Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • बेमौसमी वर्षा र असिनापानीले म्याग्दीमा घट्यो सुन्तला उत्पादन 
बेमौसमी वर्षा र असिनापानीले म्याग्दीमा घट्यो सुन्तला उत्पादन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १, २०८०

म्याग्दी– म्याग्दीमा यस वर्ष सुन्तला उत्पादनमा कमि आएको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले जनाएका छन् ।
 
जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रुपमा सुन्तलालाई लिने गरिन्छ । सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले फूल खेल्ने र बटिला लाग्ने समयमा बेमौसमी वर्षा, असिनापानी र रोगकीराको समस्याका कारण सुन्तला उत्पादन घटेको बताए । “सुन्तला खेती हुने क्षेत्रफल र उत्पादनयोग्य बोटको सङ्ख्या बढेपनि प्रतिकूल मौसम र रोगकीराका कारण उत्पादकत्व नौ प्रतिशतले घटेको प्रारम्भिक अनुमान गरेका छौँ,” उनले भने, “क्रम कटिङ रिपोर्ट तयार पार्न बाँकी छ । किसनाको भनाइ र स्थलगत अनुगमन गर्दा यसपाली म्याग्दीमा सुन्तला उत्पादन घटेको पाइएको ओ ।”

 म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् । यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन थालिएको छ । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् ।
 
सात सय ६ हेक्टरमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टर भन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । गतवर्ष तीन हजार नौ सय पाँच मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो । अन्नपूर्ण गाउँपालिका–७ को दोसल्ले सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले गतवर्ष रू ७५ लाखको सुन्तला बिक्री भएकामा यस वर्ष रू २५ लाख बराबरको मात्र फलेको बताए । “बजारको समस्या छैन तर यसपाली सुन्तलानै कम फल्यो,” उनले भने, “सुन्तला कम फलेकाले व्यापारीले अग्रिम पैसा दिएर हामीले नटिप्दै बगैँचाबाटै सुन्तला किनेका छन् ।” 

 
फल पाक्ने बेलामा कीराको सङ्क्रमणबाट औसा परेर झर्ने समस्या देखिएपछि उत्पादनमा कमी आएको किसानले बताएका छन् । पाक्ने बेलामा दाना झर्ने समस्या सुन्तला खेतीमा केही वर्षयता मुख्य चुनौतीको रुपमा देखिएको दोसल्लेका किसान बेगबहादुर पाइजाले बताए ।   

Hardik health

“सुन्तला जातका फलफूलको दानाभित्र पसेको औसाले असोजदेखि पुससम्म पहेँलो बनाइ दाना प्वाल पारेर अथवा दानालाई आफूसँगै भूइँमा खसाल्छन्”, कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुर्मीले भने, “यसरी खसेका दानालाई सही तरिकाले बेलैमा व्यवस्थापन गर्नु पर्छ ।” भूइँमा खसेका औसालाई प्लास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने र डेढ फिट भन्दा बढी गहिरो खाडल खनेर व्यवस्थापन गर्न तालिम र प्लास्टिकको थैला वितरण गरिएको उनले जानकारी दिए ।

“झरेका दानालाई हावा नछिर्ने प्लास्टिकको बोरामा हालेर खाडलमा गाड्नुका साथै फ्रुट फलाई कीरा मार्ने खाद्यपासो प्रोटिन बेट प्रयोग गर्नुपर्छ,” कुर्मीले भने, “किसानलाई औसाले झरेका दाना, बगैँचा व्यवस्थापन र सरसफाइ गर्ने ज्ञान, सीप र प्रविधि सिकाउन स्थलगत तालिम सञ्चालन गरेका छौँ ।” 


प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP