागि सुहाउँदो माटो भएपछि हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केराखेती गरेका छन् ।

“व्यवसायको सुरुआत १० बोट केराबाट भएको हो । त्यसपछि त्यसलाई विस्तार गर्दै लगियो । बीचको समयमा अन्य व्यवसाय गरेँ । त्यसबाट सोचेजस्तो लाभ लिन नसकेपछि त्यो छाडेँ । अन्तिममा केरालाई नै निरन्तरता दिएको हुँ”, हमालले भने, “त्यो बेला म केरा व्यवसाय गर्ने एक्लो थिएँ । अहिले मभन्दा कैयौँ किसान केराखेतीमा अब्बल भएर लाग्नुभएको छ ।” हमालले केराखेतीलाई पर्यटन व्यवसायसँग जोडिए  । केराको मात्रै परिकार पाइने ‘बननाज रिसोट’ टीकापुरमा प्रसिद्ध छ । यहाँ उत्पादन भएको केराको चिप्स देशभर निर्यात हुन्छ । त्यतिमात्र होइन, टीकापुर आएको व्यक्ति उनको बननाज रिसोर्ट नपुगी फर्कदैनन् । 

“मैले लगाउने केरा आफ्नै रिसोर्टका लागि मात्र हो । फेरि मैले स्थानीय जातका केरा लगाउँछु”, हमाल भने, “अहिले खेतीभन्दा पर्यटन प्रवर्द्धनमा टेवा पुग्न सक्ने काममा मेरो ध्यान छ । उन राष्ट्रपतिबाट उत्कृष्ट किसानका रूपमा सम्मानित भइसक्नुभएको छ । टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढी जग्गामा केराखेती हुँदै आएको छ । यो वर्ष दुई सय बिघा केराखेती विस्तार भएको व्यवसायी टेकेन्द्र धामीले बताए । “किसान केराखेतीमा आकर्षित हुँदै गएका छन् । बजारीकरणको समस्या नहुनु, एकपटक खेती गर्दा तीनपटकसम्म आम्दानी हुने भएपछि नोक्सान  हुँदैन”, धामी बताए , “टीकापुरमै सहजरूपमा केराको बेर्ना पाइने तथा सरकारी निकायको सहयोग पनि प्राप्त भएपछि केराखेती फस्टाएको छ ।”

Hardik health

किसान धामीले केराको बेर्ना पनि बेच्दै आउनुभएको छ । उनले सात वर्षदेखि टिस्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर बिक्री गर्दै आएका हुन् । केही वर्ष पहिले भारतबाट बेर्ना मगाउने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर बिक्री गर्छन्  । यो वर्ष पनि उनले करिब दुई लाख बिरुवा बिक्री गरिसकेको बताए ।  “गत वर्ष तीन लाख बिरुवा बिक्री भएको थियो । यस वर्ष पनि त्योभन्दा बढी बिक्री हुन्छ होला”, व्यवसायी धामी भने, “केराखेती गर्ने सिजन भर्खर सुरु भएकाले खपत कम देखिएको हो, अझै बढ्छ ।”

केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन । टीकापुरबाट सबैभन्दा बढी निर्यात हुनेमा केरा हो । टीकापुरमा उत्पादन भएको केरा कैलाली जिल्लासँगै बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौँसम्म निर्यात हुने गरेको छ । “प्राकृतिक विपत्ति नआए केरामा जस्तो राम्रो आम्दानी अन्य क्षेत्रमा छैन । एक बिघामा रु १० देखि १५ लाखसम्मको केरा उत्पादन गर्न सकिन्छ”, व्यवसायी राजकुमार चौधरीले भने “बजारीकरणको समस्या छैन, व्यापारी बारीमै आएर नगदमा केरा लिन्छन् ।” 

केराखेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई सहयोग गर्दै आएको छ । एकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरण ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ । कार्यान्वयन एकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालु आर्थिक वर्षमा मात्रै केराखेतीका लागि आयोजनाले रु ६० लाख बजेट विनियोजन गरेको बताए । “यस वर्ष हाम्रो कमाण्ड क्षेत्रभित्र ६० हेक्टर क्षेत्रफलमा केराखेती विस्तारको लक्ष्य लिएका छौँ । अहिले किसानले केराखेतीका लागि कार्यालयमा आएर सम्झौता गर्ने काम भइरहेकाले कति हुन्छ, यकिन भन्न सकिने अवस्था छैन”, सूचना अधिकारी रानाले भने । 

कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा विषादीरहित बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ । जसमा एकाइको रु एक करोड ९० लाख खर्च भएको छ भने उपभोक्ताको रु एक करोड ५० लाख खर्च भएको छ । निर्माण सम्पन्न भएको चार वर्ष हुनलाग्दा पनि च्याम्बर पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । च्याम्बरमा पकाएको केरा बजार पुर्याउँदासम्म महँगो हुन थालेपछि व्यापारीले केरा किन्न छाड्दा केही महिना सुरु भएको च्याम्बर बन्द भएको हो ।

“केरा बजारीकरणमा समस्या भएपछि च्याम्बर बन्द गर्न बाध्य भएका थियौँ । त्यहाँ पकाएको केरा टीकापुर बाहिर पुर्याउन नसकिने, बजारमा बिक्री नहुने भएपछि बन्द भएको हो”, च्याम्बर सञ्चालक शिलाकान्त झा भने, “अब नयाँ विकल्पका साथ केही दिनमै च्याम्बर सञ्चालनमा ल्याउँछौँ ।” च्याम्बरमा पकाएको केराको बजारीकरण हुन नसके त्यसलाई सुकाएर राख्ने मेसिन च्याम्बर सञ्चालकले जडान गर्न थालेका छन् । सुकाएको केरा छ महिनासम्म राख्न सकिन्छ । त्यसैमा केराका अन्य परिकार तयार गरेर त्यसको बजारीकरणको तयारी भइरहेको झाले बताए । केराका अन्य परिकार तयार पारेर बजारीकरण गर्न सके त्यसबाट टीकापुरलाई केराको हबका रूपमा चिनाउन सकिने व्यवसायी बताउँछन् ।


प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी शुक्रबार, पुस ११, २०८२
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP