Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • नागरिक अगुवा र अभियन्ता किन मौन ? 
नागरिक अगुवा र अभियन्ता किन मौन ? 
अनुसा थापा
अनुसा थापा सोमबार, पुस २, २०८०

पछिल्लो समय मुलुकमा नागरिक अगुवा, अभियन्ता, अर्थविद् वा विज्ञ भनिनेहरुको ओइरो लागेको छ । समाजमा भएको भ्रष्टाचार, लुट, ठगीधन्दालगायत अन्य बेथितिको विरोधमा आवाज उठाउने भन्दै अभियन्ता बन्ने क्रम बढिरहेको छ । तर, उनीहरु अभियन्ता वा विज्ञ बन्नुपछाडिको कारणचाहिँ के हो त ? कसैले पनि नियालेका छैनन् । नेपालमा जति पनि अभियन्ता वा विज्ञ छन् तीमध्ये कोही सरकारी जागिरबाट पेन्सन पकाएर आएका छन् । अदालतमा वकालत गर्नेहरु पनि अभियन्ता बनेका छन् । 

कोही राजनीतिक पार्टीको झोले बनेर यस क्षेत्रमा आएका छन् । जो जहाँसुकैबाट आएको छन्, सबैको एउटै उद्देश्य आफूले गरेको भ्रष्टाचार लुकाउनु हो । एकातिर भ्रष्टाचार पनि ढाकछोप हुने अर्को समाजमा इज्जत पनि आउने । अभियन्ता भनिएकाहरुलाई राष्ट्र र जनताको मतलब छैन । यिनीहरुले गैरसरकारी संस्था ‘एनजिओ’को झोला बोकेका हुन्छन् । विदेशबाट आएको डलर पचाउने त यिनी नै हुन् । देशमा यत्रा अभियन्ता छन् तर परिवर्तनचाँहि के आयो ?

भ्रष्टाचार घट्नुको साटो झनझन् बढ्दै गएको छ । समाज बेथिति र विकृतिको दलदलमा फसेको छ । अनि अभियन्ताहरुले यो सुधार्नका लागि के गरे त ? छिनमा लागि माइतीघरमा आन्दोलन गरेको जस्तै गर्छन्, पैसा पाएपछि यिनको मुखमा बुझो लागिहाल्छ । वास्तविक रुपमा भन्ने हो भने यिनीहरु आफैं दलाली हुन् आफैं भ्रष्टाचारी हुन् । अभियन्ताका नाममा सांसद्मा पुग्नेहरु थुप्रै छन् । राष्ट्र र राष्ट्रियता भन्दै सत्तामा पुग्नेहरु यहाँ थुप्रै छन् । राप्रपाबाट सांसद् बनेका ज्ञानेन्द्र शाही आफूलाई अभियन्ता भन्छन् । 

Hardik health

तर, उनले समाजलाई फाइदा हुने के काम गरे ? चर्चामा आउनका लागि अभियन्ता बन्ने क्रम अहिले पनि जारी नै छ । कहाँबाट दाम झर्छ भनेर कुरेर बस्ने अभियन्ताबाट समाजको हित हुने एउटा पनि काम हुन सक्दैन । किन कि उनीहरु पनि कमाउनै आएका हुन् । जनताले न अभियन्ता भनिनेहरुलाई विश्वास गर्छन् । न यिनीहरुले जनताको मन जित्ने गरी काम गर्न सकेका छन् । मिडियाले बोल्ने ठाँउ दियो भनेचाँहि ठूल्ठूला कुरा गर्छन् । साँच्नै नै भन्ने हो भने यिनीहरुलाई देशको अवस्थाबारे केही जानकारी नै छैन । मुलुकको अर्थतन्त्र कता गइरहेको छ ? नेपाली जनताको अवस्था कस्तो छ ? बेरोजगारी, मँहगीलगायतका विषयमा पनि यिनीहरुलाई जानकारी छैन । मुलुकको राजनीति कुन अवस्था छ ? अभियन्ता भनिएकाहरुलाई अत्तोपत्तो छैन ।

यसो कहिलेकाहीँ बोल्ने ठाउँ पाए भनेचाँहि ‘आकाशबाट तारा झारेर ल्याउँछौं’ जस्तै गर्छन् । अभियन्ता भइसकेपछि सडकमा निस्किएर जनताको अवस्था बुझ्नुपर्छ । तर, यिनीहरु त मँहगा गाडीमा हिँड्छन् । बाटो हिँड्नेको अवस्था के थाहा ? तैमाथि पनि अधिकांश अभियन्ता सरकारी जागिरका पेन्सनवालाहरु छन् । त्यसैले उनीहरुलाई देश जता गए पनि मतलब नै भएन् । नेपाली जनतादेखि लिएर अभियन्ता भनाउँदाहरु सबै राजनीतिक पार्टीको झोले छन् । अनि देशले कसरी निकाश पाउँछ ?

श्रीलंका सबैभन्दा पहिले धराशायी बनेको मुलुक हो । तर, त्यहाँका जनताले आफ्नो देशको अर्थतन्त्रलाई ‘ट्र्याक’मा ल्याए । मुलुकको अर्थतन्त्र जटिल बनेपछि श्रीलंकाका जनता सडकमा उत्रिए । राष्ट्रपति कार्यालय घेरेपछि राष्ट्रपति नै देश छोडेर भाग्नुपर्यो । नयाँ सरकार आयो । विदेशी ऋण तिर्न सक्दिन भनेर हात उठाइसकेपछि ऋण मिनाहा गरियो । यता, विदेशीहरुले पनि सहयोग गरे र श्रीलंका अहिले सही गतिमा आयो । 

तर, नेपालमा ठ्याक्कै त्यसको उल्टो अवस्था छ । यतिबेला मुलुकको अर्थतन्त्र डामाडोल बनिसकेको छ । आर्थिक मन्दीले बजार छपक्कै छोपेको छ । निजी क्षेत्रमा काम गर्नेले वर्ष दिनदेखि तलब पाउन सकेका छैनन् । सरकारीले सरकारी कर्मचारीको तलब दिनसमेत सकेको छैन । बजारमा मँहगीले सीमा नाघिसकेको छ । बेरोजगारी दिनप्रतिदिन बढ्दै गएको छ । यद्यपि, कसैले सरकारलाई खबरदारी गर्न चासो देखाउँदैनन् । अभियन्ताहरु दुलो पसेका छन् ।

 


प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP