Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • हेटौँडा अस्पताल तीन सय श्यया क्षमतामा स्तरवृद्धि 
हेटौँडा अस्पताल तीन सय श्यया क्षमतामा स्तरवृद्धि 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ६, २०८०

मनहरी - बागमती प्रदेश सरकारको निरन्तर चासोका कारण हेटौँडा अस्पताल सुधारको गतिमा अघि बढेको छ । विगतमा भौतिक संरचना र बजेट अभावले पर्याप्त सेवासुविधा दिन नसकेको अस्पताललाई प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याएपछि स्तरवृद्धिको क्रम अघि बढेको हो । 

विगतमा सङ्घीय सरकारको ५० श्यया र अस्पताल विकास समितिको ६० गरी एक् सय दश श्ययाको क्षमता रहेको अस्पताललाई प्रदेश सरकारले स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले हेटौँडा अस्पताललाई तीन सय श्ययाको क्षमतामा स्तरोन्नति गर्ने निर्णय गरेसँगै कुनैबेला ‘रिफर सेन्टर’ बनेको अस्पतालले काँचुली फेर्ने निश्चित छ । कानुनअनुसार प्रदेश सरकारले मातहतको अस्पताललाई दुई सय श्ययासम्म स्तरवृद्धि गर्न सक्छ । जसअनुसार प्रदेश सरकारले हेटौँडा अस्पतालमा थप दुई सय श्यया थप्न लागेको हो । 

हाल अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको ६० श्ययामा ४० थपगरेर सय पु¥याउने र प्रदेश सरकारले थपेको दुई सय श्यया गरी कुल तीन सय श्ययाको क्षमतामा अस्पताल सञ्चालन हुने समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिए । हेटौँडा अस्पताल तीन सय श्ययामा स्तरवृद्धि भएसँगै थप विशेष चिकित्सकको आवश्यकता पर्दछ । विशेषज्ञ चिकित्सकको लागि सरकारले दरबन्दी थप गरेपछि सेवामा पनि विस्तार गर्न सकिने उहाँले बताए । तीन सय श्यया भएपछि अस्पताललाई मुटुरोग विशेषज्ञ, न्युरो सर्जन, मिर्गौलासम्बन्धी चिकित्सकलगायतको दरबन्दी बढाउनुपर्ने उहाँले बताए । अस्पताल स्तरवृद्धि भएसँगै  प्रतिष्ठानलाई एमबिबीएस र एमबी अध्यापनको लागि बाटो पनि खुलेको छ ।

Hardik health

अस्पताल प्रदेश मातहत आएपछि एमआरआई, सिटिस्क्यान, अत्याधुनिक प्रयोगशाला, १७ श्ययाको आइसियु र एचडियु सञ्चालन गरिएको छ । विगतमा सातवटा श्ययाबाट आकस्मिक कक्ष चलाएको अस्पतालमा हाल २५ श्यया रहेको सदस्य चौलागाईंले जानकारी दिए । अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालन हुँदैछ । एनआइसियु सञ्चालनको तयारीमा रहेको उहाँले बताए । विगतमा एउटा शल्यक्रिया कक्षबाट चलेको अस्पतालमा निकट भविष्यमै चार वटासम्म शल्यक्रिया कक्ष सञ्चालन हुनेछ ।

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा थप गर्ने गरी तयारी थालिएको छ । प्रदेश सरकारको रु पाँच करोड बढी रकम लागतमा अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि आवश्यक तयारीका काम भइरहेको हो । हाल अस्पतालमा चिकित्सक करिब ६६ सहित कुल कर्मचारी दुई सय ९१ जना रहेका छन् । तीन सय श्ययामा सञ्चालन गर्न अस्पताललाई थप कर्मचारीको आवश्यकता पर्ने जनाइएको छ ।


प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP