Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • ‘रोजगारीको अवसर सृजना गर्न कृषि व्यवसायमा जोड’
‘रोजगारीको अवसर सृजना गर्न कृषि व्यवसायमा जोड’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १९, २०८०

गोरखा- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमा रोजगारीको अवसर सृजना गर्न कृषि व्यवसायमा जोड दिनुपर्ने बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकामा आजदेखि सुरु भएको पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि उत्पादनलाई व्यावसायिक र आत्मनिर्भर बनाउन सके मात्र गाउँमा रोजगारीको प्रशस्त अवसर सृजना हुने बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले पछिल्लो समय ग्रामीण क्षेत्रबाट अधिकांश युवा विदेशिने गरेको भन्दै गाउँमै रोजगारीको अवसर नहुँदासम्म युवालाई विदेश पलायन हुनबाट रोक्न नसकिने बताए । ‘‘गाउँगाउँबाट युवा विदेशिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँमै रोजगारीको वातावरण तयार गर्नुपर्छ, उनले भने ‘‘प्रदेश सरकारले यसतर्फ सम्पूर्ण ध्यान केन्द्रित गरिरहेको छ ।’’

कृषि पेशामार्फत गाउँमै माछा, मासु, दुग्धजन्य पदार्थ उत्पादनलगायत अन्य थुप्रै कृषि पेशालाई व्यावसायिक बनाउन सके गाउँमै प्रशस्त रोजगारीको अवसर तयार हुने उहाँको भनाइ छ । मुख्यमन्त्री पाण्डेले सरकारले वास्तविक किसानमा अनुदान पु¥याउनका लागि प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको समेत बताए ।

Hardik health

प्रदेश सरकारले वास्तविक किसानमा अनुदान पुर्‍याउनका लागि चालु आवमा रु ५० करोड उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । ‘‘जसले उत्पादन गर्छ उसले अनुदान पाउने अवस्था बनाउन सकियो भने उत्पादन गर्नेलाई पनि हौसला र प्रोत्साहन हुन्छ, उनले भने, ‘‘सरकारको अनुदान पनि वास्तविक किसानको हातमा पुग्छ ।’’

मुख्यमन्त्री पाण्डेले किसानलाई कृषि पेशामा लाग्न हौसला प्रदान गर्नुपर्नेमा जोड दिए। ‘‘किसानलाई स्वावलम्बी बनाउन र समूह वा सहकारीमार्फत व्यवसाय गर्न प्रोत्साहन जरुरी छ, उनले भने, ‘‘कृषि तथा पशुपालनमार्फत पनि मनग्य आम्दानी गर्न सकिने भएकाले किसानलाई हौसला प्रदान गर्नुपर्छ ।’’

 उनले प्रदेश सरकारको क्षमताभन्दा धेरै जनताको आवश्यकता र माग रहेको भन्दै एकैपटक सबै आवश्यकता पूरा गर्न सक्ने अवस्थामा प्रदेश सरकार नरहेको पनि बताए । उनले प्रदेशको बजेट रु पाँच अर्बको भए पनि जनताको माग भने रु पाँच खर्बभन्दा बढी रहेको उल्लेख गरे ।

सरकारले आवश्यकताका आधारमा योजना तथा कार्यक्रम निर्माण गरेर मात्र काम गर्ने भन्दै उनले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताए । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्रका सबै जिल्ला र पालिकामा प्रदेश सरकारले समानुपातिक हिसाबले विकास निर्माणको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP